ललितपुर-दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई नेपालका मानार्थ वाणिज्यदूतले स्वागत गरेका छन् । द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा जोड दिँदै वाणिज्यदूत प्रदिप कुमार श्रेष्ठले नेपालका लागि दक्षिण अफ्रिकी राज्यको नवनियुक्त राजदूतलाई स्वागत गरेका हुन् ।
नेपालको तर्फबाट दक्षिण अफ्रिकी राज्यको लागि नियुक्त मानार्थ वाणिज्यदूत प्रदिप कुमार श्रेष्ठले मंगलबारका दिन ललितपुरमा रहेको वाणिज्यदूत कार्यालयमा आयोजित एक कार्यक्रम बीच दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका नवनियुक्त राजदूत महामहिम प्राध्यापक अनिल सुकलाल र उनकी श्रीमती डा. निलिस्त्र सुकलाल सिंहलाई स्वागत गरे ।
सो भ्रमणको क्रममा, राजदूत र मानार्थ वाणिज्यदूतले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्दै दुई देशबीच व्यापारिक अवसरहरूको खोजी गर्ने बारेमा छलफल सम्पन्न गरेका थिए ।
त्यस्तै, उनीहरूले नेपाल र दक्षिण अफ्रिकाबीच उच्चस्तरीय प्रतिनिधिमण्डल सहितको भेटघाट तथा अनुभव आदानप्रदानको विषयमा समेत छलफल गरेका छन् । राजदूत सुकलालको नेपाल भ्रमणको क्रममा, राजदूत र मानार्थ वाणिज्यदूत श्रेष्ठबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्ने र दुई देशबीच व्यापारिक अवसरहरूको खोजी गर्ने बारेमा महत्वपूर्ण छलफल गरे ।
यो भेटवार्ता दुई देशबीचको कूटनीतिक र व्यापारिक सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।