काठमाडाैं - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रानी महल दुर्लभमध्येको एक महत्त्वपूर्ण ठाउँ भएकाले पुरानो शैली रआकारसँग सम्बन्धित सामग्री संकलन गरी गुरुयोजना बनाएर कार्यान्वयन विधि तयार पार्न पुरातत्व विभागलाई निर्देशन दिएका हुन् ।
रानी महललाई पुरानै स्वरूपमा फर्काउन र संरक्षण गर्न योजना बनाइएको छ।बैठकले गुरुयोजना बनाएर पुरातत्व विभागलाई निर्देशन दिएको हो। रानी महलको संरक्षणका लागि नदी तथा पहिरो व्यवस्थापन र समन्वय आवश्यक रहेको उल्लेख भयो।१२ असार, काठमाडौं । पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोग उपाध्यक्ष, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभाग महानिर्देशक, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको बैठकले खड्ग शम्शेरले निर्माण गरेको रानी महलको स्वरूपमा ल्याएर संरक्षण गर्ने र त्यसका लागि गुरुयोजना बनाएर काम अघि बढाउने निर्णय गरेको हो ।