Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • राजनीति मोहले विवादमा पूर्वराष्ट्रपति भण्डारी
राजनीति मोहले विवादमा पूर्वराष्ट्रपति भण्डारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १६, २०८२

एकचोटि राष्ट्रको साझा नेतृत्व सम्हालेपछि पुनः कुनै दल विशेषको पक्षमा उभिनु पदको गरिमाविपरीत हुन्छ । कांग्रेसको स्पष्ट मान्यता छ– पूर्वराष्ट्रपतिलाई फेरि पार्टीको सक्रिय भूमिकामा ल्याउनु उपयुक्त हुँदैन ।
डा. प्रकाशशरण महत
प्रवक्ता, नेपाली कांग्रेस

काठमाडौं– गत कात्तिकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन एकाएक सक्रिय राजनीतिमा फर्किए । त्यतिबेलाबाटै चर्चामा थियो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय राजनीतिमा फर्कने विषय । कतिपयले भण्डारी राजनीतिमा नफर्कने भन्दै बाँकी कुरा ‘हल्ला’ भएको दाबी गरेका थिए । तर अन्ततः हल्ला नभएर पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको घोषणा गरिन् ।

‘पार्टी सदस्यता नवीकरण गरेको छु । एमालेको एक सदस्यको रूपमा पुनः जोडिएको छु,’ शनिबार मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा भनिन् ।एमालेमा फर्कंदा नेता कार्यकर्ताको भव्य स्वागत भयो विद्यालाई । अझ उनले दिवंगत श्रीमान् मदन भण्डारीको भनाइ उद्धृत गर्दै भनिन्, ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो– जनता भनेका भगवान् हुन् । साथै उहाँले भन्नुभएको थियो– राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन ।’

यसरी भण्डारी बोल्दै गर्दा राष्ट्रिय सभागृहमा गडगडाहट ताली बजेको थियो । नेकपा माओवादी केन्द्रमा पूर्वउपराष्ट्रपति पुनको स्वागत यसरी भएको थिएन । विवादकाबीच माओवादीमा इण्ट्री मारेका पुन माओवादीको आर्थिक उत्पादन संयन्त्रको इञ्चार्ज पद पाइसकेका छन् । तर पूर्वराष्ट्रपति भण्डारीले भने कुनै जिम्मेवारी लिइसकेकी छैनन् । एमालेमा उपाध्यक्ष बनिसकेकी उनलाई कतिपयले अबको अध्यक्षको दाबेदारको रुपमा लिएका छन् । भण्डारीलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डेलगायतले साथ दिँदै आएका छन् ।

Hardik health

सामान्यतः राष्ट्रपतिलाई उच्च ओहोदाको पद मानिन्छ । पूर्वराष्ट्रपतिले मासिन ५० हजार तलब पाउँछन् । यतिमात्र हैन आवास सुविधाअन्तर्गत मासिक दुई लाख रुपैयाँ पनि पाउँछन् । पूर्वराष्ट्रपतिलाई सरकारले सचिवालयको सुविधा पनि उपलब्ध गराउँछ । जसमा उपसचिवस्तको निजी सचिव, सवारी चालक, कार्यालय सहयोगीसमेत हुन्छन् । यतिमात्र हैन पत्रपत्रिका, बिजुलीलगायतको बिल र स्वास्थ्य उपचारमा पनि सेवासुविधा उपलब्ध गराउँछ । यसैगरी सुरक्षा व्यवस्था पनि उपलब्ध हुन्छ ।

सम्माननीय पदमा पुगिसकेको व्यक्तिको आफ्नो चाहना हो । संविधानले कहीँ रोकेजस्तो लाग्दैन । उहाँको आफ्नै निर्णय हो जस्तो लाग्छ ।
हितराज पाण्डे
प्रमुख सचेतक, माओवादी केन्द्र

यता पूर्वउपराष्ट्रपतिले भने घरबहालस्वरुप मासिक ७५ हजार रुपैयाँ र मासिक वृत्ति ४० हजार रुपैयाँ पाउँछन् । भण्डारी र पुन दोहोरिएर उक्त पदमा रहिसकेका व्यक्ति हुन् । औपचारिक रूपमा राजतन्त्रको अन्त्य भएपछि डा. रामवरण यादव गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति र तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट परमानन्द झा प्रथम उपराष्ट्रपति बनेका थिए ।यादव र झाको कार्यकाल २०६५ साउन ८ देखि २०७२ कात्तिक ११ सम्म थियो । भण्डारी र पुनको पहिलो कार्यकाल २०७२ देखि २०७४ र दोस्रो कार्यकाल २०७४ फागुन ३० देखि २०७९ फागुन २९ रह्यो ।

गणतान्त्रिक मुलुकहरूमा सर्वोच्च दुई पद नै राष्ट्रपति र उपराष्ट्रपति हुन् । प्रधानमन्त्री कार्यकारी हुने र संघीय संसद् प्रभावशाली हुने व्यवस्था रहेको नेपालमा राष्ट्रपति र उपराष्ट्रपति पदीय मर्यादामा क्रमशः पहिलो र दोस्रो नम्बरमा पर्छन् । पदीय वरीयताक्रममा सबैभन्दा माथिल्लो पद भएका कारण राष्ट्रपति र उपराष्ट्रपतिको जिम्मेवारीमा रहिसकेका व्यक्ति सामान्यतयाः सक्रिय राजनीतिमा फर्किंदैनन् । कांग्रेसले विद्याको ‘कमब्याक’लाई पदको गरिमाविपरीत भनेको छ ।

आइतबार बिहान पार्टीको पदाधिकारी बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति भइसकेका व्यक्तिले पदीय गरिमा राख्नुपर्ने बताएका हुन् । ‘राष्ट्रपतिका रूपमा राष्ट्रको सर्वोच्च पद सम्हालेको व्यक्तिले त्यो पदको मर्यादा कायम राख्नुपर्ने हुन्छ,’ प्रवक्ता महतले भने, ‘त्यसैले कांग्रेस पार्टीको स्पष्ट मान्यता छ– पूर्वराष्ट्रपतिलाई फेरि पार्टीको सक्रिय भूमिकामा ल्याउनु उपयुक्त हुँदैन ।’राष्ट्रपति साझा पद भएकोले पनि दलको पक्षमा उभिनु पदको गरिमाविपरीत भएको उनको भनाइ थियो । ‘एकचोटि राष्ट्रको साझा नेतृत्व सम्हालेपछि पुनः कुनै दल विशेषको पक्षमा उभिनु पदको गरिमाविपरीत हुन्छ,’ महतले भने ।

यता प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले भने संविधानले राजनीतिमा लाग्न रोकतोक नलगाएको दाबी गरेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यो व्यक्तिगत इच्छासमेत भएको तर्क गरे । ‘सम्माननीय पदमा पुगिसकेको व्यक्तिको आफ्नो चाहना हो । संविधानले कहीँ रोकेजस्तो लाग्दैन । उहाँको आफ्नै निर्णय हो जस्तो लाग्छ,’ पाण्डेले भने । 
 


प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ०९:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP