सिन्धुपाल्चोक- सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ लार्चामा ह्युम पाइप बगाउँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ।सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ लार्चामा राखिएको ह्युम पाइप बगाउँदा अरनिको राजमार्ग अवरुद्ध भएको हाे ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार राति परेको अविरल वर्षाका कारण भोटेकोशी–३ लार्चामा राखिएको ह्युम पाइप बगाएको जानकारी दिए ।गत असोजमा परेको वर्षाले लार्चा पुल बगाएपछि अहिले २ महिनादेखि बेलीब्रिज निर्माण भइरहेको छ ।
बेलिब्रिज बन्दै गरेकोले आवागमनमा सहज बनाउने उद्देश्यले ह्युम पाइप राखेर यातायात संचालनमा ल्याइएको थियो । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक राईका अनुसार लार्चामा सवारी आवागम अवरुद्ध छ । कोदारी कोप्लाङमा सडक भासिएर राजमार्ग अझै खुलेको छैन र यातायात अवरुद्ध रहेको छ।