Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ५, २०८२

काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले निजामती विधेयक, दाउन्ने सडक निर्माण, मानव बेचबिखन, दलितमाथि हुने विभेदलगायत समसामयिक विषयमा संसद् र सरकारको ध्यानाकर्षण गराएका छन्  ।

बैठक प्रारम्भ हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकालले वालिङ नगरपालिका–१० का वडाध्यक्षले रास्वपाका नेता मेघ आलेमाथि आक्रमण गरेकाले निजमाथि कानुनी कारबाही गर्न माग गरे । अवैध रूपमा भइरहेको नदी दोहनको विरोध गरेकाले उहाँमाथि आक्रमण गरिएको सांसद ढकालले सुनाए ।

त्यसअघि उक्त दलका सांसदहरू आफ्नो आसनबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद ढकाललाई बोल्न समय दिएको थियो । पार्टीले ‘भिजिट भिसा’लगायत विषयमा आफ्ना माग पूरा नभएसम्म विरोध जारी रहने उनले बताए ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हितराज पाण्डेले निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक यथाशीघ्र छलफल गरी अघि बढाउनुपर्ने माग गरे । 

Hardik health

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाहीले मानव बेचबिखनविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताए । ‘भिजिट भिसा’ प्रकरणका सम्बन्धमा छानबिन समिति गठन हुनुपर्ने माग गर्दै उहाँले समिति नबन्दासम्म पार्टीको विरोध जारी रहने उल्लेख गरे  ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेले राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पारित भएर आएको सङ्घीय निजामती सेवा विधेयक २५ जना सचिवले रोकेको भन्दै निजहरूले राजीनामा दिए पनि काम अघि बढ्न नसकेकामा गुनासो गरे ।  उनले उक्त विधेयकका सम्बन्धमा शीघ्र आवश्यक प्रक्रिया अघि बढाउन माग गरे । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वासुदेव घिमिरेले दाउन्ने क्षेत्रको १४ किलोमिटर खण्डमा हिलोका कारण आवागमनमा समस्या भएकाले यथाशीघ्र मर्मत गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका कान्तिका सेजुवालले जुम्लामा असिनापानीले स्याउखेतीमा क्षति भएका किसानले बिमाबापतको रकम नपाएकाले बिमा कम्पनीलाई रकम भुक्तानी गर्न तथा आवश्यक कारबाही गर्न माग गरे ।

सांसद अमरेशकुमार सिंहले दलितमाथि विभेद तथा दलित बालिकामाथि बलात्कार हुँदा पनि अपराधीलाई कारबाही नभएकामा सरकारको ध्यानाकर्षण गराए ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अमरबहादुर थापा र प्रकाश ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटले दैलेखलगायत जिल्लालाई सम्बोधन नगरेकाले असन्तुष्टि जनाउनुका साथै अवैध रूपमा रुसी सेनामा नेपालीलाई पठाइएका तत्काल फिर्ता ल्याउन माग गरे । 


प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP