Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ५, २०८२

काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले निजामती विधेयक, दाउन्ने सडक निर्माण, मानव बेचबिखन, दलितमाथि हुने विभेदलगायत समसामयिक विषयमा संसद् र सरकारको ध्यानाकर्षण गराएका छन्  ।

बैठक प्रारम्भ हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकालले वालिङ नगरपालिका–१० का वडाध्यक्षले रास्वपाका नेता मेघ आलेमाथि आक्रमण गरेकाले निजमाथि कानुनी कारबाही गर्न माग गरे । अवैध रूपमा भइरहेको नदी दोहनको विरोध गरेकाले उहाँमाथि आक्रमण गरिएको सांसद ढकालले सुनाए ।

त्यसअघि उक्त दलका सांसदहरू आफ्नो आसनबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद ढकाललाई बोल्न समय दिएको थियो । पार्टीले ‘भिजिट भिसा’लगायत विषयमा आफ्ना माग पूरा नभएसम्म विरोध जारी रहने उनले बताए ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हितराज पाण्डेले निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक यथाशीघ्र छलफल गरी अघि बढाउनुपर्ने माग गरे । 

Hardik health

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाहीले मानव बेचबिखनविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताए । ‘भिजिट भिसा’ प्रकरणका सम्बन्धमा छानबिन समिति गठन हुनुपर्ने माग गर्दै उहाँले समिति नबन्दासम्म पार्टीको विरोध जारी रहने उल्लेख गरे  ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेले राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पारित भएर आएको सङ्घीय निजामती सेवा विधेयक २५ जना सचिवले रोकेको भन्दै निजहरूले राजीनामा दिए पनि काम अघि बढ्न नसकेकामा गुनासो गरे ।  उनले उक्त विधेयकका सम्बन्धमा शीघ्र आवश्यक प्रक्रिया अघि बढाउन माग गरे । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वासुदेव घिमिरेले दाउन्ने क्षेत्रको १४ किलोमिटर खण्डमा हिलोका कारण आवागमनमा समस्या भएकाले यथाशीघ्र मर्मत गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका कान्तिका सेजुवालले जुम्लामा असिनापानीले स्याउखेतीमा क्षति भएका किसानले बिमाबापतको रकम नपाएकाले बिमा कम्पनीलाई रकम भुक्तानी गर्न तथा आवश्यक कारबाही गर्न माग गरे ।

सांसद अमरेशकुमार सिंहले दलितमाथि विभेद तथा दलित बालिकामाथि बलात्कार हुँदा पनि अपराधीलाई कारबाही नभएकामा सरकारको ध्यानाकर्षण गराए ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अमरबहादुर थापा र प्रकाश ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटले दैलेखलगायत जिल्लालाई सम्बोधन नगरेकाले असन्तुष्टि जनाउनुका साथै अवैध रूपमा रुसी सेनामा नेपालीलाई पठाइएका तत्काल फिर्ता ल्याउन माग गरे । 


प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP