Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका
दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ४, २०८२

ढोरपाटन - तमानखोला गाउँपालिकाले दलित समुदायका युवालाई आयआर्जनसँग जोड्न बाँसका सामग्री बनाउने तालिम दिन थालेको छ । गाउँमा पाइने बाँस तथा निगालेलाई उपयोग गरी युवालाई उद्यमी बनाउने उद्देश्यले तालिम दिन थालिएको हो । 

उच्च पहाडी क्षेत्रमा पर्ने तमानखोलामा पर्याप्त बाँस तथा निगालो पाइने हुँदा तालिमबाट सीप सिकेर त्यसलाई आयआर्जनको माध्यम बनाउन सकिने छ । बुढापाकाले वषौँदेखि परम्परागत रुपमा ढालो, नाङ्लो, डोरी लगायत सामग्री बनाएर प्रयोग गर्दै आए पनि बिक्री कम हुँदै आएको थियो । 

बजारमा बिक्ने सामग्री निर्माण गरेर युवालाई उद्यमी बनाउने उद्देश्यले तालिम दिइरहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । पालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु चार लाख ७५ हजारले युवालाई तालिम दिएको उहाँनले जानकारी दिए । 

Hardik health

ललितपुरबाट प्रशिक्षक झिकाएर १५ दिने तालिम दिइरहेको अध्यक्ष बुढा मगरले बताए । उनले भने, “बाँसबाट गाउँमा अहिले बुढापाकाले विभिन्न सामग्री बनाउने गर्नुहुन्छ, उहाँहरुले बनाए पनि घरायसी प्रयोजनका लागि मात्रै प्रयोग हुन्छ, बजारमा लगेर बिक्री गर्ने प्रचलन कम भएकाले पुस्ताले त्यसतर्फ केन्द्रित गर्न खोजेका छौँ । युवालाई बाँसबाट आकर्षक सामग्री बनाउन सिकाएर उद्यमी बन्न प्रेरित गरिरहेका छौँ, उहाँहरूले सीप सिकेर उत्पादन गर्न थाल्नुभयो भने त्यसको बिक्रीमा समस्या भए पालिकाले सहजीकरण गर्नेछ ।”

तालिममा गाउँपालिकाका छ वटै वडाका युवाहरू सहभागी छन् । युवालाई फोटो फ्रेम, कुर्ची र टेबललगायत सामग्री बनाउने सीप सिकाइने अध्यक्ष बुढामगरले उल्लेख गरे । सीप सिकेर युवाले सामग्री बनाउन थालेपछि वनजङ्गलमा खेर गइरहेका बाँस र निगालो प्रयोगमा आउने उनको भनाइ छ । तालिममा सहभागी धनीराम घमालले बाँसको चुयाबाट आकर्षक सामग्री बन्ने भएकाले प्रशस्त आम्दानी गर्न सकिने बताए । आफूले पहिलेदेखि मुढा बनाउने गरेको भन्दै अहिले तालिमबाट थुप्रै प्रकारका सामग्री बनाउन सिकिरहेको उहाँले उल्लेख गरे । 

तालिमपछि बाँसका सामग्री बनाएर आफ्नै आयआर्जन सर्न सकिने आत्मविश्वास बढेको उनले बताए। “हाम्रो गाउँघरमा पाइने बाँसबाट प्रयोगमा आउने आकर्षक सामान बनाउन सकिन्छ । अहिलेसम्म हामीले मेसो पाएका थिएनौँ, प्रशिक्षक सरले आकर्षक सामान बनाउन सिकाएका छन् । आगामी दिनमा बाँसका सामग्री बनाएर बिक्री गर्ने योजना छ”, घमालले भने , “आर्थिक अवस्था कमजोर छ, पालिकाले सहयोग गर्यो भने सानोतिनो उद्यम गर्ने योजना छ ।”


प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP