ललितपुर - ‘कोप्चे फुड’ले ग्वार्काे चोकमा आइतबार नयाँ परिकारको खाजा सेट ‘कोप्चे’ नेपाली बजारमा सञ्चालनमा ल्याएको छ । कोप्चे फुडले खाना पारखीहरुलाई भिन्नै किसिमको स्वाद प्रदान गर्न यस किसिमको नयाँ खाजा सेट सञ्चालनमा ल्याएको हो ।
स्वस्थ, मिठो, सस्तो र फरक स्वादका रुपमा यस खाजा सेटलाई बजारमा प्रबद्र्धन गर्ने हेतु यस फरक खाजालाई संचालनमा ल्याएको कोप्चे फुडका संचालक रुपक शाक्यले जाकारी दिएका हुन् ।
ग्वार्को चोकमा दुई सटरबाट शुरु गरिएको यस खाजा घरलाई भविष्यमा नेपाल अधिराज्यभरि विस्तार गर्ने सोच कोप्चे फुडले लिएकाे शाक्यले बताए । कोप्चे सेटसहित नेवारी खाजा परिकारको पनि स्वाद पनि लन सकिने छ भने उपत्यकाभित्र फ्रि होम डेलिभरीको व्यवस्था गरिएको कोप्चे फुडले जनाएकाे छ ।