Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियाको लागि डी–२ र डी–४ भिसाको एनओसी स्थगित यथावत
कोरियाको लागि डी–२ र डी–४ भिसाको एनओसी स्थगित यथावत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २२, २०८२

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियाको लागि डी–२ र डी–४ भिसाको लागि अध्ययन अनुमति पत्र (एनओसी) स्थगित यथावत रहेको जनाएको छ । गत २८ वैशाखमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियाको लागि डी–२ र डी–४ भिसाको लागि अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने निर्णय गरेको थियो ।

यसका विरुद्ध केही विद्यार्थी सर्वोच्च अदालत गए । कोरियाबाट भर्नाको लागि प्रस्तावपत्र समेत आइसकेको र भर्नाको लागि बोलाएको बेला एनओसी रोकिएको भन्दै अदालत गएका थिए । रिट निवेदकको हकमा अदालतले एनओसी नरोक्न सरकारलाई १२ जेठमा आदेश दियो । यसमा विद्यार्थीहरुमा भ्रम सिर्जना भएको छ । कतिपयले सबैले एनओसी पाउने भ्रम फैलाइरहेको पाइएको छ । तर शिक्षा मन्त्रालयले सबैको हकमा एनओसी नखोलिएको बताएको छ ।

‘अदालतले निवेदकको हकमा भनेको हो । सबैको हकमा एनओसी खुलेको छैन । स्थगित यथावत छ,’ शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखा प्रमुख बैखुण्ठप्रसाद अर्यालले भने । अदालतको आदेश अनुसार निवेदकको हकमा भने एनओसी दिइएको मन्त्रालयले जनाएको छ । ‘अदालतको आदेश अनुसार ८ जनालाई एनओसी दिइरहेका छौंँ,’ एनओसी शाखाका प्रमुख उत्तम आचार्यले भने ।

Hardik health

विद्यार्थीहरू कोरियामा डी–२ र डी–४ भिसामा अन्डर ग्र्याजुयट अध्ययन गर्न जाने गरेका छन् । डी–४ भिसामा कोरिया गएका विद्यार्थी ६ महिना देखि १ वर्षसम्म भाषा अध्ययन गर्छन् । त्यसपछि डी–४ बाट डी–२ भिसाको लागि विद्यार्थीले अर्को विश्वविद्यालयमा आवेदन दिने गरेका छन् । तर, आवेदन दिँदा कोरिया सरकारले नै कालोसूचीमा राखेको विश्वविद्यालयमा आवेदन दिने गरेको पाइपछि सरकारले एनओसी स्थगित गरेको हो ।

डी–२ र डी–४ भिसामा कोरिया गएका विद्यार्थीहरूमा धेरै समस्या आएपछि अध्ययन अनुसन्धान गर्न एनओसी स्थगित गरिएको हो । हाल उच्च शिक्षा महाशाखा प्रमुख अर्यालको संयोजकत्त्वमा छानबिन र अध्ययन समिति बनाइएको छ । समितिले अध्ययन गरिरहेको जनाएको छ । 

समितिले छानबनि गरेर प्रतिवेदन तयार पारेपछि मात्र एनओसी खोल्ने वा के गर्ने निर्णय हुने मन्त्रालयले जनाएको छ । तर विद्यार्थी र कन्सल्टेन्सीहरूले भने एनओसी खोल्न दबाब दिइरहेका छन् । स्नातकोत्तर अध्ययनको लागि भने एनओसी रोकिएको छैन ।

 


प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
नगरप्रमुख भट्टराईद्वारा आमाको स्मृतिमा अक्षयकोष
नगरप्रमुख भट्टराईद्वारा आमाको स्मृतिमा अक्षयकोष सोमबार, कात्तिक १७, २०८२
शिक्षामन्त्री  पुनकाे नियमित कामकाज सिंहदरबारबाट सुरु हुने
शिक्षामन्त्री पुनकाे नियमित कामकाज सिंहदरबारबाट सुरु हुने आइतबार, कात्तिक १६, २०८२
उपकुलपतिका लागि आवेदन माग
उपकुलपतिका लागि आवेदन माग आइतबार, कात्तिक १६, २०८२
त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक
त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक बुधबार, कात्तिक १२, २०८२
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग आइतबार, कात्तिक २, २०८२
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन सोमबार, असोज २७, २०८२
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’ आइतबार, असोज २६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP