Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • आलोचनाको घेरामा सहरी विकासमन्त्री सिंह
बुबा गणेशमानको नाममा करोडौं बजेट छुट्याएको आरोप आलोचनाको घेरामा सहरी विकासमन्त्री सिंह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार ९, २०८२

प्रकाशमान सिंह उहाँको छोरा हुनुहुन्छ भनेर साथीहरूले सुनाउनुभयो, हुनुहुन्छ कि हुनुहुन्न मलाई थाहा छैन तर झण्डै ७५ करोड रकममा गणेशमान सिंहको सम्मानलाई साट्ने ढंगको जुन विनियोजन भएको छ, यो गलत भएको छ ।
सूर्य थापा
सांसद, नेकपा एमाले

 

काठमाडौं– आइतबारको प्रतिनिधिसभा बैठकमा बजेटको सैद्धान्तिक छलफलमा सहभागी भएका अधिकांश सांसदहरुले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको चर्को आलोचना गरेका छन् । आफ्ना पिता गणेशमान सिंहको नाममा करोडौं रकम छुट्याएको आरोप लगाउँदै सदनमा सांसदहरुले मन्त्री सिंहको चर्को आलोचना गरेका हुन् ।

सत्ता नेतृत्व दल नेकपा एमालेका सांसद सूर्य थापाले गणेशमानको नाममा प्रकाशमानले ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको आरोप लगाए । ‘सहरी विकास मन्त्रालयको बजेट हेर्छु त गणेशमान सिंहको सम्मानमा केही केही जिल्लामा केही केही छरिएको रकममा खोज्न खोजिएको पाएँ । प्रकाशमान सिंह उहाँको छोरा हुनुहुन्छ भनेर साथीहरूले सुनाउनुभयो, हुनुहुन्छ कि हुनुहुन्न मलाई थाहा छैन तर झण्डै ७५ करोड रुपैयाँ रकममा गणेशमान सिंहको सम्मानलाई साट्ने ढंगको जुन विनियोजन भएको छ, यो गलत भएको छ,’ थापाले भने ।

गणेशमानको नाममा सहरी विकास मन्त्रालयबाट कांग्रेस भ्रातृ संगठन तरुण दलको भवनलाई समेत तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यसरी आउने बजेटले कुनै परिणाम नदिने थापाको तर्क थियो । उनले यस्ता खालको मन्त्री परिवर्तन गर्नसमेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । ‘को–को मन्त्रीले संयुक्त सरकार हो भनेर हेक्का राखेर काम गर्नुपर्ने हो । यदि त्यो हुन्न भने प्रधानमन्त्रीज्यूले आफ्नो टिमको पुनर्मूल्यांकन गर्नुपर्छ,’ उनले भने ।

Hardik health

नाम हालेको छ गणेशमान सिंह, बरु उहाँलाईचाहिँ चित्त दुख्यो होला । आज संसद्मा म जस्तो मान्छेलाई मेरो छोराले आलोचनाको सिकार बनायो भनेर भनिराख्नुभएको जस्तो लाग्छ स्वर्गमा पनि । जताततै गणेशमा सिंह प्रतिष्ठान, आफ्नै वरिपरि हाल्नुभएको छ ।
अमनलाल मोदी
सांसद, माओवादी केन्द्र

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले पनि मन्त्री सिंहको चर्को आलोचना गरे । उनले संसद्को रोस्ट्रममा उभिएर आफू बौद्ध धर्मावलम्बी भएकाले बजेट किताब नच्यात्ने उल्लेख गर्दै २०८४ को निर्वाचनमा पराजित होस् भनी पुकारे । ‘म यो बजेट किताब च्यात्दिनँ, म तामाङको छोरो बौद्ध धर्म मान्ने छोरो, किताब च्यात्ने कुरामा विश्वास गर्दिनँ,’ उनले बजेट किताबलाई ढोग्दै भने, ‘भगवान् गौतम बुद्ध र पशुपतिनाथलाई पुकारेर भन्छु, ०८४ को चुनावपछि प्रकाशमान र विष्णु पौडेललाई यो संसद्मा देख्नु नपरोस् ।’

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले प्रकाशमानकै कारण गणेशमान आलोचित बनेको तर्क गरे । ‘लौहपुरुष गणेशमानलाई हामी राम्रो आदर्श, फरक विचार भए पनि राम्रो तरिकाले मान्छौं । उहाँको मृत्युपश्चात् उहाँले सम्झिनुभएको थिएन कि मेरो छोरा मन्त्री भएर मेरै नामबाट बजेट हालोस् । गणेशमान सिंहज्यूले त्यस्तो कल्पना पनि गर्नुभएको थिएन,’ मोदीले भने, ‘नाम हालेको छ गणेशमान सिंह, बरु उहाँलाईचाहिँ चित्त दुख्यो होला । आज संसद्मा म जस्तो मान्छेलाई मेरो छोराले आलोचनाको सिकार बनायो भनेर भनिराख्नुभएको जस्तो लाग्छ स्वर्गमा पनि । जताततै गणेशमा सिंह प्रतिष्ठान, आफ्नै वरिपरि हाल्नु्भएको छ ।’

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले गणेशमानको नाममा आफ्ना आसेपासे र भरौटेहरुलाई बजेट छुट्याइएको बताए । सहरी विकास मन्त्रालयको परिभाषाअनुसार बजेट विनियोजन नै नभएको उनको आरोप छ । प्रकाशमानले गणेशमानको नाममा भरौटेहरुलाई पाल्ने, पोस्ने र बिचौलियाहरुले कमाइखाने भाँडो बनाएको उनले बताए ।गणेशमानको नाममा कमाइखाने कार्यक्रम ल्याएर बदनाम गराउने काम प्रकाशमानबाटै भएको उनको तर्क थियो । ‘परिभाषाअनुसारकै काम गरिराखेको छैन सहरी विकास मन्त्रालयले ।

तपाईंले यो के गर्नुभएको ? गणेशमानको नाममा करिब–करिब ७५ करोड बजेट ! कुनै उत्पादनमूलक काममा होइन । कुनै युवाहरुलाई रोजगारी दिनेखालको कार्यक्रममा होइन । अनुत्पादक संरचनाहरु बनाउने नाममा गणेशमानलाई बदनाम गराउनुभयो ।
प्रकाश ज्वाला
सांसद, एकीकृत समाजवादी

आफ्ना इन्ट्रेस्टका, आफ्ना आसेपासेका लागि, आफ्ना वरिपरिका मान्छेहरुलाईचाहिँ कहाँ–कहाँबाट घुमाएर योजना हाल्न सकिन्छ, जुनसुकै शीर्षकमा पनि योजना थुपारेर आफ्ना भरौटेहरुलाई पाल्ने, पोस्ने र बिचौलियाहरुले कमाइखाने भाँडो बनाइएको छ सहरी विकास मन्त्रालय,’ ज्वालाले भने, ‘तपाईंले यो के गर्नुभएको गणेशमानको नाममा करिब–करिब ७५ करोड बजेट, कुनै उत्पादनमूलक काममा होइन । कुनै युवाहरुलाई रोजगारी दिनेखालको कार्यक्रममा होइन । अनुत्पादक संरचनाहरु बनाउने नाममा गणेशमानलाई बदनाम गराउनुभयो तपाईंहरुले । तपाई माफी माग्नुस् यो रोस्ट्रमबाट । गणेशमानको हाइट यस्तो होइन, गणेशमानलाई सबैले सम्मान गर्छन् । तपाईंले अपमान गर्नुभयो ।’

गणेशमानका नाममा यसरी छरियो बजेट
सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबैभन्दा बढी बजेट काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको पटापको सडकलाई विनियोजन गरेका छन् । गणेशमान सिंह लोकमार्ग नाम रहेको उक्त सडकका लागि सिंहले आठ करोड रुपैयाँ विनियोजन गरेका हुन् । उक्त क्षेत्र प्रकाशमानका स्वकीय युपी लामिछानेको क्षेत्र हो ।

यसैगरी काठमाडौंको जहरसिंह पौवामा निर्माण गर्न लागेको गणेशमान पार्क तथा रंगशालाका लागि विभिन्न शीर्षकमा चार करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् । त्यसैगरी पाँचथरमा बन्न लागेको गणेशमान पार्क तथा खेल मैदानका लागि तीन करोड, झापाको शिवसताक्षी नगरपालिकामा शिक्षालय र अध्ययन प्रतिष्ठानका लागि सात करोड रुपैयाँ विनियोजन गरेका छन् ।

यता मोरङको बेलबारीमा गणेशमान सिंहको नाममा रंगशालाका लागि तीन करोड रुपैयाँ, बारामा गणेशमान पार्कका लागि तीन करोड, काठमाडौं महानगरको वडा १३ मा गणेशमान स्मृति भवनका लागि तीन करोड, वडा २९ मा ज्येष्ठ नागरिक भवनका लागि तीन करोड, सोही भवन स्तरोन्नतिका लागि तीन करोड रुपैयाँ रकम विनियोजन गरेका छन् । त्यसैगरी भक्तपुरको सूर्यविनायकमा स्मृति भवनका लागि तीन करोड, पोखरामा स्मृति भवनका लागि तीन करोड, काठमाडौंको वडा १५ मा गणेशमान मंगलादेवी भवनका लागि तीन करोड रुपैयाँ रकम विनियोजन गरेका छन् । त्यसैगरी स्याङ्जा, सिन्धुपाल्चोक, दैलेख, सुर्खेत, बागलुङ, ललितपुर, कैलाली, रुकुम पश्चिम, अछामदेखि दाङसम्मै गणेशमानका नाममा विभिन्न योजनाहरुमा बजेट विनियोजन भएका छन् ।
 


प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०९:०९
#प्रकाशमान_सिंह
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP