काठमाडाैं - काठमाडौं महानगरपालिकाले ग्रेस महर्जनलाई ‘मिस्टर महानगर’ उपाधि दिएकाे छ , ३८ जना खेलाडीबिच शारीरिक सुगठन प्रतियोगितामा ग्रेस महर्जनले ‘मिस्टर महानगर’ को उपाधि प्राप्त गरेका हुन् ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ ले शनिवार राष्ट्रिय सभा गृहमा आयोजना गरेको शारीरिक सुगठन प्रतियोगिताको ओभरअल विजेता भएपछि उनले ‘मिस्टर महानगर’ को उपाधिसहित ट्रफी, मेडल, प्रमाण पत्र र नगद ५ लाख ७५ हजार रुपैयाँ (क्याटागोरी विजेताका रुपमा ७५ हजार रुपैयाँ र ओभरअल विजेताका रुपमा ५ लाख रुपैयाँ) प्राप्त गरे ।
उनलाई प्रधानमन्त्री के. पि. शर्मा ओलीले पुरस्कार प्रदान गरेका थिए ।