Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • असारमा सरकारलाई विदेश भ्रमणको चटारो
असारमा सरकारलाई विदेश भ्रमणको चटारो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १३, २०८२

 

 

  • प्रधानमन्त्री केपी शर्मा ओली शनिबारबाट स्पेन भ्रमणमा जाँदैछन्
  • अहिले ऊर्जामन्त्री चीन भ्रमणमा छन् भने भौतिक मन्त्री टर्कीमा
  • विदेश उडिरहने परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आजै इटाली उड्दै 

काठमाडौं– कृषिप्रधान देश भएकोले सर्वसाधारणलाई अहिले असारको चटारो लागेको छ । असार अर्थात् माना खाएर मुनी फलाउने महिनाको रुपमा समेत चिनिन्छ । तर सरकारलाई भने यतिबेला जनताको कामधन्दा भन्दा विदेश भ्रमणको असार लागेको छ ।अहिले मन्त्रिपरिषद्का अधिकांश सदस्यहरु फरकफरक देशमा दौडधुपमा लागेका छन् । कतिसम्म भने अहिले नियमित मन्त्रिपरिषद् बैठकमासमेत कोरम पु¥याउने हम्मे हुने गरेको प्रधानमन्त्री कार्यालयकै सचिवहरु बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा निस्कँदैछन् । असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् । उक्त जम्बो टोलीमा खानेपानी मन्त्री प्रदीप यादव पनि सहभागी हुँदैछन् । 

Hardik health

पछिल्ला दिन सरकारको चर्को आलोचना जारी छ । बजेटको विषयमा सत्तारुढ दलकै नेताहरुले चित्त बुझाएका छैनन् । भिजिट भिसामा सर्वसाधारणबाट रकम असुली प्रकरणमा टालटुले छानबिन समिति गठन गरेर सरकारले विपक्षीको मुखमा बुझो लगाउने कोशिश गरेको छ । सरकारले खासै उपलब्धिमुलक काम गर्न नसकेपनि विदेश भ्रमणमा भने रेकर्ड नै राख्ने देखिन्छ । 

गत सोमबार मात्र उर्जा मन्त्री दीपक खड्का चीन उडेका छन् भने भौतिक मन्त्री देबेन्द्र दाहाल टर्की पुगेका छन् ।  सांघाई को–अपरेसन अर्गनाइजेसन (एससिओ)ले चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजना गरेको पाँचौं ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन खड्का चीन पुगेका हुन् । यता दाहाल भने असार १३ देखि १५ गतेसम्म टर्कीमा आयोजित ग्लोबल ट्रान्सपोर्ट कनेक्टिभिटी फोरममा सहभागी हुन त्यता पुगेका हुन् ।

यही जुन २३ देखि सुरु भएको बैठक जुन २७ तारिखसम्म सञ्चालन हुनेछ । असार ३ गते मात्र खेलकुद मन्त्री तेजुलाल चौधरी युएईको दुबई पुगेर फर्किएका छन् । चौधरी एसिया क्षेत्रस्तरीय दुई दिने एन्टी डोपिङ बैठकमा भाग लिन त्यता पुगेका हुन् । असार पहिलो साता स्वास्थ्य मन्त्री प्रदीप पौडेल बैंकक पुगेर फर्किएका छन् । असार ९ देखि १३ गतेसम्म बैंककमा भएको कार्यक्रममा भाग लिन त्यता पुगेका थिए ।

कृषि तथा पशुपंक्षीमन्त्री रामनाथ अधिकारी पनि असारको पहिलो हप्ता नै बैंकक पुगेर फर्किसकेका छन् ।  त्यसैगरी उपप्रधान तथा अर्थमन्त्ती विष्णु पौडेल असार १० बाट १२ गतेसम्म चीन पुगेर फर्केका छन् । एसियाली पूर्वाधार बैंकको बैठकमा भाग लिन पौडेल त्यता पुगेका हुन् । 

परराष्ट्र मन्त्री आरजु राणा विदेश उडिरहने मन्त्रीको पहिलो नम्बरमा पर्छिन् । कहिले जापान त कहिले दिल्ली पुगिरहने मन्त्री राणा इटालीको रोममा असार १३ देखि २९ सम्म हुने कार्यक्रमका लागि शुक्रबार उतै उड्ने कार्यक्रम रहेको छ । यता जर्मनीको बोनमा हुने नेपाल डेमा सहभागी हुन महिला मन्त्री नवल किशोर सुडीले उडान अनुमति पाएका छन् । यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वीट्जरल्यान्डको जेनेभा जाँदैछन् । उनी असार २३ देखि २७ गतेसम्म जेनेभामा हुने सूचना प्रविधिसम्बन्धी सम्मेलनमा भाग लिन जेनेभा जान लागेका हुन् । 

 

‘भ्रमण फजुल खर्चमात्र’
प्रधानमन्त्रीदेखि मन्त्रीहरु यसरी विदेश भ्रमणमा जाँदा कति खर्च हुन्छ ? मन्त्रिपरिषद्ले जनतालाई थाहा दिनुपर्ने हो । तर लर्को लागेर यसरी भ्रमणमा जाँदा हुने गरेका खर्च र उपलब्धिको कुनै विवरण उल्लेख गरेको पाइँदैन । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मुलुकका लागि फजुल खर्चबाहेक अरू केही नभएको टिप्पणी गरेका छन् । वीरगञ्जमा बिहीबार आजपाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै साहले प्रधानमन्त्रीदेखि र मन्त्रीहरूको विदेश भ्रमणको कुनै उपलब्धि नभएकाले लावालस्कर लागेर यसरी हिँड्नु जनताको करको चरम दुरूपयोग भएको टिप्पणी गरे । 

‘प्रधानमन्त्रीको स्पेन भ्रमण फजुल खर्चबाहेक केही उपलब्धि हुँदैन । गत वर्ष पनि बाढी÷पहिरो आउने बेलामा उहाँ विदेशमा सयर गर्दै हुनुहुन्थ्यो, अहिले फेरि विदेश सयरमा निस्किँदै हुनुहुन्छ । प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणको कुनै उपलब्धि हुँदैन, लावालस्कर लागेर यसरी हिँड्नु जनताको करको चरम दुरूपयोग हो,’ आजपा अध्यक्ष साहले भने, ‘युद्धरत देशमा फसेका आफ्ना नागरिक उद्धार गर्न भारत गुहार्नुपरेको छ, अनि हाम्रा नेतालाई किन विदेश जान दिने ?’ 

बजेटको चरम दुरूपयोग गरिएको र जनताको करलाई नेताको भुँडी भराउने काम गरिएको समेत उनले बताए । सरकारपिच्छेको मनोमानी कर आतंकले नेपाली जनता, उद्योगी, व्यापारीको व्यापार व्यवसाय धराशायी बन्दै गइरहेको आजपा अध्यक्ष साहले बताए । 
 


प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP