Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
Search Here
विश्व
  • Home
  • विश्व
  • थाइल्यान्डका प्रधानमन्त्री निलम्बित
थाइल्यान्डका प्रधानमन्त्री निलम्बित
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १७, २०८२

थाइल्यान्ड -थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मङ्गलबार निलम्बन गरेको छ । अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो ।

मुलुकको राजनीति वर्षौँदेखि रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग र सिनावात्रा परिवारबीचको सङ्घर्षले हावी भएको छ । सिनावात्रा परिवारलाई रूढीवादी, सैन्य समर्थक र शाही समर्थक अभिजात वर्गले थाइल्यान्डको परम्परागत सामाजिक व्यवस्थाका लागि खतरा मान्छन् ।

अड्तीस वर्षीया पेटोङटार्नलाई उनका बुबा एवं पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपमा फौजदारी अदालतको सामना गर्नुपरेको दिन नै झट्का लागेको छ । पेटोङटार्नले एक वर्षभन्दा कम समयअघि सत्ता सम्हालेकी थिइन्यो तर संवैधानिक अदालतले सीमा विवादका क्रममा उनले मन्त्रिपरिषद्को नैतिकता उल्लङ्घन गरिन् कि भनेर भनेर विचार गरिरहेकाले उनलाई निलम्बन गरिएको छ ।

कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो । लिक भएको रेकर्डिङ अनुसार जब पेटोङटार्नले कम्बोडियाका पूर्व नेता हुन सेनलाई तनावबारे छलफल गर्न फोन गर्नुभयो, उनले हुन सेनलाई ‘काका’ भने र एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेर उल्लेख गर्नुभयो । उक्त फोनवार्ताले व्यापक आक्रोश निम्त्यायो ।

Hardik health

रूढीवादी सांसदहरूले उहाँलाई कम्बोडियासामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाए र मन्त्रीहरूमा ‘स्पष्ट इमानदारी’ र ‘नैतिक मापदण्डहरू’ आवश्यक पर्ने संवैधानिक प्रावधानहरू उल्लङ्घन गरेको आरोप लगाए । “संवैधानिक अदालतले ७–२ को बहुमतले प्रतिवादीलाई जुलाई १ देखि संवैधानिक अदालतले आफ्नो निर्णय नगरेसम्म प्रधानमन्त्रीको दायित्वबाट निलम्बन गर्छ”, एक विज्ञप्तिमा भनिएको छ ।

 गम्भीर कमजोरी 

पेटोङटार्नको फेउ थाई पार्टी पहिले नै यो काण्डमा परेका कारण एक प्रमुख रूढीवादी गठबन्धन साझेदारले त्यागेको छ र हजारौँले सप्ताहन्तमा बैङ्ककमा उहाँको नेतृत्व विरुद्धमा विरोध प्रदर्शन गरेका छन् ।  उनका सहयोगीहरूले राजीनामा गरेपछि थाइल्यान्डका राजाले मङ्गलबार पेटोङटार्नको मन्त्रिमण्डल फेरबदललाई अनुमोदन गरे  ।

उनले आफूलाई संस्कृति मन्त्रीको पद तोकिएको छ र बिहीबार यो पद ग्रहण गर्नेछिन्, तर संवैधानिक अदालतले अनुसन्धान गरिरहेको बेला उनले त्यो भूमिका लिन सक्छिन् कि सक्दैनन् भन्ने अस्पष्ट छ ।अलग रूपमा मङ्गलबार, उनका बुबा थाक्सिन थाइल्यान्डका राजालाई आलोचनाबाट जोगाउन प्रयोग गरिने कडा राजद्रोह कानूनको उल्लङ्घनको आरोपमा बैङ्ककको एक फौजदारी अदालतमा उपस्थित भए ।

सन् २०१५ मा थाक्सिनले दक्षिण कोरियाली मिडियालाई दिएको अन्तर्वार्ताबाट यी आरोपहरू उत्पन्न भएका हुन् र दोषी ठहरिएमा उनलाई १५ वर्षसम्म जेल हुनसक्छ । मुद्दा हप्ताौँसम्म चल्नेछ, त्यसपछि कम्तीमा एक महिनासम्म फैसला आउने अपेक्षा गरिएको छैन ।अदालतका एक अधिकारीले मङ्गलबार बिहान थाक्सिनको उपस्थितिमा मुद्दा सुरु भएको पुष्टि गरे तर मिडियालाई भित्र छिर्न अनुमति नदिने बताए ।

 “उहाँ कस्तो महसुस गर्नुहुन्छ भन्नेबारे म उहाँको तर्फबाट बोल्न सक्दिनँ, तर मलाई लाग्छ उहाँ शान्त देखिनुहुनेछ”, उनका वकिल विन्यात चाटमोन्ट्रीले अदालत बाहिर भने ।  थाई राजनीतिक विश्लेषक थिटिनान पोङ्सुधिरकले भने, “दुई मामिलाबीच प्रत्यक्ष निर्विवाद सम्बन्ध छ किनकि सिनावात्रा परिवारको ब्रान्डले ‘गम्भीर कमजोरी’ को सामना गरिरहेको छ ।”


प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
पूर्वी मलेसियामा भीषण भूस्खलन, १२ को ज्यान गयो
पूर्वी मलेसियामा भीषण भूस्खलन, १२ को ज्यान गयो मंगलबार, भदौ ३१, २०८२
गाजा सहरमा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी
गाजा सहरमा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी मंगलबार, भदौ ३१, २०८२
गाजामा इजरायलमाथि नरसंहारको आरोप लगाउने बढ्दो स्वरमा मानव अधिकार विज्ञहरूको समर्थन
गाजामा इजरायलमाथि नरसंहारको आरोप लगाउने बढ्दो स्वरमा मानव अधिकार विज्ञहरूको समर्थन मंगलबार, भदौ ३१, २०८२
बङ्गलादेशः युनुसको नेतृत्वमा निर्वाचनअघि बढेका चुनौतीहरू
बङ्गलादेशः युनुसको नेतृत्वमा निर्वाचनअघि बढेका चुनौतीहरू मंगलबार, भदौ ३१, २०८२
बङ्गलादेश सुधार चार्टरमा सहमति, कार्यान्वयनमा मतभेद
बङ्गलादेश सुधार चार्टरमा सहमति, कार्यान्वयनमा मतभेद सोमबार, भदौ ३०, २०८२
युक्रेनमा सन् २०२२ देखि क्लस्टर बम विस्फोट, १२ सयभन्दा बढी सर्वसाधारण हताहत
युक्रेनमा सन् २०२२ देखि क्लस्टर बम विस्फोट, १२ सयभन्दा बढी सर्वसाधारण हताहत सोमबार, भदौ ३०, २०८२
हरित प्रविधिमा म्यान्माको अग्रसरता
हरित प्रविधिमा म्यान्माको अग्रसरता सोमबार, भदौ ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP