Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • कोही सत्तापक्षको समर्थनमा, कोही चार घण्टा अनसनमा
कोही सत्तापक्षको समर्थनमा, कोही चार घण्टा अनसनमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार ६, २०८२
  • प्रतिपक्षी सांसद राजेन्द्र पाण्डेले सरकारको समर्थन गर्दै दुई वर्षको ‘कुलिङ पिरियड’ हटाउन उच्च पदस्थका कर्मचारीले दबाब दिएकोमा खुट्टा नकमाउन आग्रह गरे
  • बजेट जनमुखी नभएको र दैलेखलाई सम्बोधन नभएको भन्दै एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले किताबै च्याते
  • चार घण्टा चलेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु बैठकभर पलेटी कसेर अनसन बसे
  • प्रतिनिधि सभामा थरीथरी विपक्षी


काठमाडौं– बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको बहस जारी रहँदा सत्तापक्षदेखि प्रतिपक्षको प्रस्तुति रोचक देखियो । बिहान ११ बजेका लागि डाकेको बैठक दलहरुसँगको छलफलपछि करिब दिउँसो १ बजेबाटमात्र शुरु भयो । शुरुमै राष्ट्रिय स्वतन्त्र पार्टीले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद हरि ढकाललाई बोल्न समय दिए ।

गृहमन्त्री रमेश लेखकले भुँईमान्छेको प्रश्नमा कटाक्ष गरेको भन्दै रास्वपा सांसद ढकालले यसको जवाफ माग गरे । जवाफ नआएसम्म आन्दोलन जारी रहने उनको भनाई थियो । ‘हाम्रो आन्दोलन जारी छ । हाम्रो दलले उठाएको माग पुरा नभएसम्म हाम्रो आन्दोलन जारी छ,’ ढकालले भने । उनले गृहमन्त्री लेखकको राजीनामा माग्दै गर्दा सभामुखे घिमिरेले माइक काटेर प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिए । पाण्डेले बोल्नसाथ रास्वपा भने रोस्टम अगाडि पुगेर विरोधमा उत्रियो ।

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक ज्ञानेन्द्रबहादुर शाहीले बोल्ने समय पाए । उनले यसअघि २०६४ सालदेखिका १४ जना गृहमन्त्री भएका सबैको भिजिट भिसा प्रकरणमा छानबिन हुनुपर्ने माग राखे । शाहीले भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनेसम्म र विरोध जारी रहेसम्म सदन चलाए बहिस्कार गरेर अघि बढ्ने चेतावनी दिए । लगत्तै सभामुख घिमिरेले शुन्य समय सकिएको घोषणा गरे पनि विपक्षीहरु उभिएपछि एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बोल्ने समय पाए । 

Hardik health

प्रतिपक्षी सांसद पाण्डेले दुई वर्षको ‘कुलिङ पिरियड’ हटाउन उच्च पदस्थका कर्मचारीले दबाब दिएकोमा सरकारलाई खुट्टा नकमाउन आग्रह गरे । यसको विरोधमा सचिवहरु देखिएको र उनीहरुले यसको विरोध गरे सहसचिवले देश सम्हाल्ने उनको भनाई थियो । ‘कुलिङ पिरियड खारेज गराउनको लागि संयुक्त राजीनामा दिन्छौँ भनेर धम्की दिँदै विधेयक ल्याउन रोकावट भएको सुन्नमा आएको छ । सरकारले खुट्टा नकमाओस्, तुरुन्त ल्याओस् । २५ जना सचिवले राजीनामा दिन्छन् भने नयाँ सहसचिवले काम पाउँछन् । नयाँ व्यक्तिले जिम्मेवारी पाउँछन्,’ पाण्डेले भने, ‘धम्कीका भरमा सरकार डराउन हुन्न ।’

बजेट जनमुखी नभएको र दैलेखलाई सम्बोधन नभएको भन्दै एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले किताबै च्याते । थापाले भने, ‘जनताबाट उठेको राजस्वबाट बनेको बजेट जनताप्रति उत्तरदायी छैन । यो नेता र मन्त्रीमुखी भयो । म यो किताब सदनभित्रै च्यात्ने अनुमति लिएर च्यात्छु ।’ थापाले बजेट किताब च्यात्दै गर्दा उनले पाएको एक मिनेट समय सकिसकेको थियो ।यता स्वतन्त्र सांसद अमरेशकुमार सिंहको वक्ताव्यमा सत्तारुढ दल नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति जनाइन् । कानून मन्त्री अजयकुमार चौरसियालेले न्याय प्रभावित पार्न न्यायाधीशलाई फोन गर्ने गरेको आरोप लगाएपछि थिङले आपत्ति जनाएको हो ।

‘सदस्यले बोलेको कुरा सभाको तत्काल विचाराधीन रहेको विषयसँग सम्बन्धित हुनुपर्नेछ भनिएको छ । तर कानून मन्त्रीको कानून मन्त्रीको कल डिटेलको कुरा समद्दता भएन । त्यो रेकर्डबाट हटाइयोस्,’ उनले भनिन् । यद्यपि उनको मागमा सभामुखले कुनै सुनुवाई गरेनन् । सांसद सिंहले कानूनमन्त्री न्यायलाई प्रभावित पार्न न्यायाधीशलाई फोन गरेको आरोप प्रमाणित नभए आफू सांसद पद त्याग्न चुनौती दिँदै कल डिटेल सार्वजनिक गर्न माग गरेका थिए ।

उनले गृहमन्त्रीले विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो ? जवाफ दिन नसकेको बताए । उनले विमानस्थलभित्रको अनुसन्धान गरेको, अनावश्यक कर्मचारी विमानस्थलमा थपेको, सचिवालयका कर्मचारीको सचिवालयको कर्मचारीको सरुवा, डीआईजीका सरुवालगायतको विषयमा उत्तर दिन नसकेको बताए ।यता सत्तापक्षसँग सहमति गरी गृहमन्त्रीको राजीनामाबाट पछि हटेको दल माओवादी केन्द्रले भने अवरोधका बीच सदन चलाउनु दुःखद भएको बताए ।

बजेटमाथि छलफल गर्न रोस्ट्रममै पुगेका माओवादी सांसद जनार्दन शर्माले भने, ‘सदनमा गम्भीर प्रश्न उठेको छ, अवरोध र विरोधको बीचमा त्यसको वेवास्ता गर्दै सदन चलाउनु दुखद हो । समस्याको समाधान गर्न किन सक्दैनौँ? नेतृत्वको काम भनेकै समस्याको समाधान गर्नु हो । शर्मा खर्च कटौतिको प्रस्तावमा झन्डै आधा घण्टा बोलेका थिए ।रास्वपा विरोधलाई निरन्तरता दिँदै बैठकभर चार घण्टा पलेटी कसेर विरोधमा बस्दा प्रतिनिधि सभाको सिट खाली देखिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने बजेटमाथिको छलफल चलाएसँग बहिस्कार गरी हिँडेका थिए । 
 


प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP