Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • धरान र काठमाडौंमा देखिएको प्रतिपक्षी स्वर
धरान र काठमाडौंमा देखिएको प्रतिपक्षी स्वर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ४, २०८२

काठमाडौं महानगरपछि अहिले धरान उपमहानगर चर्चामा छ । मंगलबार दिनभरजसो धरानका नगरप्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्रविक्रम बेघाबीचको विवाद चर्चामा छायो । कारण दुई पक्षबीच आरोपप्रत्यारोप । धरानका प्रमुख साम्पाङ श्रमदान अभियानका कारण चर्चामा छाइरहन्छन् । यद्यपि, उनले वडा नम्बर १६ मा जाली राख्ने काम श्रमदानबाट गरिए पनि डोर हाजिरा फाराम भराएर भुक्तानी मागिएको भन्दै उपप्रमुख बेघाले रोके । प्रक्रिया नमिलाई आएको बिलको भुक्तानी नगर्न बेघाका समर्थकले नाराबाजीसमेत गरे । त्यसपछि धरान तनावग्रस्त बन्यो ।

सामाजिक सञ्जालबाट आफूलाई पारदर्शी देखाउन सामाजिक सञ्जालमा ‘लाइभ’ आउने प्रमुख साम्पाङले विवादकै क्रममा कार्यालयमा पटक–पटक भन्दै थिए– बालेनलाई पेल्याजस्तो लाग्छ होला ! केही समयअघि काठमाडौं महानगरका प्रमुख बालेन्द्र (बालेन) साहविरुद्ध उपप्रमुख सुनिता डंगोलसहित वडाध्यक्षहरु एक भएर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ताला फोडेर कार्यकक्षमा प्रवेश गराएका थिए । नगरप्रमुख साहको आदेशमा रोक्न खोज्ने प्रहरी प्रमुख राजु पाण्डे पनि गुरागाईं र डंगोलको बलबुतामा निलम्बित भए । यसरी बालेनलाई एक्लाएको उदाहरण पेस गर्दै साम्पाङले यस्तो बताएका हुन् ।

यद्यपि, काठमाडौंको प्रसंग कर्मचारीले तलब नपाएको थियो भने धरानको श्रमदानमा गएकाहरुले ज्याला । झण्डै उस्तै प्रकृतिका जनप्रतिनिधिको यसखालको कामलाई धेरैले सामाजिक सञ्जालमा राम्रो भनेका छन् भने कतिले लफडा गरेकोमा आलोचना पनि गरेका छन् । भोलिका दिनमा विवादित पक्षबीच के कसरी मिलेमतो र सहमति हुने हो त्यो हेर्न बाँकी नै छ । 

Hardik health

तर संघीय सरकारमाझैं स्थानीय सरकारमा पनि यसरी पारदर्शी तरिकाले विरोध हुनु जनताका लागि फाइदाकै विषय हो । साँठगाँठ गरी कागजी परियोजना बनाएर सरकारी रकम हजम गर्ने नेतादेखि सरकारी कर्मचारीको पुरानै बानी हो । देशभरका ७५३ स्थानीय तहमा फाट्टफुट्टबाहेक यस्तो बेमेल देखिन्न । यसको मतलब ती स्थानीय तहमा सबैमा सतप्रतिशत भ्रष्टाचार नै हुन्छ र अनियमितता नै हुन्छ भन्ने पनि हैन । 

लोकतान्त्रिक व्यवस्थामा बलियो प्रतिपक्षी हुनु भनेको प्रमुखलाई मनलागी गर्न नदिनु पनि हो । यसैले काठमाडौं होस् या धरान, गौशाला नगरपालिका होस् या धनगढी, हरेक ठाउँमा प्रतिपक्षी आवाज बुलन्द हुनैपर्छ । ताकि कुनै ठाउँमा हुन लागेको अनियमितता रोकियोस् । कुनै कामले नामी भएका जनप्रतिनिधिलाई चुक्न नदिन पनि यसखाले खबरदारी आवश्यक छ । यद्यपि हात हालाहाल वा मुख छाडाछाडको निकृष्ट तहमा भने ओर्लन हुन्न ।
 


प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP