Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
समाचार
  • Home
  • समाचार
  • तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं महानगरको ठेक्कामा भ्रष्टाचार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २९, २०८२
  •   सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्का बढी रकम कबोल गर्ने कम्पनीसँग सम्झौता गर्दा भ्रष्टाचार भएको अख्तियारको आरोप
  •  समानान्तर निर्माण सेवाले प्रस्ताव गरेकोभन्दा चार करोड ३१ लाख ७२ हजार रुपैयाँ बढी प्रस्ताव गर्ने कल्पवृक्ष–कोहिनूर जेभीसँग सम्झौता
  • चार करोड ३१ लाख ७२ हजार रुपैयाँ बिगो कायम
  • प्रतिवादीहरुबाट बिगोबमोजिमको रकम असुली, कैद तथा जरिवाना मागदाबी

काठमाडौं– सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार भ्रष्टाचारसम्बन्धी मुद्दामा तानिएका छन् । काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहँदा सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उक्त मुद्दामा परियारसहित सात जनालाई प्रतिवादी बनाइएको छ । जसमा महानगरको बोलपत्र मूल्यांकन समितिका निर्देशकहरु रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य र नमराज ढकाल, इञ्जिनियर जनार्दन गिरी र खरिद एकाइका सहायक निर्देशक उत्तम दाहाल परेका छन् ।

सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्का बढी रकम कबोल गर्ने कम्पनीलाई दिँदा भ्रष्टाचार भएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ । आर्थिक वर्ष ०७७/७८ मा आह्वान गरिएको सो ठेक्कामा कम रकम प्रस्ताव गरेको समानान्तर निर्माण सेवा प्रालिलाई प्राविधिक प्रस्तावको मूल्यांकनमा अनुत्तीर्ण बनाइ कल्पवृक्ष–कोहिनूर जेभीको प्रस्ताव स्वीकृत गरेको पाइएको अख्तियारले जनाएको छ । 

आरोपपत्रमा उल्लेख भएअनुसार समानानान्तर निर्माण सेवाले प्रस्ताव गरेको रकम भ्याटसहित १८ करोड नौ लाख २२ हजार रुपैयाँ रहेको छ । जबकि, महानगरले स्वीकृत गरेको कल्पवृक्ष–कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार रुपैयाँको प्रस्ताव गरेको उल्लेख छ । यो रकम समानान्तर निर्माण सेवाले प्रस्ताव गरेकोभन्दा चार करोड ३१ लाख ७२ हजार रुपैयाँ बढी हो । यसरी बढी रकमको ठेक्का स्वीकृत गरी महानगरको सार्वजनिक सम्पत्ति हानि नोक्सानी गर्ने कार्यमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहितका पदाधिकारीहरुको मिलेमतो रहेको अख्तियारको आरोप छ ।

अख्तियारले सोही बढी रकम चार करोड ३१ लाख ७२ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा चलाएको हो । प्रतिवादीहरुले आफ्नो पदको दुरुपयोग गरी गराई काठमाडौ महानगरपालिका÷सार्वजनिक संस्थाको सम्पत्तिको बदनियतपूर्वक हानि नोक्सानी गरे गराएको तथ्य स्थापित भएको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । ‘निज प्रतिवादीहरुले बदनियत राखी गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुनेसमेतको कसुर भएको हुँदा निज प्रतिवादीहरुलाई बिगो चार करोड ३१ लाख ७२ हजार रुपैयाँ कायम गरी आरोपपत्र दायर गरिएको छ,’ आरोपपत्रमा भनिएको छ । उक्त मुद्दामा प्रतिवादीहरुबाट बिगोबमोजिमको रकम असुलसहित कैद तथा जरिवानासमेत मागदाबी गरिएको छ ।
 


प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  ०९:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP