Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
विश्व
  • Home
  • विश्व
  • नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह
नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार १८, २०८२

वासिङ्टन-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार हमासलाई गाजामा ६० दिने युद्धविराम स्वीकार गर्न आग्रह गर्नुभएको छ । इजरायलले यस्तो सम्झौतालाई अन्तिम रूप दिन सहमति जनाएको भन्दै उहाँले त्यस्तो आग्रह गर्नुभएको हो । यद्यपि इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा आफ्ना अपरेसनहरू तीव्र पारेको छ ।

अर्को हप्ता प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणअघि आफ्ना प्रतिनिधिहरूले बढ्दो द्वन्द्वका बारेमा इजरायली अधिकारीहरूसँग भेट गरेको सामाजिक सञ्जालमा पोस्टमा ट्रम्पले बताएका छन्  ।  “इजरायलले ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको छ, यस अवधिमा हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौँ”, ट्रम्पले लेखेका  छन्  ।

उनले द्वन्द्वमा मध्यस्थता गर्ने कतार र इजिप्टका प्रतिनिधिहरूले ‘यो अन्तिम प्रस्ताव’ पुर्‍याउने बताए ।   “म आशा गर्दछु, मध्यपूर्वको हितका लागि हमासले यो सम्झौता स्वीकार गर्छ किनभने यो राम्रो हुनेछैन–यो खराब मात्र हुनेछ”, उनले लेखे।यसअघि मङ्गलबार ट्रम्पले जुलाई ७ मा नेतान्याहुसँग भेट हुँदा उहाँ ‘धेरै कडा’ हुने बताएका थिए ।

तेहरानका आणविक साइटहरूमा अमेरिकी बमबारी मिसनपछि भएको इजरायलको इरानसँगको १२ दिने युद्धको अन्त्यले सम्झौताका लागि अवसरको ढोका प्रदान गरेको छ । ट्रम्प हालैका शान्ति सम्झौताहरूको शृङ्खलामा अर्को शान्ति सम्झौता थप्न इच्छुक हुन् । यसैबीच इजरायलको अभियान जारी रहेको छ । गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार इजरायली सेनाले कम्तीमा २६ जनाको हत्या गरेको रिपोर्ट गरेको छ ।

Hardik health

गाजा क्षेत्रको उत्तर र दक्षिणमा घातक आक्रमणको रिपोर्टको प्रतिक्रियामा इजरायली सेनाले यो ‘हमासको सैन्य क्षमताहरू नष्ट गर्न सञ्चालन गरिरहेको’ बताएको छ । छुट्टै इजरायली सेनाले मङ्गलबार बिहान हालैका दिनहरूमा यसले ‘गाजा पट्टीभित्रका थप क्षेत्रहरूमा आफ्नो कारबाही विस्तार गरेको, दर्जनौँ आतङ्ककारीहरूलाई नष्ट गरेको र जमिन माथि र तल दुवै सयौँ आतङ्ककारी पूर्वाधार स्थलहरू ध्वस्त पारेको’ बताएको छ ।

“गत हप्तामा हवाई आक्रमण र गोलाबारी बढेको छ, र ट्याङ्कहरू अगाडि बढिरहेका छन्”, गाजा सहरको सुजैया जिल्लाका ३९ वर्षीय राफत हालेसले भन्नुभयो, “मलाई विश्वास छ कि प्रत्येक पटक वार्ता वा सम्भावित युद्धविरामको उल्लेख गर्दा सेनाले जमिनमा अपराध र नरसंहार बढाउँछ, मलाई थाहा छैन किन ।” 

एएफपी फोटोग्राफरहरूले दक्षिणी इजरायलको गाजा सीमामा इजरायली ट्याङ्कहरू तैनाथ गरेको र गाजा सहरमा ध्वस्त घरको भग्नावशेषबाट बालबालिकाहरू खोजिरहेको देखेका छन् । रूले मध्य गाजाको देइर अल–बलाहको सहरको अल–सिफा अस्पताल र अल–अक्सा अस्पतालमा आफन्तहरूको शवमा शोक मनाउँदै प्यालेस्टिनीहरूको फोटो खिचेका थिए ।

सहायता खोज्नेहरू मारिए 

गाजाका केही कार्यरत चिकित्सा सुविधाहरू भरिएका छन् भन्दै रेडक्रसले करिब सबै सार्वजनिक अस्पतालहरू आपूर्तिमा ‘महिनौँको शत्रुता र प्रतिबन्धहरूद्वारा बन्द वा नष्ट भएका छन’ भनी चेतावनी दिएको छ ।  “विगत ३६ घण्टामा गाजा सहर र जबलियामा बढ्दो शत्रुताबाट दर्जनौँ सर्वसाधारणको मृत्यु र घाइते भएको भन्दै अन्तर्राष्ट्रिय रेडक्रस समिति निकै चिन्तित छ”, आइसिआरसीले एक विज्ञप्तिमा भन्यो ।

गाजाको नागरिक सुरक्षा सेवाले मङ्गलबार मध्य र दक्षिणी गाजामा सहायता वितरण स्थलहरू नजिकै १६ जनाको मृत्यु भएको, पछिल्लो समयमा खाना खोज्नेहरूमाथि घातक आक्रमण भएको र अन्य इजरायली अपरेसनहरूमा अन्य १० जनाको मृत्यु भएको बताएको छ । घटनामा टिप्पणी गर्दै इजरायली सेनाले ‘सेना नजिक आएका संदिग्धहरूलाई टाढा राख्न चेतावनी फायर गरेको’, कुनै घाइते भएको बारेमा जानकारी नभएको तर घटनाहरूको समीक्षा गर्ने बताएको छ ।रफाहमा भएको एउटा घटनाको उल्लेख गर्दै सेनाले गोली ‘सहायता वितरण स्थलबाट सयौँ मिटर टाढा’ फायर गरिएको र उक्त वितरण स्थल ‘सञ्चालन भइरहेको थिएन’ भनेको छ ।

सहायता संस्थाहरूको आग्रह 

एक सय ६९ सहायता संस्थाको समूहले सोमबार गाजाको ‘घातक’ नयाँ अमेरिकी र इजरायली समर्थित सहायता वितरण योजनाको अन्त्य गर्न आह्वान गरेको छ । समूहले नागरिकहरूको मृत्यु निम्त्याइरहेको बताएका छन् ।  इजरायलले हमाससँगको युद्धविराम वार्तामा गतिरोधका कारण गाजामा प्रवेश गर्ने मानवीय सहायतामा पूर्ण नाकाबन्दी लगाएकाले उनीहरूले मार्चसम्म अवस्थित संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा रहेको सहायता व्यवस्थामा फर्कन आग्रह गरेका छन् । नयाँ योजनाको प्रशासक, गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जिएचएफ) ले आफ्ना केन्द्रहरू नजिकै सहायता खोज्नेहरूको हत्या भएको खबरबाट आफूलाई टाढा राखेको छ ।

नेतान्याहुको अमेरिकी भ्रमण

गाजामा विनाशकारी लडाइँ अन्त्य गर्न र बाँकी बन्धकहरूलाई घर ल्याउन बढ्दो दबाबका बीच नेतान्याहुले अर्को हप्ता ट्रम्प र वरिष्ठ अमेरिकी सुरक्षा अधिकारीहरूलाई भेट्ने घोषणा गरेका छन्  ।  फ्लोरिडाको एक आप्रवासी हिरासत केन्द्रको भ्रमण गर्दा ट्रम्पले नेतान्याहु ‘यसलाई पनि अन्त्य गर्न चाहनुहुन्छ’ भने ।“यदि यसले युद्धको अन्त्य र स्थायी युद्धविराम र कब्जा गर्ने सेनाहरूको पूर्ण फिर्ती निम्त्याउँछ भने समूह कुनै पनि प्रस्तावमा सहमत हुन तयार छ”, हमासका अधिकारी ताहेर अल–नुनुले भने, “अहिलेसम्म कुनै सफलता प्राप्त भएको छैन ।” 


प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु मंगलबार, कात्तिक १८, २०८२
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि मंगलबार, कात्तिक १८, २०८२
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन मंगलबार, कात्तिक १८, २०८२
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता
चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता मंगलबार, कात्तिक १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP