Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • भिजिट भिसा छानबिन कार्यादेशमा छुटेका विषय
भिजिट भिसा छानबिन कार्यादेशमा छुटेका विषय
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ११, २०८२

भिजिट भिसामार्फत वैदेशिक रोजगारीमा जाने सर्वसाधारण कामदारलाई अनेकन बाधा अड्चन देखाउँदै पैसा असुली गर्न सरकार नै संलग्न भएको विषय ‘ओपन सेक्रेट’ नै हो । पहिलेपहिले म्यानपावर कम्पनीहरुले दुईवटा करार बनाएर अध्यागमनलाई झुक्याउँदै कामदार विदेश पठाउँथे । यो थाहा पाएर उनीहरुले भिजिट भिसामै पठाउने तर अध्यागमनले पैसा असुल्ने नीति लियो ।

जसको पछिल्लो उदाहरण अध्यागमनका प्रमुख तीर्थराज भट्टराई नै अनुसन्धानमा तानिए । विमानस्थलमा भिजिट भिसामा जाने दुईवटा लाइन हुन्छ, जसमा साँच्चै घुम्नमात्र जाने र काम गर्न जानेको लाइन फरक–फरक हुन्छ । काम गर्न जानेलाई म्यानपावर कम्पनीले नै सम्झाइबुझाइ काम गर्न जानेको लाइनमा उभ्याउँछ । स्वतन्त्र व्यक्तिहरु पनि कहिलेकहीँ काम गर्न जानेकै लाइनमा पुग्छन् । जसले गर्दा उनीहरुसमेत अध्यागमनको शंकामा पर्छ र विदेश घुम्न जान पनि कर्मचारीलाई घुस खुवाउनुपर्छ । यता कामदारको त बाध्यता नै हो बुझाउनुपर्ने ।

साधारणतया राहदानी उपलब्ध गराउनु भनेको विदेश जाने अनुमति हो । सार्वजनिक पदधारण गर्ने व्यक्तिले देश छाड्नुअघि उसको कार्यालयले अनुमति दिए नदिएको जाँच गर्नु जायज हो । तर राहदानी भएका उनीहरुले खुलेआम देश छाड्न पाउँदा सर्वसाधारण राहदानी बाहकलाई भने विदेश घुम्न वा काम गर्न जान पनि सरकारले किन कडाइ गरेको हो ? बुझिसाध्य छैन ।

Hardik health

देशमा रोजगार सिर्जना गर्न नसकेको सरकारले कमाउन जाने युवालाईचाहिँ किन छेक्ने ? श्रम अधिकारका कुरा, वैधानिकताको कुरा गर्नेहरुले कन्सल्टेन्सीबाट खुलेआम विदेश पठाउँदा किन आँखा चिम्लेर बस्छ । सरकारले यसरी वैध बाटो बन्द गर्दा एक त हवाई कम्पनीहरुले नोक्सानी बेहोरिरहेका छन् भने आफ्नो देशको नागरिक कहाँ छन् भन्ने रेकर्ड राख्न सरकारले सकेको छैन ।

वैध विमानस्थलको बाटो प्रयोग गर्न नपाउँदा धेरैजसो नेपाली भारतीय हवाईमार्ग हुँदै वैदेशिक रोजगारीमा जान्छन् ।कमाउन जानेहरुका लागि देश तोकेर बन्देज गर्ने, महिला पुरुषबीच विभेद गरेर रोक्नेजस्ता विषयले देशको राजस्वदेखि ट्र्याकिङ प्रणालीमा ठूलो क्षति पुगिरहेको छ । यस्तो अवस्थामा नागरिकलाई निर्वाध आउजाउ गर्न दिनुपर्छ । 

‘अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२’ नाम दिइएको समितिलाई नौ वटा कार्यादेश तोकिएको छ । ती कार्यादेशमा भिजिट भिसाको नाममा विगतमा भएका र अहिले भइरहेको लुटको बारेमा नामोनिसाना केही उल्लेख छैन । विगतदेखि अहिले म्यानपावरदेखि विमानस्थलसम्म र विदेश पुगेपछि पनि भिजिट भिसाका लागि तोकेको पकेट खर्चसमेत लुटिने शृंखलाको पनि अनुसन्धान र छानबिन हुनुपर्छ । यो विषय कार्यादेशमा आएनन्, किन हो गृहमन्त्रीज्यू ?
 


प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग मंगलबार, कात्तिक ११, २०८२
देशको आर्थिक स्वास्थ्य सुधारौं
देशको आर्थिक स्वास्थ्य सुधारौं सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP