Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • जिम्मेवार कांग्रेसको झुर ‘पर्फमेन्स’ 
जिम्मेवार कांग्रेसको झुर ‘पर्फमेन्स’ 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २६, २०८२

नेपाली कांग्रेस प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल हो । कांग्रेसले आफूलाई लोकतान्त्रिक दलको रुपमा आफूलाई उभ्याउँदै आएको छ । यसो त कांग्रेसले अरु दललाई पारदर्शीता, सुशासनको पाठ पनि पढाउने गर्छ । तर कांग्रेस आफैं भने यस्ता नैतिक शिक्षा कार्यान्वयन गर्न इच्छुक देखिँदैन । इँट्टाभट्टामा जिउँदै मानिसलाई जलाएको अभियोगमा जेल परेका व्यक्ति छुटाउन कांग्रेस सभापति शेरबहादुर देउवा आफैं लागिपर्छन् । अभियुक्त छुट्दा ठिकै भयो भनी अभिव्यक्ति दिन्छन् ।

यतिमात्र हैन अहिले कांग्रेसले एमालेसँग सत्ता सहकार्य गरिरहेको छ । आफ्नो दलको तर्फबाट अर्थमन्त्री हुँदा खुद्रे योजनामा पैसा हाल्न नहुने र ऋण पर्ने गरी काम गर्नै नहुने अडान लिने कांग्रेसले आफ्नै दलको भवन बनाउन भने सरकारी ढुकुटीबाट पैसा खन्याउने भएको छ । यी विषय जब आफ्नै भ्रातृ संगठनले विज्ञप्तिमार्फत बाहिर ल्यायो तब सर्वसाधारणले थाहा पाए । पाप धुरीबाट कराउँछ भनेझैं कांग्रेसको युवा संगठन तरुण दलले आफूले पाएको बजेट लुकाइराख्न सकेन । तरुण दलका अध्यक्ष विद्धान गुरुङले विज्ञप्ति नै निकालेर देउवा र सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई धन्यवाद दिएपछि कांग्रेसले दलको लागि सरकारी ढुकुटी चलाएको विषय छताछुल्ल भयो ।

कांग्रेसले यतिमै चित्त बुझाएको हैन रहेछ भन्ने कुरा दोलखा कांग्रेसका लागि बागमती प्रदेश सरकारले पारेको ठेक्काबाट प्रस्टियो । दोलखामा प्रदेशसभा सदस्य जितेका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले अहिले बागमती सरकारका अर्थमन्त्री छन् । उनले बागमती सरकारको चाबी आफ्नो हातमा भएको मौका पारी आफ्नो जिल्लाको पार्टी कार्यालयका लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरिदिए । यतिमात्र हैन यो भवन शिलान्यास गर्न आफ्नै गुटका नेता कृष्णप्रसाद सिटौलालाई दोलखा उतारे ।

Hardik health

सुशासन, पारदर्शीता र लोकतन्त्रको पाठ सिकाउने कांग्रेस आफैं भने दिनानुदिन सरकारी ढुकुटी रित्याउने र नैतिकरुपमा कमजोर बन्दै गएको छ । भिजिट भिसामा सेटिङ गरी वैदेशिक रोजगारीमा जानेहरुबाट लाखौं असुली गर्ने अध्यागमनका कर्मचारीको विषयमा अहिलेका गृहमन्त्री रमेश लेखकमाथि पनि प्रश्न उठेको छ । यही कारण केही दिनयता सदन अवरुद्ध छ । गृहमन्त्री लेखक कांग्रेस नेता हुन् । विपक्षीले गृहमन्त्रीको राजीनामा माग्दा कांग्रेसले यसलाई अनावश्यक ठान्दै आएको छ । जिम्मेवार दल कांग्रेसले झुर पर्फमेन्स गर्दै यसरी नै अघि बढ्दै जाने हो या जनताप्रति उत्तरदायी बन्दै जाने हो ?
 


प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस्
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस् मंगलबार, पुस २२, २०८२
अमेरिकाको दादागिरी खेदजनक
अमेरिकाको दादागिरी खेदजनक सोमबार, पुस २१, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP