Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक)को प्रतिमा
बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक)को प्रतिमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १६, २०८२

खोटाङ- खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्क (उद्यान)मा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक)को प्रतिमा स्थापना गरिएको छ । सङ्घ, प्रदेश स्थानीय सरकारको लगानीमा इन्द्रेणीपोखरीस्थित निर्माणाधीन बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा वडा कार्यालयको लगानीमा निर्माण गरिएको हो । 

वडा कार्यालय इन्द्रेणीपोखरीको रु पाँच लाख लगानीमा खुर्पेटोको प्रतिमा निर्माण गरेर स्थापना गरिएको वडाध्यक्ष वसन्त राई ‘पथिक’ले जानकारी दिए । “इन्द्रेणीपोखरीलाई पर्यटकीय हबका रूपमा विकास गर्नका लागि भौतिक संरचना निर्माणको काम भइरहेको छ । किरात समुदायको बाबु (चिण्डो), हिन्दू धर्मावलम्बीका लागि मन्दिर, बालबालिकाका लागि खेलौनासहितका बाल उद्यान निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “इन्द्रेणीपोखरीमा जातीय बाहुल्यताको हिसाबमा मगर समुदायको सङ्ख्या कम छन् । सबै जातजाति तथा समुदायको पहिचान स्थापित गर्न बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा स्थापना गरिएको हो ।”

नेपाल मगर सङ्घ इन्द्रेणीपोखरीको समन्वयमा निर्माण गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा खोटहाङ गाउँपालिकाका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले औपचारिक रूपमा अनावरण गरेका हुन् । खुर्पेटोको प्रतिमा अनावरण कार्यक्रममा मगर समुदायको सांस्कृतिक नाच हुर्रासमेत प्रस्तुत गरिएको थियो । सो अवसरमा गाउँपालिका प्रमुख मुक्तिले इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमाले जातीय सद्भाव तथा धार्मिक सहिष्णुताको विकास गर्न मद्दत पुर्याउने बताए । “आफ्नो अधिकार मागेर होइन, लडेर लिनुपर्छ । हाम्रो भाषा, धर्म तथा संस्कार र संस्कृति लोप हुँदै गइरहेको छ,” उनले भने, “आदिवासी जनजातिको पहिचान भनेको आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति हो । यसलाई सबैले जगेर्ना गर्नुपर्दछ ।”

Hardik health

खुर्पेटो मगर समुदायको धार्मिक एवम् सांस्कृतिक प्रतीक चिह्न भएकाले बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको खुर्पेटोले मगर समुदायको पहिचानलाई बलियो बनाउने विश्वास गरिएको नेपाल मगर सङ्घ खोटाङका अध्यक्ष युवराज मगरले बताउनुभयो । खुर्पेटोको प्रतिमा स्थापनाले मगर समुदायको पहिचान र सांस्कृतिक मूल्यमान्यतालाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

खोटाङकै मूर्तिकार रोजन राईले धरानमा फाइबर प्रयोग गरेर निर्माण गर्नुभएको प्रतीक चिह्न खुर्पेटो आठ फिट अग्लो रहेको नेपाल मगर सङ्घ इन्द्रेणीपोखरीले जनाएको छ । खुर्पेटो राखिएको ठाउँमा छवटा पाटा बनाएर मगर समुदायको झण्डा, प्रथम सहिद लखन थापामगरको तस्बिर, जातीय वेशभूषा, धर्म तथा सांस्कृतिक क्रियाकलापको तस्बिर र इन्द्रेणीपोखरीका मगर जातिको पुस्तावलीसम्बन्धी शिलालेख राखिएको स्थानीय शिक्षक दलकुमार आलेमगरले जानकारी दिए ।  इन्द्रेणीपोखरीको बहुसांस्कृतिक पार्कमा स्थापित खुर्पेटोको प्रतिमा सबैको आकर्षणको केन्द्र बनेको छ ।

नेपाल मगर सङ्घका तत्कालीन केन्द्रीय अध्यक्ष नवीन रोक्कामगरको कार्यकालमा मगर जातिको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा बनाउने निर्णय भएपछि देशभरका मगर समुदायले आ–आफ्नो क्षेत्रमा निर्माण गरिरहेका छन् ।परापूर्वकालदेखि प्राकृतिक पोखरी रहेको इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्कमा सङ्घ, प्रदेश र स्थानीय तहका गरी रु दुई करोड १२ लाखभन्दा बढी सरकारी कोषको रकम खर्च भइसकेको जनाइएको छ । प्राकृतिक रूपमै पर्यटकीयस्थल इन्द्रेपोखरीको चौतर्फी विकास गर्न भुइँ ढलान, बाल उद्यान, पानीको फोहोरा निर्माण गर्नाका साथै संरक्षणका लागि घेराबारसमेत निर्माण गरिएको छ । 

इन्द्रेणीपोखरीका नाममा रहेको २१ रोपनी सार्वजनिक जग्गामा रहेका प्राकृतिक पोखरीलाई मासेर ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरी बनाइएको छ । स्तरोन्नति नगरेसम्म यो पोखरी जलहाँस र मलेवाको क्रिडास्थल थियो । तर, पोखरीको भुइँमा सिमेन्ट र बालुवाले ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानी सुकेको छ ।     हरेक नयाँ वर्षमा बृहत् मेला लाग्ने इन्द्रेणीपोखरी समुद्री सतहबाट एक हजार ७०० मिटर उचाइमा पर्दछ । सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृङ्खला र तराईका विभिन्न फाँट सजिलै अवलोकन गर्न सकिने यो ठाउँमा निर्माणाधीन बहुसांस्कृतिक पार्क सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । 


प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ११:५७
#मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक)
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर शुक्रबार, असोज ३, २०८२
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP