Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • लिङ्देन अनुपस्थित बैठक भाँडियो, थापा नबोली हिँडे
संकटमा राजावादी आन्दोलन  लिङ्देन अनुपस्थित बैठक भाँडियो, थापा नबोली हिँडे
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, जेठ २२, २०८२
  •  समीक्षा बैठकमा लिङ्देन नदेखिएपछि होहल्ला, बैठक प्रभावित
  • लिङ्देनलाई बैठकमा सहभागी युवाहरूले सोधे– संसद् कि आन्दोलन प्यारो ?
  •  कमल थापा र राजेन्द्र गुरुङले होहल्लाका कारण बोल्नै पाएनन्, संयोजक सुवेदीले विज्ञप्तिमार्फत सार्वजनिक गरे आगामी कार्यक्रम 

काठमाडौं– राजसंस्था फर्काउने भन्दै आन्दोलनमा जुटेका राजावादीहरुबीच असमझदारी चुलिँदै गएको देखिएको छ । संवैधानिक राजतन्त्र पुनस्र्थापना नगरिकन सडक आन्दोलनबाट नफर्किने भन्दै यही १५ जेठबाट आन्दोलन सुरु गरेका राजावादीहरूबीच भाँडभैलो सुरु भएको हो । बुधबार आयोजित समीक्षा बैठकमा भाँडभैलो मच्चिएको हो ।

आन्दोलनको मूल शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले त संयुक्त जनआन्दोलन समितिलाई नै बहिष्कार गर्न थालेका छन् । उनी बुधबार राजसंस्था पुनस्र्थापनाका लागि भन्दै गठित समितिले सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बोलाएको समीक्षा बैठकमा गएनन् । उनले आइतबार काठमाडौंको नारायणचौरमा राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताको पक्राउपछि समितिले आह्वान गरेको बन्दलाई अस्वीकार गरेका थिए । त्यसपछि उनले बुधबारको समीक्षा बैठक नै बहिष्कार गरेका हुन् । 

राप्रपा नेपालका एक नेताका अनुसार समिति संयोजक नवराज सुवेदीले लिङ्देन, राप्रपा नेपालका अध्यक्ष थापा र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टलगायत नेतासँगको समन्वयमा नै बैठकमा बोलाएका थिए । तर, संसद् बैठक भन्दै लिङ्देन अनुपस्थित भए । पार्टी उपाध्यक्षसमेत रहेका सांसद विक्रम पाण्डे भने बैठकमा सहभागी भएका थिए । 

लिङ्देन बैठकमा नदेखिएपछि समीक्षा बैठकमा युवाहरूले होहल्ला मात्रै गरेनन् बैठक नै भाँडिदिए । राप्रपा नेपालका अध्यक्ष थापाले होहल्लाका कारण बैठकलाई सम्बोधन गर्न पाएनन् । उनी सम्बोधन नगरी बैठकबाट बाहिरिए । तर, होहल्ला रोकिएन । राप्रपाका कार्यसम्पादन समिति सदस्य जनकराज पाठकका अनुसार यही १५ जेठदेखि गर्दै आएको आन्दोलनबारे समीक्षा गर्न र दोस्रो चरणको आन्दोलनको रुपरेखा तयार पार्नेबारे छलफलका लागि बैठक बोलाइएको थियो । तर बैठक सञ्चालन नहुँदै होहल्लाले भाँडियो । 

Hardik health

‘बैठकमा हाम्रो अध्यक्ष जानुभएन । हलबाट खोइ राजेन्द्र लिङ्देन ? भनेर खोजी भयो,’ उनले प्रभावसँग भने, ‘नदेखिएपछि होहल्ला नियन्त्रणबाहिर गयो । राप्रपा नेपालका अध्यक्ष कमल थापा सम्बोधन नै नगरी बाहिरिनुभयो । संयोजकज्यूले बैठक स्थगन गर्नुभयो ।’
बैठकमा युवाहरूले लिङ्देनलक्षित प्रश्न सोधेका थिए– आन्दोलन कि संसद् प्यारो ? सांसद नै रहेका उपाध्यक्ष पाण्डे बैठकमा आउन सक्ने तर लिङ्देन किन नसक्ने ? लिङ्देनले भने बैठकमा महामन्त्री राजेन्द्र गुरुङलाई पठाएका थिए । लिङ्देनको खोजी गर्दै युवाहरूले होहल्ला गरेपछि गुरुङले बोल्न चाहेका थिए । युवाहरूले उनलाई सुन्न चाहेनन् । त्यसपछि गुरुङले बोलेनन् । 

लिङ्देनकै अनुपस्थितिलाई लिएर युवाहरू आक्रोशित भएका हुन्, जसले समीक्षा बैठक भाँडियो । बैठकमा राजसंस्थापक्षधर दल, अभियान र समूह गरी ४५ घटकका प्रतिनिधिहरूको सहभागिता थियो । यही १५ जेठदेखि राजावादी आन्दोलनमा काठमाडौं उपत्यकाबाहिरदेखि आएकाहरू पनि बैठकमा थिए । उनीहरूले पनि लिङ्देनको खोजी गरेका थिए ।

समिति संयोजक सुवेदीले बैठक भाँडिएपछि प्रेस विज्ञप्तिमार्फत समितिले आगामी दिनमा गर्ने केही कार्यहरू सार्वजनिक गरेका छन् । उनका अनुसार काठमाडौं उपत्यकाको विभिन्न पालिकामा विरोध प्रदर्शन जारी राख्ने, काठमाडौंको अतिरिक्त देशको प्रमुख सहरहरूमा विरोध, धर्ना र सभा गर्नेसँगै आन्दोलनलाई अझ सशक्त, प्रभावकारी र उपलब्धिमूलक बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गरिने छ । यसबाहेक देशको विभिन्न जिल्लामा प्रतिबद्ध र जुझारु युवा कार्यकर्ताको समूह तयार गर्ने र यसपछि आन्दोलनलाई पुनः काठमाडौं केन्द्रित गर्ने भनिएको छ । 

तर, राजावादी आन्दोलन असंगठित हुनेतर्फ उन्मुख देखिएको छ । राजावादीमध्ये सबैभन्दा ठूलो जनमतधारी दल राप्रपाका अध्यक्ष लिङ्देन संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यका पुनस्र्थापनाका लागि सुवेदीकै नेतृत्वमा अघि नबढ्ने देखिएका छन् । जबकि, सुवेदी नेतृत्वको समितिले भने काठमाडौंका स्थानीयवासीले राजा फर्काउने आन्दोलनलाई सहयोग नगरेपछि उपत्यकाबाहिरबाट प्रदर्शनकारीहरूलाई ल्याएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारलाई नेपालमा राजसंस्था र हिन्दू अधिराज्य पुनस्र्थापनाका लागि सहयोग र समर्थन गर्न गुहार मागेका छन् । यति हुँदाहुँदै आन्दोलनकारी शक्तिहरूबीच नै फुट देखिएको हो । 

पछिल्लोपटक राजावादी शक्तिहरूलाई एक ठाउँमा ल्याउन पूर्वराजा ज्ञानेन्द्र शाहले भूमिका निर्वाह गरेका थिए । उनले नयाँ वर्षको अवसर पारेर गत वैशाखको ४ गते आयोजना गरेको ‘लञ्च मिटिङ’ले लिङ्देन, सुवेदी, थापा र विष्टलाई एक ठाउँमा ल्याएको थियो । तर, दुई महिना पनि पूरापूर आन्दोलनमा सँगै भएनन् । 
 


प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP