Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • काठमाडौं र धरानसहित ३९ स्थानीय तहले ल्याएनन् बजेट
आन्तरिक द्वन्द्वमा फसेका बालेन र हर्क समयमा बजेट ल्याउन असफल काठमाडौं र धरानसहित ३९ स्थानीय तहले ल्याएनन् बजेट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ११, २०८२
  • बजेट ल्याउन नसक्नेमा महानगर एक, उपमहानगर एक, नगरपालिका २२ र गाउँपालिका १५ वटा
  • बजेट पेस गर्न नसक्नुका कारण प्रमुखको स्वास्थ्यदेखि राजनीतिक दल तथा जनप्रनिधिबीचको विवादसम्म
  • महानगरमा सबैभन्दा बढी बजेट पोखराको, कम वीरगञ्जको 

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह र सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ संवैधानिकरुपमै तोकिएको मितिमा बजेट ल्याउन असफल भएका छन् । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले हरेक नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट असार १० भित्र पेस गरिसक्नुपर्ने व्यवस्था भए पनि स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित यी दुई प्रमुखले तोकिएको मितिमा बजेट ल्याउन सकेनन् ।धरानले अघिल्लोपटक पनि म्याद गुजारेर साउन पहिलो हप्तामा बजेट ल्याएको थियो । काठमाडौंमा भने निर्धातिर मितिमा बजेट नआएको यो पहिलो घटना हो । 

बजेट ल्याउन नसक्ने २२ नगरपालिका
यद्यपि, यी दुई नगरपालिकामात्र यो सूचीमा छैनन् । यसरी बजेट ल्याउन नसक्ने नगरपालिकाको संख्या २२ रहेको नेपाल नगरपालिका संघले जानकारी दिएको छ । असार १० साँझसम्म २६९ नगरपालिकालेमात्र बजेट ल्याएका संघले जनाएको छ ।प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँगको विवादका कारण काठमाडौं महानगर प्रमुख बालेनले बजेट सार्वजनिक गर्न नसकेका हुन् ।

धरानमा प्रमुख साम्पाङ र उपप्रमुख अइन्द्रविक्रम बेघाबीचको विवादले बजेट आएन । धरान बजेट ल्याउन नसक्नेमा कोशी प्रदेशको एक्लो नगरपालिका बनेको छ । उक्त प्रदेशका सबै नगरपालिकाले बजेट सार्वजनिक गरेका छन् ।यता मधेस प्रदेशमा १६ वटा नगरपालिकाले बजेट ल्याउन सकेनन् । बागमतीमा काठमाडौंसहित चार नगरपालिकाले बजेट पेस गर्न सकेनन् । नुवाकोटको विदुर, काभ्रेको पनौती र चितवनको राप्ती नगरपालिकाले बजेट पेस गर्न नसकेको हो । गण्डकी र सुदूरपश्चिमका सबै नगरपालिकाले बजेट पेस गर्दा लुम्बिनीका २ र कर्णालीको एक नगरपालिकाले बजेट पेस गर्न नसकेको नगरपालिका संघले जनायो ।

बजेट नल्याउने १५ गाउँपालिका 
देशभरका १५ वटा गाउँपालिकाले निर्धारित मितिभित्र बजेट ल्याउन सकेनन् । बजेट ल्याउन नसक्ने गाउँपालिकामा सबैभन्दा बढी मधेस प्रदेशका नौ र सबैभन्दा कम बागमती प्रदेशको एक रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका दुई–दुई वटा गाउँपालिका बजेट ल्याउन सकेनन् । कोशी र सुदूरपश्चिमका सबै गाउँपालिकाले बजेट प्रस्तुत गरेका गाउँपालिका महासंघले जनायो ।

Hardik health

समयमा बजेट पेस गर्न नसक्नुको कारण प्रमुखको स्वास्थ्यदेखि विवादसम्म रहेको महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले जनाए । ‘आज बजेट पेस गर्न नसकेका गाउँपालिकाहरुमा अध्यक्ष अस्वस्थ भइ कार्यक्षेत्र बाहिर रहनु, जनप्रतिनिधिबीच आपसी द्वन्द्व, बजेट विनियोजनमा विवाद तथा तयारी गर्न समय नपुगेकोलगायतका कारण रहेको पाइएको छ,’ प्याकुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

पर्वतको बिहादी गाउँपालिकामा भूमि बैंकको विवादले बजेट रोकिएको बताइएको छ । यता मोरङको ग्रामथान गाउँपालिकामा एमाले र माओवादीबीचको विवाद, कास्कीको मादीमा कांग्रेस र एमालेकै विवादका कारण बजेट नआएको बताइएको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका, विजयनगर र मायादेवी गाउँपालिकाले तयारी नपुगेको जनाएका छन् ।


पाँच महानगरको बजेटका प्राथमिकता
चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रूपैयाँको बजेट ल्याएको छ । सोमबार महानगरको १७औं नगरसभामा नगरप्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि नगर उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन् । महानगरको आगामी आवको बजेट चालु आव २०८१÷८२ को भन्दा एक अर्ब ३६ करोड रूपैयाँले कम हो । महानगरले चालु आवमा छ अर्ब ५५ करोड ८५ लाख ९८ हजार र गत आव २०८०÷८१ मा छ अर्ब ४८ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट ल्याएको थियो ।

कास्कीको पोखरा महानगरपालिकाले आइतबार नै आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको थियो । पोखरा सभागृहमा भएको १७औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले आठ अर्ब ३५ करोड १२ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेकी हुन् । बजेटमा चालु र पुँजीगतको रकम कति भन्ने नै खुलाइएको छैन । नगर कार्यपालिकाको कार्यालयलाई ९६ करोड रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा सबैभन्दा बढी पूर्वाधार विकासले प्राथमिकता पाएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार महानगरको नगरसभाको १७औं अधिवेशनमा महानगरका उपप्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । वीरगञ्जले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा झण्डै ३३ करोड रुपैयाँ बढी बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि वीरगञ्ज महानगरको बजेट दुई अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँको थियो । 

मोरङको विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चार अर्ब ४० करोड रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । मंगलबार बसेको १६औं नगर सभामा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् ।ललितपुर महानगरपालिकाले सात अर्ब ४७ करोड रुपैयाँबराबरको बजेट ल्याएको छ । मंगलबार महानगरपालिकाको सातौं नगरसभामार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको हो । महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रशासनिक खर्चतर्फ २९ प्रतिशत र पुँजीगत खर्चतर्फ ६१ प्रतिशत बजेट विनियोजन गरेको नगरप्रमुख चिरीबाबु महर्जनले बताए । उनले शिक्षा, स्वास्थ्य र खानेपानीलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याइएको बताए । 
 


प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १०:०३
#स्थानीय तह बजेट
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री
जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री सोमबार, असोज २७, २०८२
बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन
बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन सोमबार, असोज २७, २०८२
तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी
तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी आइतबार, असोज २६, २०८२
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट रु ११ अर्ब १८ करोड राजश्व संकलन
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट रु ११ अर्ब १८ करोड राजश्व संकलन आइतबार, असोज २६, २०८२
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी
शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी बिहीबार, असोज ९, २०८२
सरकारले ल्याएको निर्णयलाई नाडाको स्वागत
सरकारले ल्याएको निर्णयलाई नाडाको स्वागत बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP