काठमाडाैं - बैठकमा भिजिट भिसा प्रकरणको विषयले प्रवेश पाएपछि सदस्यहरुबीच केही समय नोकझोक चलेको थियो ।
समितिका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले खाडीमा घरेलुु कामदारको विषयसँगै भिजिट भिसा प्रकरणमा अनुसन्धानको माग गरे ।
उक्त विषयमा सांसदहरुको भूमिका सक्रिय नखेदेखिएको भन्दै पराजुलीको टिप्पणीप्रति नेकपा (एकीकृत समाजवादी) का सांसद श्रेष्ठ, नेपाली कांग्रेसका सांसदहरु राजु थापा र कान्तिका सेजुवालले आपत्ति जनाए ।