Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दल नयाँ, रोग पुरानै
दल नयाँ, रोग पुरानै
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, असार २०, २०८२

काठमाडौं– पश्चिम तराईदेखि गत आम चुनावमार्फत् राष्ट्रिय राजनीतिमा उदाउँदै नाम कमाएको दल हो नागरिक उन्मुक्ति पार्टी (नाउपा) । नयाँ दल भएपनि सरकारमा पुगेपछि नाउपाका मन्त्रीहरु पनि धमाधम भ्रष्टचार मुद्दामा तानिन थालेका छन् ।

थरुहट आन्दोलन र टीकापुर घटनाको जगमा स्थापित दल नाउपालाई पश्चिम तराईका जनताले चुनावमार्फत् वैकल्पिक शक्तिको रूपमा अघि सारेका थिए । तर पछिल्ला दिनमा भने नाउपाका मन्त्रीहरू भ्रष्टाचारमा मात्र अघि सरेको देखिन्छ ।

हालै नाउपाबाट वनमन्त्री भएका रामेश्वर चौधरीमाथि तीनवटा गम्भीर आरोप लाग्यो । पहिलो– बजेट बेचेको, दोस्रो– अनुदानमा दिइने पावरटिलरका लागि किसानबाट रकम असुलेको र तेस्रो– खप्तड पर्यटन विकास क्षेत्रको निर्देशकमा खेमराज जोशीलाई एक्लौटी नियुक्त गरेको । मन्त्री चौधरीलाई पहिलो र दोस्रो आरोपले बदनाम बनायो । 

माननीय मन्त्री रामेश्वर चौधरीमाथि गम्भीर प्रश्न उठेको थियो । उहाँलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिएको थिएँ तर उहाँले मान्नुभएन । बिहीबार भने मन्त्रिपरिषद् हेरफेर भयो 
कमलबहादुर शाह
मुख्यमन्त्री, सुदूरपश्चिम

Hardik health

यी तीन आरोपपछि मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिन निर्देशन दिए । मन्त्री चौधरी भने राजीनामा दिन तयार भएनन् । उनको दल नाउपाले मन्त्री चौधरीले कुनै गल्ती नगरेको दाबी गरे । मन्त्री चौधरीले उल्टै मन्त्रीबाट हटाउन मुख्यमन्त्री शाहलाई चुनौती दिए । अन्ततः बिहीबार मुख्यमन्त्री शाहले बर्खास्त गरे । मन्त्री चौधरीको बर्खास्तीसँगै सुदूरपश्चिम मन्त्रिपरिषद् नौ सदस्यीय भएको छ ।
‘माननीय मन्त्री रामेश्वर चौधरीमाथि गम्भीर प्रश्न उठेको थियो । उहाँलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिएको थिएँ तर उहाँले मान्नुभएन । बिहीबार भने मन्त्रिपरिषद् हेरफेर भयो । १० जनाको मन्त्रिपरिषद् थियो अब नौ जनाको भयो,’ मुख्यमन्त्री शाहले प्रभावसँग भने ।

चौधरीको बर्खास्तीपछि वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाह स्वयंले लिएका छन् । यसअघि नाउपाबाट लक्ष्मणकिशोर चौधरी वनमन्त्री नै थिए । उनको त आर्थिक चलखेलको अडिओ नै सार्वजनिक भयो । यसबाट मन्त्री लक्ष्मणकिशोरमाथि राजीनामाको दबाब प¥यो । त्यसपछि मुख्यमन्त्री शाहको निर्देशनअनुसार लक्ष्मणकिशोरले पदबाट राजीनामा दिए । उनको राजीनामापछि नाउपालाई मन्त्री सिफारिस गर्नै मुश्किल परेको थियो । कतिसम्म भने नाउपाभित्र कसलाई मन्त्री बनाउने विषयलाई लिएर घरझगडा भयो ।
त्यहीबीच रामेश्वरलाई दलका नेता घनश्याम चौधरीले सरकारमा पठाएका थिए । गत जेठ ४ मा उनी मन्त्री नियुक्त भए । 

उनीभन्दा अघि संघ सरकारमा संस्कति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री अरुण चौधरी लामो कानुनी झमेलामा परे । २०६६ सालको भदौमा कैलालीमै ट्याक्टरमा आगजनी गरेको र चालकलाई कुटपिट गरेको घटनामा जेलवास नै भयो । कैलाली २ बाट सांसद निर्वाचित अरुणका धन्न राष्ट्रपति दाहिना भए । कैद सजायमा आममाफी पाए ।

सुदूरपश्चिममा मुख्यमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर हाम्रो पार्टीका मन्त्रीलाई हटाउनु भयो, त्यसमा आपत्ति छैन । ठीकै छ । अब हामी पनि संघ र प्रदेश सरकारहरुबाट बहिरिन्छौँ 
रञ्जिता श्रेष्ठ
अध्यक्ष, नाउपा

यद्यपि, फौजदारी कसुरमा अदालतबाट दोषी ठहरिएका चौधरी सांसद निर्वाचित हुँदा पार्टी आलोचित भएको थियो । यसपछि लगातार सुदूरपश्चिममा नाउपाबाट मन्त्री भएकाहरू गम्भीर आरोपमा मुछिए । मुख्ममन्त्री शाहले हटाउन बाध्य भए । यसबाट नाउपा भने रुष्ट भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइन् । ‘सुदूरपश्चिममा मुख्यमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर हाम्रो पार्टीका मन्त्रीलाई हटाउनु भयो, त्यसमा आपत्ति छैन । ठीकै छ । अब हामी पनि संघ र प्रदेश सरकारहरुबाट बहिरिन्छौँ,’ उनले भनिन्, ‘शुक्रबार नै समर्थन फिर्ता लिन्छौँ ।’

पार्टीका संरक्षक रेशम चौधरीले पनि सरकारबाट समर्थन फिर्ता लिने बताएका छन् । नाउपा अब प्रतिपक्षमा बस्ने बताए । ‘अब हामी प्रतिपक्षमा बस्छौँ । जेलबाट हुण्डी खाने सर्वहाराहरू सामाजिक सञ्जालमा कराउँदैछन्,’ उनले मन्त्री चौधरीको बर्खास्तीपछि लेखेका छन् । उसो त रेशम र रञ्जिताको घरझगडाले पनि नाउपामा कलह मच्चिएको थियो ।

नाउपाका संघीय राज्यमन्त्री अरुणले पनि शुक्रबार नै राजीनामा दिने तयारी गरेका छन् । उसो त अरुणको राजीनामा र उनको दल नाउपाले लिने समर्थन फिर्ताले संघ र प्रदेश सरकार ढल्दैन । तर, सत्ता राजनीतिमा आएको केही वर्षमै नयाँ र विकल्पजस्ता लाग्ने दल नाउपा पुरानै दलझैं बदनामीको शिखरमा पुगेको छ । 


प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
युवा सहभागिता बढाउन ‘डिजी युथ कांग्रेस गठन’ गर्न नेता पौडेलको प्रस्ताव
युवा सहभागिता बढाउन ‘डिजी युथ कांग्रेस गठन’ गर्न नेता पौडेलको प्रस्ताव शुक्रबार, असोज ३१, २०८२
नेकपा एमालेको बैठकमा अध्यक्ष ओलीको राजीनामा माग
नेकपा एमालेको बैठकमा अध्यक्ष ओलीको राजीनामा माग शुक्रबार, असोज ३१, २०८२
निर्वाचनमा जानेबारे कांग्रेस–एमाले दुईतिर
निर्वाचनमा जानेबारे कांग्रेस–एमाले दुईतिर शुक्रबार, असोज ३१, २०८२
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो शुक्रबार, असोज ३१, २०८२
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एमाले केन्द्रीय कमिटी बैठक सुरु शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP