काठमाडौँ - बाघ ई–स्पोर्ट्स ले ३२४ टिमलाई पछि पार्दै वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट को उपाधि जितेको छ। कुल १३२ अंक ल्याएर शीर्ष स्थानमा रहँदै बाघले ५०,००० रुपैयाँ नगद पुरस्कार समेत हात पारेको हो।
प्रतियोगिता जुन २ बाट सुरु भई १,६२० खेलाडी सहभागी भएका थिए। उत्कृष्ट १६ टिममध्ये बाघले निर्णायक ल्यान चरणमा १५ खेल खेलेर उत्कृष्ट प्रदर्शन गर्दै उपाधि चुम्यो।दोस्रो स्थानमा नेपाल गेमिङ (एनजी) रहँदै १२६ अंक प्राप्त गर्यो भने बीएसी ले १२४ अंक सहित तेस्रो स्थान जित्यो।
बाघ ई–स्पोर्ट्सले फ्यान फेभरेट टिमको उपाधि पनि जित्दै थप ६,००० रुपैयाँ प्राप्त गर्यो।प्रतियोगिताको MVP (उत्कृष्ट खेलाडी) को रूपमा फोर डेथ मेशिन्स का आदित्य घोषित भए, जसले ५,००० रुपैयाँ जिते।
वेस्टमिन्स्टर शोडाउन २०२५ को आयोजनामा ई–स्पोर्ट्स हब र टेनेट्स को सहकार्य थियो, भने टुटल मोबिलिटी पार्टनर र डिजीपल सोल्युसन्स डिजिटल पार्टनर थिए। कलेजका मार्केटिङ प्रमुख गोविन्द देव बल्लभ अधिकारीले भने “यस्ता प्रतिस्पर्धा केवल खेल नभई, युवामा लिडरशिप, टीमवर्क र आत्मविश्वास विकासको माध्यम हुन्।”