Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दल नयाँ, रोग पुरानै
दल नयाँ, रोग पुरानै
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, असार २०, २०८२

काठमाडौं– पश्चिम तराईदेखि गत आम चुनावमार्फत् राष्ट्रिय राजनीतिमा उदाउँदै नाम कमाएको दल हो नागरिक उन्मुक्ति पार्टी (नाउपा) । नयाँ दल भएपनि सरकारमा पुगेपछि नाउपाका मन्त्रीहरु पनि धमाधम भ्रष्टचार मुद्दामा तानिन थालेका छन् ।

थरुहट आन्दोलन र टीकापुर घटनाको जगमा स्थापित दल नाउपालाई पश्चिम तराईका जनताले चुनावमार्फत् वैकल्पिक शक्तिको रूपमा अघि सारेका थिए । तर पछिल्ला दिनमा भने नाउपाका मन्त्रीहरू भ्रष्टाचारमा मात्र अघि सरेको देखिन्छ ।

हालै नाउपाबाट वनमन्त्री भएका रामेश्वर चौधरीमाथि तीनवटा गम्भीर आरोप लाग्यो । पहिलो– बजेट बेचेको, दोस्रो– अनुदानमा दिइने पावरटिलरका लागि किसानबाट रकम असुलेको र तेस्रो– खप्तड पर्यटन विकास क्षेत्रको निर्देशकमा खेमराज जोशीलाई एक्लौटी नियुक्त गरेको । मन्त्री चौधरीलाई पहिलो र दोस्रो आरोपले बदनाम बनायो । 

माननीय मन्त्री रामेश्वर चौधरीमाथि गम्भीर प्रश्न उठेको थियो । उहाँलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिएको थिएँ तर उहाँले मान्नुभएन । बिहीबार भने मन्त्रिपरिषद् हेरफेर भयो 
कमलबहादुर शाह
मुख्यमन्त्री, सुदूरपश्चिम

Hardik health

यी तीन आरोपपछि मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिन निर्देशन दिए । मन्त्री चौधरी भने राजीनामा दिन तयार भएनन् । उनको दल नाउपाले मन्त्री चौधरीले कुनै गल्ती नगरेको दाबी गरे । मन्त्री चौधरीले उल्टै मन्त्रीबाट हटाउन मुख्यमन्त्री शाहलाई चुनौती दिए । अन्ततः बिहीबार मुख्यमन्त्री शाहले बर्खास्त गरे । मन्त्री चौधरीको बर्खास्तीसँगै सुदूरपश्चिम मन्त्रिपरिषद् नौ सदस्यीय भएको छ ।
‘माननीय मन्त्री रामेश्वर चौधरीमाथि गम्भीर प्रश्न उठेको थियो । उहाँलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिएको थिएँ तर उहाँले मान्नुभएन । बिहीबार भने मन्त्रिपरिषद् हेरफेर भयो । १० जनाको मन्त्रिपरिषद् थियो अब नौ जनाको भयो,’ मुख्यमन्त्री शाहले प्रभावसँग भने ।

चौधरीको बर्खास्तीपछि वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाह स्वयंले लिएका छन् । यसअघि नाउपाबाट लक्ष्मणकिशोर चौधरी वनमन्त्री नै थिए । उनको त आर्थिक चलखेलको अडिओ नै सार्वजनिक भयो । यसबाट मन्त्री लक्ष्मणकिशोरमाथि राजीनामाको दबाब प¥यो । त्यसपछि मुख्यमन्त्री शाहको निर्देशनअनुसार लक्ष्मणकिशोरले पदबाट राजीनामा दिए । उनको राजीनामापछि नाउपालाई मन्त्री सिफारिस गर्नै मुश्किल परेको थियो । कतिसम्म भने नाउपाभित्र कसलाई मन्त्री बनाउने विषयलाई लिएर घरझगडा भयो ।
त्यहीबीच रामेश्वरलाई दलका नेता घनश्याम चौधरीले सरकारमा पठाएका थिए । गत जेठ ४ मा उनी मन्त्री नियुक्त भए । 

उनीभन्दा अघि संघ सरकारमा संस्कति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री अरुण चौधरी लामो कानुनी झमेलामा परे । २०६६ सालको भदौमा कैलालीमै ट्याक्टरमा आगजनी गरेको र चालकलाई कुटपिट गरेको घटनामा जेलवास नै भयो । कैलाली २ बाट सांसद निर्वाचित अरुणका धन्न राष्ट्रपति दाहिना भए । कैद सजायमा आममाफी पाए ।

सुदूरपश्चिममा मुख्यमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर हाम्रो पार्टीका मन्त्रीलाई हटाउनु भयो, त्यसमा आपत्ति छैन । ठीकै छ । अब हामी पनि संघ र प्रदेश सरकारहरुबाट बहिरिन्छौँ 
रञ्जिता श्रेष्ठ
अध्यक्ष, नाउपा

यद्यपि, फौजदारी कसुरमा अदालतबाट दोषी ठहरिएका चौधरी सांसद निर्वाचित हुँदा पार्टी आलोचित भएको थियो । यसपछि लगातार सुदूरपश्चिममा नाउपाबाट मन्त्री भएकाहरू गम्भीर आरोपमा मुछिए । मुख्ममन्त्री शाहले हटाउन बाध्य भए । यसबाट नाउपा भने रुष्ट भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइन् । ‘सुदूरपश्चिममा मुख्यमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर हाम्रो पार्टीका मन्त्रीलाई हटाउनु भयो, त्यसमा आपत्ति छैन । ठीकै छ । अब हामी पनि संघ र प्रदेश सरकारहरुबाट बहिरिन्छौँ,’ उनले भनिन्, ‘शुक्रबार नै समर्थन फिर्ता लिन्छौँ ।’

पार्टीका संरक्षक रेशम चौधरीले पनि सरकारबाट समर्थन फिर्ता लिने बताएका छन् । नाउपा अब प्रतिपक्षमा बस्ने बताए । ‘अब हामी प्रतिपक्षमा बस्छौँ । जेलबाट हुण्डी खाने सर्वहाराहरू सामाजिक सञ्जालमा कराउँदैछन्,’ उनले मन्त्री चौधरीको बर्खास्तीपछि लेखेका छन् । उसो त रेशम र रञ्जिताको घरझगडाले पनि नाउपामा कलह मच्चिएको थियो ।

नाउपाका संघीय राज्यमन्त्री अरुणले पनि शुक्रबार नै राजीनामा दिने तयारी गरेका छन् । उसो त अरुणको राजीनामा र उनको दल नाउपाले लिने समर्थन फिर्ताले संघ र प्रदेश सरकार ढल्दैन । तर, सत्ता राजनीतिमा आएको केही वर्षमै नयाँ र विकल्पजस्ता लाग्ने दल नाउपा पुरानै दलझैं बदनामीको शिखरमा पुगेको छ । 


प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने आइतबार, चैत २२, २०८२
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु शुक्रबार, चैत २०, २०८२
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत बिहीबार, चैत १९, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै बिहीबार, चैत १९, २०८२
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै बिहीबार, चैत १९, २०८२
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित बुधबार, चैत १८, २०८२
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP