बुटवल - लुम्बिनी प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । मंगलबार बैठक सुरु भए लगत्तै प्रतिपक्षमा रहेका दलहरूले उठेर बजेटप्रति विरोध जनाएका थिए ।
बजेट सच्याइनुपर्ने माग राख्दै माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्र जित थारुले बैठक स्थगित गर्न माग गरेका थिए ।उनले भौतिक,पूर्वाधार, सिँचाइ जस्ता महत्त्वपूर्ण विषय समावेश नगरिएको बताए । प्रतिपक्षको विरोधपछि सभामुख तुलाराम घर्तिमगरले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ गर्ने बैठकको सम्भावित कार्यसूचीमा थियो ।सोही अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यक्रम तय गरिएको थियो ।
यसअघि प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गरेको थियो । त्यसयता बजेट प्रस्तुत भएको १७ औँ दिनमा बैठक बसेको हो ।