Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कोरोना संक्रमण फेरि फैलना नदेऊ 
कोरोना संक्रमण फेरि फैलना नदेऊ 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार १२, २०८२
Hardik health

कोरोना संक्रमण देखिएका एक बिरामीको विराटनगरमा मंगलबार मृत्यु भयो । पछिल्लो समय पूर्वका जिल्लाहरुमा आठ जनामा कोरोना संक्रमण देखिएको छ । पश्चिममा पनि कोरोना संक्रमणका बिरामी देखिन थालेका छन् । गृह मन्त्रालयअन्तर्गतको नेपाल कोभिड–१९ ड्यासबोर्डका अनुसार अहिले कोरोना लागेका सातजना बिरामी उपचाररत छन् । क्वारेन्टिन, आइसोलेसनमा बसेकाहरुको संख्या शून्य छ । अहिले भाइरल फ्लु भन्दै कतिपय बिरामी कोरोनाको जाँच गर्दैनन् । यसको मुख्य कारण त्रास वा समाजमा हुने छिछि दुरदुर नै हो । अहिले पनि कार्यालय वा समाजमा कोरोना संक्रमणलाई राम्रा मानिँदैन । तर मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी भित्रभित्रै फैलिएका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लुजस्ता संक्रमण देखिन थालेको हो ।  

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार भारतको सीमा क्षेत्रमा कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । कञ्चनपुरमा पनि भारतबाट आउनेमा संक्रमण देखिएको थियो । असारको पहिलो हप्ता ५४ संक्रमण देखिएको थियो । भारतमा कोरोना संक्रमणको संख्या पछिल्लो हप्ता बढेको तथ्यांक छ । त्यहाँ बुधबारसम्ममा छ हजारबाट कोरोना संक्रमितको संख्या चार हजारमा झरेको भारत सरकारको कोभिड–१९ ड्यासबोर्डमा उल्लेख छ । यो अवधिमा त्यहाँ तीन जनाको मृत्यु भइसकेको छ । 

भारतसँग नेपालको खुला सीमाना छ । पहिले क्वारेन्टिनदेखि परीक्षण प्रणाली भए पनि अहिले त्यो छैन । त्यसैले पनि कोरोना फैलन नदिन सरकारले परीक्षण गर्नुपर्छ । कोरोना संक्रमित देखिएको ठाउँमा सरकारले एन्टिजेन पाइसकेको जनाएको छ । तर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि यसखाले बिरामी बढ्न थालेका छन् । कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिकमा यो रोग लाग्दा निकै जोखिम हुने गर्छ । यस्तो अवस्था भएकोले सरकारले पूर्वतयारीमा ध्यान दिनुपर्ने देखिन्छ । 
सरकारी अधिकारीहरुले भारतमा संक्रमण देखिएसँगै नेपालमा पनि यस्तो संक्रमण देखिन थालेको बताएका छन् । स्वास्थ्य मन्त्रालयले अहिले यस विषयमा विशेष चनाखो राख्नुपर्छ । देशभरका अस्पतालमा एन्टिजेन पु¥याउने, यसको मात्र बढाउने र परीक्षणमा पनि सरकारले ध्यान दिनुपर्छ । यसैगरी यसबाट निम्तिन सक्ने त्रास कम गराउन चेतनामूलक कार्यक्रम, मानसिक परामर्श कार्यक्रम पनि स्वास्थ्य मन्त्रालयले अघि बढाउनुपर्छ । यसैगरी स्थानीय तहलाई यस कार्यमा बढी जिम्मेवार बनाउनुपर्छ । नागरिकका तर्फबाट पनि कोरोना संक्रमण फैलन नदिने विशेष सावधानी अपनाउन जरुरी छ । 
 


प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग मंगलबार, कात्तिक ११, २०८२
देशको आर्थिक स्वास्थ्य सुधारौं
देशको आर्थिक स्वास्थ्य सुधारौं सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP