Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • रफ्तारमा अख्तियार
ठूला  भ्रष्टाचार  काण्डमा धमाधम मुद्दा रफ्तारमा अख्तियार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २७, २०८२
  •  बैंक अध्यक्ष, मेयर, सांसद, पूर्वमन्त्री, पूर्वमुख्यमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मलाई भ्रष्टाचार मुद्द
  •  सुशासनको प्रश्न उठेको बेला अख्तियारले ठूला भ्रष्टाचारकाण्डान धमाधम मुद्दा
  •  सर्वोच्चले अख्तियार प्रमुख आयुक्तलगायतविरुद्ध दायर रिटको फैसला आज सुनाउँदै 

 

जेठ महिनामा अख्तियारले चलाएका ठूला मुद्दा


जेठ १
पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध टेरामक्स खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर । तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो दाबी ।

जेठ ४
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री विजयकुमार यादव, बागमती नगरपालिका सर्लाहीका निलम्बित नगरप्रमुख भरतकुमार थापासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता । 

जेठ २०
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर । एक करोड आठ लाख ३८ हजार रुपैयाँ बिगो दाबी । 

Hardik health

जेठ २२
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर । काभ्रेको साँगामा रहेको पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा भ्रष्टाचार गरेको आरोप । १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी । 

जेठ २५
नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, वर्तमान प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर । नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको आरोप । ३३ करोड ४८ लाख रुपैयाँ  बिगो दाबी ।

जेठ २६
नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर । भैरहवामा सञ्चालन हुन लागेको ¥याडिसन प्रोजेक्टलाई ऋण दिने क्रममा घुस लिएको आरोप ।

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलाठूला भ्रष्टाचारकाण्डमा हात हालेको छ । देशमा सुशासनको प्रश्न उठिरहेका बेला अख्तियारले एकपछि अर्को ठूला भ्रष्टाचार प्रकरणको छानबिन गरेर विशेष अदालत पु¥याएको हो । अख्तियारको यस्तो सक्रियतालाई सकारात्मक रूपमा लिइएको छ । 

सोमबारमात्रै अख्तियारले ऋण लिने सेवाग्राहीसँग घुस मागेको आरोपमा नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीले १९ लाख रुपैयाँ घुस लिएको आरोप अख्तियारको आरोपपत्रमा उल्लेख छ । उनले उक्त घुस रकम भैरहवामा सञ्चालन हुन लागेकोर्याडिसन प्रोजेक्टलाई ऋण दिने क्रममा लिएको अख्तियारले दाबी गरेको छ । 

आरोपपत्रमा उल्लिखित विवरणअनुसार भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसालले ऋणका लागि नेपाल बैंक लिमिटेडमा प्रक्रिया अघि बढाएका थिए । त्यसक्रममा नेपाल बैंकका अध्यक्ष अधिकारीले ह्वाट्सएपमार्फत कुराकानी र भेटघाट गरेर घुस मागेको अख्तियारको दाबी छ । त्यसपछि गत वर्षको माघमा अख्तियारले घरमा छापा मारेर उक्त रकम बरामद गरेको थियो । अख्तियारको दाबीमा त्यो रकमा अधिकारीले आफ्ना सवारी चालक नसिब अन्सारीमार्फत लुकाएका थिए ।यस आधारमा अख्तियारले अधिकारी, नसिब अन्सारी र घुस दिने बालकृष्ण भुसाल, छोराहरू अंकित भुसाल र अमृत भुसालविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

अधिकारीविरुद्ध थप दुईवटा मुद्दा दायर भइसकेको छ । हिमाल–तराई कन्स्ट्रक्सन प्रालिलाई ऋण दिँदा पाँच लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ । यससँगै हिमाल–तराई कन्स्ट्रक्सनलाई ऋण दिँदा ५० लाख रुपैयाँ घुस खाएको आरोप छ । आइतबारमात्रै अख्तियारले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, वर्तमान प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतमा दायर मुद्दामा ३३ करोड ४८ लाख बढी बिगो दाबी माग गरिएको छ । नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर उनीहरूले भ्रष्टाचार गरेको आरोप अख्तियारको छ । 

नेपाल टेलिकमबाट प्रतिस्पर्धाविना करिब तीन अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान गरेको थियो । २०७९ पुसमा भएको ठेक्का सम्झौताअनुसार चिनियाँ कम्पनी एसिया इन्फो नामक कम्पनीले वार्षिक करिब ६५ करोड रुपियाँका दरले पाँच वर्षमा तीन अर्ब रुपैयाँभन्दा बढी भुक्तानी पाउने स्थिति बनेको थियो ।  यसअघि यही २२ जेठमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध काभ्रेको साँगामा रहेको पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गर्यो । नेपालसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंह, पूर्वमन्त्री डम्बर श्रेष्ठका छोरालगायत ९३ जनालाई अख्तियारले भ्रष्टाचार मुद्दामा प्रतिवादी बनायो । उनीविरुद्ध भ्रष्टाचार मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । 

अख्तियारले अहिले जे गरिरहेको छ, जसरी एक्सनमा गएको छ । यसले परिणाम दिन्छ । यो ठीक हो ।
सूर्यनाथ उपाध्याय
पूर्वप्रमुख आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धन आयोग

 

भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको प्रतिनिधिसभा सदस्य पद स्वतः निलम्बनमा परेको छ । उनी प्रधानमन्त्री हुँदा पतञ्जलि योगपीठले काभ्रेको साँगामा जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । मन्त्रिपरिषद्बाट हदबन्दी छुटमा पाएको जग्गा मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको थियो । सोही प्रकरणमा बिहीबार पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

पतञ्जलिले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । खरिद गरेकामध्ये केही जग्गा बिक्री गरेको फेला परेको छ । सोही आधारमा नेपालविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । यही २० जेठमा अख्तियारले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको थियो । सोडारीविरुद्ध एक करोड आठ लाख ३८ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो । अख्तियारले सोडारीकी पत्नी गीता र छोरा बबी सोडारीलाई पनि गैरकानुनी सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।

भ्रष्टाचार मुद्दा दायरसँगै सोडारी निलम्बनमा परेका छन् । पूर्वमुख्यमन्त्री सोडारी एकीकृत समाजवादीका नेता तथा २०७९ को प्रदेशसभामा कैलाली–४ (१) बाट निर्वाचित सांसद हुन् । अख्तियारले ७ माघ २०७४ देखि १० फागुन २०७९ को अवधिमा सोडारीका नाममा रहेको चलअचल सम्पत्तिमा अनुसन्धान गरेको थियो ।यो अवधिमा सोडारी तथा परिवारका नाममा एक करोड ९३ लाख ८९ हजार रुपैयाँ बराबरको सम्पत्ति भेटिएकामा ८५ लाख ५१ हजार रुपैयाँ मात्रै वैध आय पुष्टि भएको तर एक करोड आठ लाख ३८ हजार रुपैयाँको स्रोत नखुलेको रकमलाई नै बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 

यही ४ जेठमा अख्तियारले मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री विजयकुमार यादव, बागमती नगरपालिका सर्लाहीका निलम्बित नगरप्रमुख भरतकुमार थापाविरुद्ध फेरि अर्को भ्रष्टाचार मुद्दा दर्ता ग¥यो । ३० करोड रुपैयाँ गैरकानुनी अनुदान दिने र लिनेविरुद्ध अख्तियारले उनीहरूसहित आठ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्दामा बागमती नगरपालिकाकी निलम्बित उपप्रमुख लीलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेस प्रदेश अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेलसमेत छन् ।

यही १ जेठमा पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो । तीन अर्ब बढी सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी गरी भ्रष्टाचार गरेको उनीलगायतविरुद्ध आरोप छ । दायर मुद्दामा तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा उनीहरूले भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । उक्त मुद्दामा १५ जना नेपाली र एक विदेशी नागरिकसहित दुई कम्पनी गरी १८ प्रतिवादी बनाइएको छ ।

अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय अख्तियारको पछिल्लो सक्रियता सकारात्मक रहेको बताउँछन् । ‘अख्तियारले अहिले जे गरिरहेको छ, जसरी एक्सनमा गएको छ । यसले परिणाम दिन्छ । यो ठीक हो,’ उनले प्रभावसँग भने । उसो त संवैधानिक अंगहरूमा ओली प्रधानमन्त्री भएका बेला ३० मंसिर २०७७ मा नियुक्त भएका ५२ जनाको नियुक्ति बदर माग गर्दै दायर रिटको फैसला आउन लागेको छ । यस्तोमा प्रेमकुमार राई प्रमुख आयुक्त रहेको अख्तियारले एकपछि अर्को ठूला भ्रष्टाचार मुद्दालाई न्यायिक परीक्षणका लागि विशेष अदालतमा पुर्याइरहेको छ । उक्त रिटको सम्बन्धमा सर्वोच्चले आज निर्णय सुनाउँदै छ ।
 


प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP