Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘ड्रेस कोड’बाटै सदन तताउँदै रास्वपा
‘ड्रेस कोड’बाटै सदन तताउँदै रास्वपा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ४, २०८२

यो सदनमा केही माननीय सदस्यहरुले केही स्कार्फ लगाएर आउनुभएको छ । भोलि कोही हाफ पाइन्ट लाएर आउन थाले यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ?
श्याम घिमिरे
प्रमुख सचेतक, नेपाली कांग्रेस

 

  • मंगलबार नीलो सल लगाएर सदनमा उपस्थित रास्वपा सांसदहरुले यो मानव तस्करविरुद्धको सांकेतिक विरोध भएको बताए
  • यसअघि रास्वपाका सांसदहरु नेपाली क्रिकेट टोलीको समर्थनमा प्रतिनिधिसभामै क्रिकेट जर्सी लगाएर उपस्थित भएका थिए
  • ‘ड्रेस कोड’बारे सांसद सुमना श्रेष्ठ पनि पटक–पटक चर्चामा छाएकी छन्

काठमाडौं– सधैंझैं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबारको सदनमा पनि गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोध जनायो । सभामुख देवराज घिमिरेले सदन सुरु हुनासाथ रास्वपाकी सांसद चन्दा कार्कीलाई आफ्नो भनाइ राख्न समय दिए । कार्कीले बोल्दै गर्दा उनको गलामा नीलो स्कार्फ देखियो । ‘भिजिट भिसा’मा हुँदै आएको मानव तस्करीको जालो तोड्न सुझाउँदै कार्की बोल्दै गर्दा रास्वपाका सबै सांसदको गलामा उस्तै नीलो स्कार्फ देखियो ।

त्यसपछि सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यसबारे प्रश्न उठाए । प्रतिनिधिसभा नियमावलीमा पोसाकसम्बन्धी व्यवस्था भएको उल्लेख गर्दै घिमिरेले सभामुख घिमिरेले सचेत बनाउनुपर्ने धारणा राखे । ‘मर्यादित पोसाकमा आउनुपर्ने व्यवस्था गरिएको छ । यो सदनमा केही माननीय सदस्यहरुले केही स्कार्फ लगाएर आउनुभएको छ । यो मर्यादित पोसाकमा भोलि कोही हाफ पाइन्ट लाएर आउन थाले यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ?,’ घिमिरेले भने ।

Hardik health

सचेत नमान्नेलाई बैठक कक्षाबाटै निष्कासन गर्न सक्ने व्यवस्थासमेत भएको घिमिरेको भनाइ थियो । उनले प्रश्न गर्दा सत्तारुढ दलका सांसदहरुले ताली ठोके, रास्वपाका सांसदहरुले भने होहल्ला गरे । त्यसपछि आधा घण्टाका लागि स्थगित गरेको बैठक सूचना टाँसेर बिहीबार बस्ने जानकारी दिइएको छ ।

मानव तस्करीविरुद्धको आन्दोलनका लागि नीलो रिबन लगाएका हौं । यो शान्तिपूर्ण आन्दोलन हो । नीलो क्रान्तिका रुपमा बुझिदिनुपर्यो । नीलो सल लगाउँदा हामी कसरी असभ्य भयौं ?
डा. तोसिमा कार्की
प्रतिनिधिसभा सदस्य, रास्वपा

कतिपयले रास्वपाको यो शैलीको प्रशंसा गरेका छन् । पछिल्लोपटक नीलो बस प्रयोग गरेको रास्वपाले प्रयोग गरेको यो रिबन विश्व प्रोस्टेट क्यान्सरविरुद्धको सांकेतिक विरोध भएको बताइएको छ । तर, रास्वपाले आधिकारिकरुपमा यसरी विरोध गरेको स्वीकारेको छैन । ‘मानव तस्करीविरुद्धको आन्दोलनका लागि नीलो रिबन लगाएका हौं । यो यसैका विरुद्ध लगाएका हौं,’ सदन स्थगित भएपछि रास्वपा सांसद डा. तोसिमा कार्कीले भनिन् । कार्कीले यसलाई नीलो क्रान्तिका रुपमा बुझिदिनसमेत आग्रह गरिन् । ‘यो शान्तिपूर्ण आन्दोलन हो । नीलो क्रान्तिका रुपमा बुझिदिनुपर्यो,’ कार्कीले भनिन्, ‘नीलो सल लगाउँदा हामी कसरी असभ्य भयौं

’
दुई वर्षअघि रास्वपाकी सांसद सुमना श्रेष्ठ संसद् बैठकमा सहभागी हुँदा जिन्स पाइन्टमाथि टिसर्ट र त्यसमाथि कोट लगाएको तस्बिर भाइरल भएको थियो । त्यसपछि संसदीय समितिमा उनले मिनीस्कर्ट लगाएको भन्दै आलोचना भएको थियो । त्यसपछि सदनमा श्रेष्ठले यसलाई युवा पुस्तामाथिको रणनीतिक हमला भएको बताएकी थिइन् । ‘चाकडीवाजबाट टाढिएर, पहिरनको मर्यादाबाट निस्किएर, कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर, राजनीतिक प्रवचनमासमेत जवाफदेहीताको प्रस्ट प्रश्न सोधेर अगाडि बढेका नयाँ पुस्तामाथि यो रणनीतिक हमला हो,’ २०८० जेठ १ गतेको सदनमा श्रेष्ठले भनेकी थिइन्, ‘यसको रास्वपा विरोध गर्छ । सचेत रहनुहोस् । तपाईंले हामीले रोक्न सक्नुहुन्न । समय निकै भएकैले होला टिसर्ट र जिन्समा अड्किनुभएको । यहाँहरुको प्राथमिकता के हो ? नैतिक प्रहरी बन्ने कि संसदीय समितिहरुको बैठक तय गर्ने ?’

यसपछि शिक्षामन्त्री भएको बेला पनि सुमना चर्चामा आइन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको दिन उनी ‘कलेज गर्ल’को शैलीमा झोला बोकेर आइपुगेकी थिइन् । संसद् सचिवालयले ड्रेस कोड तोक्दासमेत उनी भने कलेज गर्ल शैलीमा आइपुगेकी थिइन् । 
यतिमात्र हैन रास्वपाका सांसदहरु अघिल्लो वर्षको जेठ २२ गते नेपाली क्रिकेट टिमको जर्सी लगाएरै संसद्भित्र प्रवेश गरेका थिए । उनीहरुले संसद्भित्रै तस्बिर पनि खिचेर आफूहरु क्रिकेटको समर्थक भएको भन्दै प्रचार गरेका थिए । त्यतिबेला पनि कांग्रेसले रास्वपाको सांसदहरुको पोसाकमाथि प्रश्न गरेका थिए ।

नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले गत वर्षको जेठ २२ गते आकस्मिक समयमा प्रश्न गरेकी थिइन् । ‘यो संसद्मा मर्यादित ड्रेस लगाएर आउने हामी कति जना छौं ? हामी साडीमा आउँछौं कि ? कोट, पाइन्ट, टाई लगाएर आउँछौं कि ? आफ्नो मौलिक पोसाक लगाएर आउँछौं कि ? आज यो संसद्मा कोही फ्रक लगाएर आउनुभएको छ,’ न्यौपानेले प्रश्न गरेकी थिइन्, ‘कोही टिसर्ट र पाइन्ट लगाएर आउनुभएको छ । कोही जम्पर लगाएर आउनुभएको छ । हामीलाई चाहिँ सबै छुट ?’

प्रतिनिधिसभाले संसद् बैठकमा सहभागी हुँदा सांसदहरुले लगाउने पोसाक २०८० वैशाख ३१ गते तय गरेको थियो । उक्त दिन बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार सभामुख घिमिरेले सांसदहरुको पोसाक तोकेका थिए । प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४२ मा पोसाक र प्रतीक चिह्नसम्बन्धी व्यवस्था रहेको छ । कस्तो पोसाक मर्यादित भन्ने विषयमा भने नियमावली प्रस्ट देखिँदैन ।
 


प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP