Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मालढुंगा-बेनी_सडक
  • #सकुन_सुनुवार
  • #जुडो
  • #मुदीगाउँ
  • #मानव अधिकार दिवस
  • #क्यामेरा_ट्यापिङ
  • #एनआरएनए
  • #क्रसर_उद्योग
  • #स्वास्थ्य_बिमा
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटन प्रवर्द्धनको पर्खाइमा होङ्मा पोखरी
पर्यटन प्रवर्द्धनको पर्खाइमा होङ्मा पोखरी
केदार मगर/रासस
केदार मगर/रासस बुधबार, असार ११, २०८२

खोटाङ- जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित पर्यटकीय सम्भावना बोकेको होङ्मा पोखरी पर्यटन प्रवर्द्धनको पर्खाइमा छ । सम्भावना बोकेर पनि ओझेलमा परेको यो पोखरीको संरक्षण र प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटन प्रवर्द्धन हुने स्थानीय बताउँछन् ।वरिपरि हुर्कंदै गरेका गुराँस, चिमाल, इन्द्रकमलका साथै अनार, नास्पाती, स्याउलगायत विभिन्न प्रजातिका फलफूलका बिरुवाले पोखरीलाई आकर्षक बनाएका छन् ।

सौन्दर्यकरणका लागि बगैँचा बनाउने उद्देश्यले रोपिएका फलफूलका बीचमा बाह्रै महिना पानी जम्ने पोखरी र पोखरीभरि पानी रातो देखिने राता माछा देखिन्छन् । करिब एक हजार ५०० मिटर उचाइमा यो पोखरी अवस्थित छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलका रूपमा अवस्थित होङ्मा पोखरी पर्यटन प्रवर्द्धनको पर्खाइ छ । पौराणिक धार्मिक ग्रन्थ हिमवतखण्डको पुराण र किरात मिथकमा समेत उल्लेख भएको यो पोखरीको संरक्षणका लागि जन्तेढुङ्गा–५ को वडा कार्यालयले रु १० लाख, कोशी प्रदेश सरकारले चार वर्षअघि रु १० लाख र दुई वर्षअघि रु पाँच लाख बजेट विनियोजन गरेर स्तरोन्नति गरिएको गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले जानकारी दिए । 

वडा कार्यालय र प्रदेश सरकारबाट विनियोजन गरिएको उक्त रकमले पोखरीको तल्लोभागमा तारजालीसहित ढुङ्गाको बाँध बाँधिएको छ भने वरिपरि तारजालीको घेराबार, विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने तथा सरसफाइसहित सुन्दर बनाइएको छ ।  करिब १२ रोपनी क्षेत्रफल सरकारी जमिनमा फैलिएको यो पोखरी हिन्दू र किरात धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको स्थानीय विज्ञान राईले बताए। उनका अनुसार चारैतिर हरियाली डाँडापाखा रहेको यो ऐतिहासिकस्थल नजिकबाट अर्को पर्यटकीयस्थल भञ्ज्याङखर्क हुँदै छिमेकी जिल्ला भोजपुर जोड्ने ग्रामीण सडक निर्माण गरिएको छ । 

Hardik health

आर्थिक वर्ष २०७९/८० देखि सङ्घ र प्रदेश सरकारबाट समपुरक, समानीकरण, विशेष शीर्षकबाहेक अन्य कुनै निकायबाट आर्थिक सहयोग उपलब्ध नहुँदा स्तरोन्नतिमा समस्या भएको गाउँपालिकाका उपाध्यक्ष खड्काले बताए  । “आवश्यक बजेट उपलब्ध नहुँदा पोखरीको पर्यटन प्रवर्द्धन गर्न सकिएको छैन । वर्षायाममा पोखरीको पानी धमिलो हुन्छ । यसले यहाँ पाइने राता माछा लोप हुने अवस्थामा पुगेका छन्”, उनले भने, “स्थानीय तहको स्रोतले यसको संरक्षण तथा प्रवर्द्धन गर्न सकिँदैन । सम्बन्धित मन्त्रालय (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन)मा आवश्यक बजेट उपलब्ध गराइदिन माग गरिए पनि अहिलेसम्म सम्बोधन भएको छैन ।”

पौराणिक ग्रन्थ हिमवतखण्डको पुराणमा छोरी भानुमतीलाई भेट्न आउँदा विष्णुले बराहपोखरीमा नुहाएको भन्ने उल्लेख छ । होङ्मा पोखरी र बराहापोखरी बीचको धार्मिक सम्बन्धसमेत भएकाले यसलाई संरक्षण तथा प्रवर्द्धन गर्न सुरु गरिएको उपप्रमुख खड्काको भनाइ छ ।  बालाचतुर्दशीको अवसर पारेर बराहपोखरीमा लाग्ने मेलाको भोलिपल्ट होङ्मा पोखरीमा ठूलो मेला लाग्ने स्थानीयले बताएका छन् । प्राकृतिक रूपमा बनेको यो पोखरीलाई स्थानीय तह स्थापनासँगै कार्यान्वयनमा आएपछि संरक्षण तथा प्रवर्द्धन सुरु गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमन वृद्धि हुँदै गएको स्थानीय वीरबल किरातीले बताए ।   

सिकारी युगमा यो पोखरीमा पानी खान आउने जीवजन्तुलाई स्थानीय किरात समुदायले ढुकेर/पर्खेर सिकार गर्ने चलन रहेकाले यसलाई होङ्मा पोखरी भन्ने गरिएको उनले जानकारी दिए । “किरात राई बान्तवा भाषामा होङ्मा भनेको ढुक्नु/पर्खनु हो । सिकारी युगमा यो पोखरीमा पानी खान आउने जीवजन्तुलाई स्थानीय किरात समुदायले पर्खेर सिकार गर्ने चलन भएकाले यसलाई होङ्मा पोखरी भनिएको हो”, उनले भने, “पोखरीको दक्षिणी भेगमा होङ्मा थान छ । यहाँ हरेक वर्षको वैशाखे पूर्णिमामा पूजाआराधना गरिन्छ ।”

पोखरीसँगै रहेको होङ्मा थानमा पूजाआराधना गरेमा मानव तथा जीवजन्तुलाई शुभ हुने जनविश्वास रहिआएको छ । होङ्मा पोखरीमा परापूर्वकालमा बूढापाकाहरू भेला भएर दुःखसुखका कुरा साटासाट गर्ने प्रचलन रहेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । धार्मिक तथा पर्यटकीयस्थल होङ्मा पोखरीप्रति स्थानीयमा रहेको जनविश्वासलाई सम्बोधन गर्न गाउँपालिकाको तर्फबाट संरक्षण तथा प्रवर्द्धन गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले बताए । “यो ऐतिहासिक पोखरी हो । यसको संरक्षण, विकास र पर्यटन प्रवर्द्धनमा पालिकाले पहल गरिरहेको छ”, उनले भने, “किरात मिथकमा उल्लेख भएको यो पोखरीलाई स्तरोन्नति गर्दै संरक्षण तथा प्रवर्द्धनमार्फत पर्यटकीय गन्तव्य बनाउने योजनामा छौँ ।”

होङ्मा पोखरीको स्तरोन्नति तथा सौन्दर्यकरणका लागि निजी क्षेत्रलाई लगानी गर्न खुला गरिएको गाउँपालिकाले जनाएको छ । निजी क्षेत्रका लागि गाउँपालिकाको तर्फबाट नीति बनाएर एउटै किसिमको फलैँचा निर्माण तथा फलफूलका बिरुवा रोप्ने वातावरण सिर्जना गरिएको गाउँपालिकाका अध्यक्ष राईले जानकारी दिए ।  यस पोखरीमा वैशाख पूर्णिमादेखि गुरु पूर्णिमासम्म हिन्दु धर्मावलम्बीले परेवा र बाख्राको पाठी तथा किरात समुदायले कुखुराको भालेको बलि दिएर पूजाआराधना गर्ने परम्परा रहिआएको छ । हिन्दू र किरात धर्मावलम्बीको सङ्गमस्थल होङ्मा पोखरीसम्म पुग्नका लागि स्थानीय सरकारको लगानीमा सडकमार्ग निर्माण गरेर सञ्चालनमा ल्याएकाले आवतजावतमा सहज भएको छ ।


प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन आइतबार, मंसिर २८, २०८२
पर्यटन प्रवर्द्धन गर्न इलाममा ‘रेडपाण्डा म्याराथन’
पर्यटन प्रवर्द्धन गर्न इलाममा ‘रेडपाण्डा म्याराथन’ शुक्रबार, मंसिर २६, २०८२
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’ शुक्रबार, मंसिर २६, २०८२
गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै
गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै बिहीबार, मंसिर २५, २०८२
आज अन्तरराष्ट्रिय पर्वत दिवस
आज अन्तरराष्ट्रिय पर्वत दिवस बिहीबार, मंसिर २५, २०८२
पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमा
पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमा बुधबार, मंसिर २४, २०८२
पर्यटकको रोजाइमा  वैकल्पिक अन्नपूर्ण-धौलागिरि पदमार्ग
पर्यटकको रोजाइमा वैकल्पिक अन्नपूर्ण-धौलागिरि पदमार्ग मंगलबार, मंसिर २३, २०८२
लोकप्रिय
  • Week
  • Month
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP