Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
समाचार
  • Home
  • समाचार
  • मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै
मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २८, २०८२

भोजपुर- सङ्घीय सरकारको घुम्नै पर्ने एक सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गलाई टेम्केमैयुङ गाउँपालिकाले योग, ध्यान र तपोभूमिका रूपमा विकास गर्ने लक्ष्यले लिएको छ । पूर्वीतर्फको एकमात्र सुन्दर र शान्त क्षेत्र रहेकाले यसलाई तपोभूमिका रूपमा विकास गर्ने गाउँपालिकाले लक्ष्य लिएको हो । 

प्राकृतिकको सुन्दर उपहारका रूपमा रहेको मुन्दुम पदमार्गलाई पर्यटकीयसँगै योग, ध्यान, अनुसन्धान तथा तपोभूमिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताउँदै गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध काम गरिने उल्लेख गरे  । यो पदमार्गमा समथर ठूला घाँसे मैदान प्रशस्त रहेकाले यसलाई गल्फ क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।

 “यो पूर्वको एक सुन्दर पदमार्ग हो”, अध्यक्ष बस्नेतले भने , “यो क्षेत्र शान्त र रमणीय पनि छ । यसलाई हामीले तपोभूमिका रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ । यहाँ यात्रा गर्दा आगन्तुकले ऊर्जाको अनुभूति गर्न गरिएको प्रतिक्रिया दिँदै आउनुभएको छ ।”

पदमार्गलाई टे«किङसँगै शान्त तपोभूमि क्षेत्रमा विकास गराउन सडकमार्ग निर्माणमा रोक लगाइएको अध्यक्ष बस्नेतले जानकारी दिए  । यहाँको प्राकृतिक स्वरुपलाई यथावत राख्न पालिका सजक रहेको भन्दै उनले यहाँ योग, ध्यान, साधना गरेर हप्तौँ बिताउन सक्ने वातावरण रहेकाले यसलाई शान्ति क्षेत्रमा विकास गर्ने योजना बनाइएको बताए।

Hardik health

पूर्वको एकमात्र सहज, सरल, शान्त र सुन्दर पदमार्ग भएकाले यो क्षेत्रमा पर्यटकीय गतिविधि विस्तारका योजना बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताए । छोटो समयमा यहाँ आउने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेपछि पालिकाले पूर्वाधार विकास र विस्तारमा जोड दिएको उनको भनाइ छ ।  

टेम्केमैयुङ गाउँपालिका प्राकृतिक रूपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम थालिएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताए । मुन्दुम पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर चखेवामा पर्यटन सूचना केन्द्र निर्माण गरिएको उनले जानकारी दिए  । 

उक्त सूचना केन्द्रबाट पर्यटकले पदमार्गको विशेषता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने उपाध्यक्ष राईले बताए । 

“यो पदमार्ग पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको गन्तव्य हो”, उपाध्यक्ष राईले भने, “हामी यो क्षेत्रको बृहत विकासमा जुटेका छौँ । पदमार्गलाई मानिसको साधना स्थलका रूपमा विकास गर्ने योजना छ । गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य आधार बनाएर काम गरिरहेको छ ।”

पदमार्गबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खला एकैसाथ हेर्न सकिने पर्यटन व्यवसायी विवेक कुलुङले जानकारी दिए   । 

यहाँको हावापानी हिमालमा जस्तो ठण्डा र तराईजस्तो गर्मी नहुने सन्तुलित क्षेत्र भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको टेम्कमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । बर्सेनि यो पदमार्गको भ्रमण गर्नेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ  । 

पदमार्ग हुँदै भोजपुरको चार हजार १५३ मिटर उचाइमा रहेका सबैभन्दा अग्लो धार्मिक तथा पर्यटकीय क्षेत्र सिलिचुङ चुचुरोसम्म पुग्न सकिन्छ । पदमार्गको आसपासमा निर्माण भएका किराँतको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूलाठूला घाँसे मैदान, स्थानीयले पालेका चाैँरी, भेँडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने गर्दछ ।


प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १३:४०
#मुन्दुम पदमार्ग
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२७३ वटा मोबाइल चोरी भएको उजुरी
२७३ वटा मोबाइल चोरी भएको उजुरी मंगलबार, चैत ३, २०८२
चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा  दूतावासकाे चासो
चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा  दूतावासकाे चासो मंगलबार, चैत ३, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
हत्याको अभियोगमा पक्राउ
हत्याको अभियोगमा पक्राउ मंगलबार, चैत ३, २०८२
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह मंगलबार, चैत ३, २०८२
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने मंगलबार, चैत ३, २०८२
सांसद  गुरुङले सरकारी सेवा सुविधा नलिने 
सांसद  गुरुङले सरकारी सेवा सुविधा नलिने  मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP