पाकिस्तान - पाकिस्तानको कराँचीस्थित मालिर जेलबाट भूकम्पको झट्का पछि बाहिर निकालिएका २१६ कैदीमध्ये १३० अझै फरार छन्। सुरक्षा अधिकारीका अनुसार, ७८ जनालाई फेरी पक्राउ गरिएको छ।
कैदीहरू बाहिरिएपछि केहीले सुरक्षागार्डमाथि आक्रमण गरी हतियार खोसेर भागेका थिए। घटनामा एक कैदी मारिएका छन् भने तीन सुरक्षाकर्मी घाइते भएका छन्।
सिन्ध प्रान्तका गृह मन्त्रीले यो पाकिस्तानकै एक ठूलो जेलब्रेक भएको बताएका छन्। अहिले बाँकी फरार कैदी खोज्न प्रहरीको छापा जारी छ।