Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ३०, २०८२

पाटन - सभामुख देवराज घिमिरेले राज्यले मातृभाषा संरक्षणका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिएका छन् ।नेवा पत्रकार राष्ट्रिय दबूको आयोजनामा आज ललितपुरमा भएको दोस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको उद्घाटन गर्दै उनले मातृभाषामा पत्रकारिता गर्ने सन्दर्भमा पनि चुनौती देखापरिरहेका भन्दै यसलाई संरक्षणका लागि ध्यान दिनुपर्ने धारणा राखे।

 “अन्तरराष्ट्रिय सम्मेलनबाट तयार हुने महत्वपूर्ण दस्तावेज मातृभाषाको संरक्षण गर्दै राष्ट्रलाई बलियो बनाउने सन्दर्भमा उपयोगी हुनेछ । पछिल्लो समय प्राप्त राजनीतिक उपलब्धि संरक्षणका लागि काम भइरहेका छन् । देशका १२४ जातजातिका साथै लोपोन्मुखको संरक्षणका लागि काम भइरहेका छन् । देशका ६२ भाषा संरक्षणमा रासस, सार्वजनिक प्रसारण संस्था र गोरखापत्रले पनि काम गर्दै आएका छन्, यो राम्रो काम हो,” सभामुख घिमिरेले भने  ।
 
उनले अन्तरराष्ट्रिय सम्मेलन विभिन्न जातजातिको अवस्थिति, संस्कृतिको संरक्षण र एकअर्कालाई विचारहरु सम्प्रेषण गर्ने सन्दर्भमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। सभामुख घिमिरेले भने, “यस सम्मेलनको उद्देश्य नेपालमा मातृभाषा पत्रकारिताको वर्तमान अवस्था र यसको विकासको प्रवृत्तिबारे जानकारी आदानप्रदान गर्नु हो, अन्तरराष्ट्रियस्तरमा भइरहेका प्रगतिबारे पनि जान्ने अवसर सिर्जना गर्नु हो । यसले नेपालमा मातृभाषा पत्रकारितालाई अझ व्यावसायिक, समावेशी र पहुँचयोग्य बनाउने दिशामा योगदान पु¥याउनेछ ।”

नेपालका प्रथम मातृभाषा पत्रकार धर्मदित्य धर्माचार्य (जगतमान वैद्य) द्वारा मातृभाषामा पत्रकारिता आरम्भ गरिएको १०१औँ वार्षिकीको स्मरण गर्दै भएको यो सम्मेलन विशेष महत्वको भएको बताउँदै सभामुख घिमिरेले धर्माचार्यको कार्यले मातृभाषा पत्रकारिताको जग बसाएको बताए ।
 
सार्वजनिक प्रसारण संस्थाका अध्यक्ष डा महेन्द्र विष्टले मातृभाषा पत्रकारिता प्रवर्द्धनका लागि लामो समयदेखि योगदान हुँदै आएको बताउँदै यसले समुदायमा सूचना र समाचार प्रवाहमा प्रभावकारी भूमिका खेल्ने बताए ।सम्मेलनका संयोजक एवम् नेवा पत्रकार दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले नेपालको हरेक राजनीतिक परिवर्तनमा मातृभाषा पत्रकारिताले उल्लेख्य योगदान पु¥याएको र यसले सामाजिक र सांस्कृतिक जागरणका लागि महत्वपूर्ण भूमिका खेलेको धारणा राख्नुभयो । संविधानले नेपालका सबै भाषालाई राष्ट्रभाषाका रूपमा लिएको र यो आजको व्यवस्थाको उपलब्धि भएको उहाँको भनाइ थियो ।

Hardik health

नेवा पत्रकार राष्ट्रिय दबूका महासचिव के के मानन्धरले १३ वर्ष अगाडि स्थापना भएको नेवार पत्रकारहरूको यस संस्थाले पत्रकारको हकहित, अभिव्यक्ति स्वतन्त्रताको पैरवीका साथै समावेशी पत्रकारिता र मातृभाषा पत्रकारितालाई अगाडि बढाउने सन्दर्भमा सक्रियतापूर्वक लागिपरेको बताए ।   यसअघि २०८१ साल जेठ १९ र २० गते प्रथम अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको थियो । 


प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP