काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली यही असार १६ गतेदेखि २१ गतेसम्म स्पेनको औपचारिक भ्रमणमा जाँदै छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त भ्रमणको नेतृत्व गर्न प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो।
त्यस्तै, वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्षमा डा. शान्ता सेढाईलाई नियुक्त गरिएको छ। सेढाई उच्च अदालत पाटनअन्तर्गत हेटौंडा इजलासका न्यायाधीश हुन्।
साथै, सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरी पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।