जनकपुरधाम- सशस्त्र प्रहरी बल (एफपी) को नेतृत्व संरचनामा एक दूरदृष्टि सम्पन्न र निडर कमाण्डरको रूपमा चिनिएका गणेश ठाडा मगर एआईजी (सशस्त्र प्रहरी बल अतिरिक्त महानिरीक्षक) पदमा बढुवा भएका छन्।सबै युनिटहरूलाई कार्यसम्पादन, अनुशासन, अपरेसन, तालिम तथा जनउत्तरदायित्वका सूचकमा देशकै उत्कृष्ट बनि डीआईजी ठाडा मगर एआईजी (सशस्त्र प्रहरी बल अतिरिक्त महानिरीक्षक) पदमा बढुवा भएका हुन्।
उनको यो बढुवाले व्यक्तिगत सफलताको संकेत दिनुका साथै सशस्त्र प्रहरी संगठनले निष्ठा, अनुशासन र कार्यदक्षताको कदर गरेको देखिएकाे छ । मधेशस्थित छिन्नमस्ता बाहिनी (२०७८) र बाग्मतीस्थित बाहिनी (२०८१) दुबै उनको नेतृत्वमा आन्तरिक निरीक्षणमा वरिष्ठ र अनुभवी अधिकृतहरूको नेतृत्वमा रहेका अन्य युनिटहरूलाई पछि पार्दै पहिलो घोषित भएका हुन् । उनको रणनीतिक क्षमता र प्रेरणादायी नेतृत्वलाई प्रमाणित गरेकाे दखिन्छ ।
ठाडा मगर भारत, चीन, इटाली तथा संयुक्त राष्ट्रसंघबाट विभिन्न रणनीतिक र मानवअधिकार तालिम लिएका छन्। उनी सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजको प्रमुखसमेत भइसकेका छन् । हालका प्रतिस्पर्धी अधिकृतहरूलाई समेत प्रशिक्षण दिइसकेका उनले ज्ञान, अनुभव र नेतृत्व क्षमतामा अब्बलता हासिल गरेका छन् ।
गणेश ठाडा मगरको बढुवा सशस्त्र प्रहरी संगठनभित्र प्रतिभा, निष्ठा र कार्यक्षमताको मूल्याङ्कन गरिएको उदाहरण हो। नेतृत्वले योग्यताको कदर गर्दै गरेको यो निर्णय संस्थाको भविष्यप्रति सकारात्मक सन्देश हो।