Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘तथ्य र प्रमाणमा आधारित रहेर अपराध अनुसन्धान तथा अभियोजन गर्नुपर्नेमा जोड’
‘तथ्य र प्रमाणमा आधारित रहेर अपराध अनुसन्धान तथा अभियोजन गर्नुपर्नेमा जोड’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ३०, २०८२

काठमाडौं - नेपालको अपराध अनुसन्धानमा सहभागी नेपाल प्रहरी र अभियोजनमा संलग्न हुने सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सम्मेलनमा सहभागी सरकारी उच्चअधिकारी तथा प्रहरी अधिकृतहरूले प्रमाण र तथ्यका आधारमा वस्तुनिष्ठ अनुसन्धान र अभियोजन गर्नुपर्नेमा जोड दिएका छन्  । 

समारोहमा गृहमन्त्री रमेश लेखकले लोककल्याणकारी राज्यको पूर्वसर्त न्याय भएको बताउँदै त्यसका लागि वस्तुनिष्ठ अनुसन्धान र अभियोजन नै भएको उल्लेख गरे । उनले पीडितलाई उपयुक्त न्याय दिन सक्नेगरी काम गर्नुपर्नेमा जोड दिए  । गृहमन्त्री लेखकले प्रविधिको उच्चतम उपयोगमार्फत अनुसन्धान र अभियोजनलाई अघि बढाउनुपर्नेमा जोड दिए । कतिपय अवस्थामा अनुसन्धान गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकिलबीच समन्वयको अभाव हुने गरेको बताउँदै उहाँले यसमा समन्वय बढाउन सुझाव दिए ।  

महान्यायाधिवक्ता रमेश बडालले प्रविधिको अधिकतम उपयोगमार्फत अनुसन्धान र अभियोजन बढाउनुपर्ने आवश्यकता औँल्याए  । उनले भने , “कसुरदारले प्रयोग गर्नेभन्दा उच्चतम प्रविधि भित्र्याउन जरूरी छ, यसमा सरकारले पनि ध्यान दिनुपर्छ ।”  महान्यायाधिवक्ता बडालले कतिपय अवस्थामा प्रमाणका आधारमा अनुसन्धान र अभियोजन नहुने गरेको देखिएको भन्दै प्रमाण नै नभएका अपराधमा कसुर तोकेर अभियोजन हुँदा आफ्नै शिर निहुरिने गरेको स्मरण गराए  । 

Hardik health

सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकालले अपराध अनुसन्धानमा प्रविधिले एकातर्फ सहज र अर्काेतर्फ जटिल बताएको बताउँदै सोहीअनुसार जनशक्ति र स्रोतसाधन तयार गर्नुपर्नेमा जोड दिए । कतिपय अवस्थामा प्रहरीभन्दा चोर अगाडि भन्ने भनाइ चरितार्थ गर्ने खालका गतिविधि भएको देखिने गरेको भन्दै उनले त्यसतर्फ विशेष ध्यान दिन अनुरोध गरे।

“कतिपय अवस्थामा प्रमाण नै नपुगी हदैसम्मको सजायको मागदाबी गर्ने गरेको पाइन्छ । जति अपराध गरेको हो, प्रमाणले जे बोल्छ त्यही अनुसारको कसुर माग दाबी हुनुपर्ने पर्छ । यसमा सचेत बनौँ”, मुख्य रजिष्ट्रार ढकालले भने ।नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले प्रहरी र सरकारी वकिलको रचनात्मक समन्वयले मात्रै फौजदारी न्याय प्रणाली प्रभावकारी हुने उल्लेख गरे ।अनुसन्धान र अभियोजनकर्ता एकअर्काका अभिन्न अंक भएकाले समन्वय बढाउन सुझाव दिए  ।

नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजय मिश्रले जस्तोसुकै जाहेरी परे पनि तुरुन्तै पक्राउ पुर्जी जारी गरेर समातिहाल्ने प्रवृत्ति देखिएकातर्फ ध्यानाकर्षण गराउँदै यस्ता गतिविधिले कानुन प्रणालीमा नै जटिलता पैदा गरेको बताए  । उनले भने , “साँच्चै पक्राउ गर्नुपर्ने हो होइन भन्ने कुरा यकिन गरेर मात्रै पक्राउ पुर्जी जारी गर्नुपर्छ, प्रमाणहरू सोहीअनुसारको जुटाउनुपर्छ, तब मात्रै पक्राउ गर्नुपर्छ ।” फौजदारी न्याय प्रणालीलाई सुधार गर्दै थप प्रभावकारी बनाउन जरुरी रहेको अध्यक्ष मिश्रको भनाइ थियो ।

कार्यक्रममा नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले यसअघि विसं २०७३ र २०७६ मा सम्मेलन गरिएको र तेस्रो सम्मेलनमार्फत अपराधको अभियोजन र अनुसन्धानमा देखिएका कमीकमजोरी हटाउने र प्रभावकारी बनाइने बताए । शनिबारसम्म सञ्चालन हुने सम्मेलनमा अपराध अनुसन्धानमा सहभागी प्रहरी र अभियोजनमा संलग्न सरकारी वकिल गरी १७० जनाको सहभागिता रहेको छ । जिल्लाका अधिकृतहरू ‘भर्चुअल’ रूपमा सहभागी छन् । 
 


प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP