Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
विश्व
  • Home
  • विश्व
  • ‘खतरनाक’ कार्गो बोकेको कन्टेनरको आगो निभाउन संघर्षरत भारत
‘खतरनाक’ कार्गो बोकेको कन्टेनरको आगो निभाउन संघर्षरत भारत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २९, २०८२

नयाँदिल्ली- भारतको तटरक्षक बलले ‘सम्भावित पारिस्थितिक विपत्ति’ रोक्नका लागि दक्षिणी तटबाट ‘खतरनाक’ कार्गो बोकेको कन्टेनर जहाजमा लागेको आगो निभाउन सङ्घर्ष गरिरहेको बताएको छ ।  चालक दलका २२ सदस्य बोकेको दुई सय ६८ मिटर (आठ सय ७९ फिट) लामो सिङ्गापुर झण्डाको कन्टेनर जहाज एमभी वान हाई ५०३ मा आगो लागेको छ । तीमध्ये चार जना बेपत्ता छन् । यो जहाजमा सोमबार भारतको बेयपोर बन्दरगाहबाट लगभग ७८ समुद्री माइल टाढा आगो लागेको थियो ।

आगो लागेको केही समयपछि तटरक्षक बलले सार्वजनिक गरेका तस्बिरहरूले कुनै शक्तिशाली विस्फोटनले फ्याँकेको जस्तो जहाजभरि भारी कन्टेनरहरू छरिएका देखाएको छ । त्यसबेलादेखि जहाजमा आगो लागेको छ ।     “यो जहाजमा दुई हजार एक सय २८ मेट्रिक टन इन्धन र खतरनाक कार्गोसहित सयौँ कन्टेनर छन्, जसले समुद्री वातावरण र क्षेत्रीय पोत परिवहन मार्गहरूलाई गम्भीर जोखिम पारेको छ”, तटरक्षक बलले बुधबार राति एक विज्ञप्तिमा भन्यो ।

 तटरक्षक बलले कार्गोको सामग्रीको बारेमा थप विवरण दिएको छैन, तर भनेको छ, “अवस्था गम्भीर रहेको छ ।”    भारतीय तटरक्षक बल र नौसेनाले अठार चालक दलका सदस्यलाई उद्धार गरेको छ । एक इन्डोनेसियाली, दुई ताइवानी र एक म्यान्मारीसहित चालक दलका चार सदस्य बेपत्ता भएको सूचीमा छन् ।    तटरक्षक बलले जलिरहेको जहाजमा ‘उद्धार टोलीका पाँच सदस्य’ र एक गोताखोरलाई राखेको बताएको छ ।

Hardik health

“आगो पूर्णरूपमा निभ्न बाँकी रहेको अवस्थामा सम्भावित पारिस्थितिक विपत्ति रोक्न जहाजलाई तटबाट टाढा तान्नका लागि डोरी बाँध्ने प्रयासहरू जारी छ”, यसले भन्यो, “आगो निभाउने सघन प्रयासले... देखिने आगोको ज्वालालाई उल्लेखनीय रूपमा कम गरेको छ । तथापि भित्री डेकहरू र इन्धन ट्याङ्कहरू नजिक आगो अझै सक्रिय छ ।”

आगो निभाउने प्रयासमा पाँचवटा तटरक्षक जहाजका साथै हवाईजहाज र एउटा हेलिकप्टरसहित सातवटा जहाज संलग्न छन् ।    एमभी वान हाई ५०३ कन्टेनर जहाज भारतको दक्षिणी तटमा केही हप्ताभित्रै सङ्कटमा परेको दोस्रो जहाज हो ।    खतरनाक सामान बोकेको लाइबेरियाको झण्डा बोकेको कन्टेनर जहाज गत महिनाको अन्त्यतिर केरलाको तटमा डुबेको थियो । भारतीय नौसेनाले सबै २४ जना चालक दलका सदस्यलाई उद्धार गरेको थियो । 


प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अटो उद्योग संकटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित
अटो उद्योग संकटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित आइतबार, असार २८, २०८३
अमेरिका-इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी
अमेरिका-इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी आइतबार, असार २८, २०८३
कतारका पूर्वराजा शेख खलिफाकाे निधन
कतारका पूर्वराजा शेख खलिफाकाे निधन आइतबार, असार २८, २०८३
आइतबार पहिलो पटक कारियामा आपतकालीन ‘हिटवेभ’काे चेतावनी
आइतबार पहिलो पटक कारियामा आपतकालीन ‘हिटवेभ’काे चेतावनी आइतबार, असार २८, २०८३
अनिश्चितकालका लागि होर्मुज बन्द,अमेरिका र इरानबीच चर्कियाे तनाव
अनिश्चितकालका लागि होर्मुज बन्द,अमेरिका र इरानबीच चर्कियाे तनाव आइतबार, असार २८, २०८३
 कालाे पट्टिसहित आएकाे अर्जेन्टिना विजयी
 कालाे पट्टिसहित आएकाे अर्जेन्टिना विजयी आइतबार, असार २८, २०८३
इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश
इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश आइतबार, असार २८, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP