बोगोटा- कोलम्बियाका दक्षिणपन्थी सिनेटर तथा सन् २०२६ का राष्ट्रपति पदका उम्मेदवार मिगुएल उराइब बोगोटामा चुनावी अभियानका क्रममा शनिबार गोली लागेर गम्भीर घाइते भएका छन्। हाल उनी गहन उपचार कक्षमा छन् ।
प्रहरीका अनुसार १५ वर्षीय किशोरीलाई गोली प्रहार गरेको आशंकामा पक्राउ गरिएको छ। आक्रमणपछि सरकारले यस घटनाको कडा निन्दा गर्दै लोकतन्त्रमाथिको हमला भनेको छ।
उराइब कोलम्बियाको प्रभावशाली राजनीतिक परिवारबाट हुनुहुन्छ। घटनाको अनुसन्धान जारी रहेको र सुराकी दिने व्यक्तिलाई इनाम दिने घोषणा गरिएको छ।