काठमाडौं - स्वतन्त्र सांसद अमरेशकुमार सिंहको अभिव्यक्तिमा नेकपा एमालेले आपत्ति जनाएको छ । बजेटमाथिको छलफलमा सांसद सिंहले शीर्ष नेताको चार जिल्लामा मात्रै बजेट केन्द्रित रहेको बताएका हुन् ।
बाँकी जिल्ला नेपाल नै नरहेको जस्तो व्यवहार सरकारले गरेको भनेर सरकारलाई सिंहले प्रश्न गरे । सांसद अमरेशको अभिव्यक्तिमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आपत्ति जनाए । त्यसपति संसद्मा आरोप प्रत्यारोप चलेकाे हाे ।