Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाली महावाणिज्य दूतावासबाट अन्तरक्रिया
नेपाली महावाणिज्य दूतावासबाट अन्तरक्रिया
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ४, २०८२

काठमाडौं -  नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल–चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया गरेको छ ।  लोमान्थाङमा भएको अन्तरक्रियामा लोघेकर दामोदरकुण्डका अध्यक्ष राजु विष्ट र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नुर्बु, लोमान्थाङकी उपाध्यक्ष, दुवै गाउँपालिकाका वडाध्यक्षहरू तथा कोरोला नाका प्रयोग गरी व्यापार गर्ने व्यवसायीको सहभागिता थियो ।

जोमसोममा भएको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, मुस्ताङ जिल्लाका चार वटा गाउँपालिकाका अध्यक्षहरू, समाजसेवी तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो ।  दुवै छलफलमा सहभागीहरूले कोरोला नाकाको चीनतर्फ उत्कृष्ट पूर्वाधार निर्माण भएर अध्यागमन र भन्सार कार्यालयहरू स्थापना भई सेवा सञ्चालन गरिसके पनि नेपालतर्फ प्रदेश सरकारले निर्माण गरेको चार कोठे भवन पनि राम्रो भएको बताएका थिए । सहभागीले उक्त भवनमा पानी, विद्युत्लगायत न्यूनतम पूर्वाधार नभएको, कर्मचारी अभाव रहेको र अध्यागमन कार्यालयको उद्घाटन भएर पनि नियमित सेवा सञ्चालन नभएकाले व्यापार व्यवस्थित हुन नसकेको बताएका हुन् । 

वक्ताले माथिल्लो मुस्ताङ निषेधित क्षेत्रमा रहेकाले विदेशी नागरिक उक्त क्षेत्रमा प्रवेश गर्दा न्यूनतम पाँच सय डलर तिर्ने व्यवस्था गर्न माग गरेका छन् । सोही रकम तिरेर चीनतर्फबाट प्रवेश गर्न चाहनेले अध्यागमन सेवा नरहेकाले नाकामा रकम तिरेर प्रवेश गर्न नसक्ने अवस्था रहेकाले नाकामा एकीकृत पूर्वाधार निर्माण गरी तत्काल अध्यागमन, भन्सार, क्वारेन्टाइनलगायत सेवा सुरु गर्न, विदेशी नागरिकका लागि माथिल्लो मुस्ताङ प्रवेश सहजीकरण गर्न अनुरोध गरेका हुन् ।

Hardik health

दुवै कार्यक्रमलाई सम्बोधन गर्दै ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले छलफलमा उठेका समस्यासम्बन्धी समाधानका लागि महावाणिज्य दूतावासका तर्फबाट चिनियाँ र नेपाली दुवै पक्षसँगको समन्वयमा प्रयास गर्ने जानकारी गराए । उनले चीनको सिजाङ स्वायत्त क्षेत्रको ड्रोङ्पामा त्यहाँका भन्सार, अध्यागमन, स्थानीय निकाय र पोर्ट व्यवस्थापन कार्यालयका उच्च अधिकारीसँग छुट्टाछुट्टै छलफल तथा अन्तरक्रिया गरे। उक्त अवसरमा चीन र नेपाल दुवै पक्षले कोरोला नाका व्यवस्थापनका लागि आआफ्नो तर्फबाट पहल गरी नाकालाई सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

img


प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १५:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP