काठमाडौं - ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ असार १५ गते अगाडि प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत नहुने भएको छ ।
सङ्घीय संसद् सचिवालयका असार १४ गतेसम्मका लागि तय गरेको कार्यतालिकामा यो विधेयकमाथि छलफल र पारित गर्नका लागि पेस गर्ने कार्यसूची छैन । सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा अब असार १४ गतेसम्म प्रतिनिधिसभा बैठक ५, ६, ७, ८, ९, १० र १४ गते बस्नेछ ।
त्यसमा बजेटसम्बन्धी विषयबाहेक राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित नेपाल नागरिकता (दोस्रो संशोधन) सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले निजामती कर्मचारी विधेयक असार १४ गतेसम्मको कार्यतालिकामा नराखिएको बताए । ‘बजेट पास गर्ने चाप छ । त्यसैले निजामती कर्मचारीसम्बन्धी विधेयक परेको छैन । अब १५ गते पछाडिको कार्यतालिकामा मात्रै पर्ला,’ प्रेस संयोजक अधिकारीले बताए ।