काभ्रे -काभ्रेको राेशी खोलामा फसेका ५ जनाको सकुशल उद्वार प्रहरीले गरेकाे छ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ५ र ७ को बीच भागमा रहेको रोशी खोलामा फसेका ५ जनाको असार ५ गते सकुशल उद्वार गरेको हाे ।
ढुंगा संकलन गएका उनीहरु खोलामा पानीको बहाव बढेपछि बीच भागमा फसेका थिए । उनीहरुले प्रयोग गर्दै गरेको १ वटा जे.सि.बी. र १ वटा टिपर समेत फसेको थियो ।
सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश पनौतीबाट सशस्त्र प्रहरी नायव निरीक्षक भिमसेना के.सी.को कमाण्डमा खटिएको सुरक्षा फौजसँगै नेपाली सेना र नेपाल प्रहरीसहितको टोली उनीहरुको उद्वारमा खटिएको थियो ।