काठमाडौं– तामाङ सगरमाथा आरोही संघ नेपालले सन् २०२५ को वसन्त ऋतुमा सफल सगरमाथा आरोहण गरेका तामाङ समुदायका करिब दुई दर्जन आरोहीलाई सम्मान गरेको छ। संघले शनिबार काठमाडौँको क्याफे इपिकमा आयोजित विशेष कार्यक्रममा तामाङ समुदायबाट सगरमाथा आरोहण गरेका २१ जना आरोहीलाई सम्मान गरेको हो।
कार्यक्रममा लुम्बिनी विकास कोषका पर्यटन सल्लाहकार तिलक तामाङले सफल आरोहीहरूलाई बधाईसहित प्रमाणपत्र प्रदान गरे भने सङ्घकी अध्यक्ष शर्मिला स्याङ्तानले खादा ओढाइदिइन्।
संघले चतुर तामाङ, पेम्बा तामाङ, वीरबहादुर तामाङ, सोनाम तामाङ, जीवन तामाङ, शुभराज तामाङ, सुमन तामाङ, सन्तमान तामाङ, राजदीप तामाङ, सिद्धिबहादुर घिसिङ, धनसिं तामाङ, लङ्काराम तामाङ, मिङ्मार दोर्जे तामाङ, शुकबहादुर तामाङ, अशोक लामा, लाक्पा तामाङ, सन्दुक दोर्जे तामाङ, रमेश तामाङ, सिद्धिबहादुर तामाङ र बुद्धसिंह तामाङलाई सम्मान गरेको हो।
कार्यक्रममा पर्यटन सल्लाहकार तिलक तामाङले तामाङ समुदायको गौरव वृद्धि गर्ने यस्ता उपलब्धिहरूका लागि संस्थागत रूपमा निरन्तर समर्थन आवश्यक रहेको उल्लेख गरे। यस वर्षको वसन्त आरोहण सिजनमा ५७ देशका आरोही सहभागी बनेका थिए। पर्यटन विभागका अनुसार सगरमाथासहित २७ वटा हिमाल आरोहण गर्न १२७ समूहका एक हजार १६८ जनाले अनुमति लिएका थिए। तीमध्ये ३९५ जनाले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन्।
संघले तामाङ समुदायका हिमाल आरोहीको सम्मान गर्दै आएको छ। संघले समुदायको पहिचान र आरोहण संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याकउँदै आएको छ।