Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • व्यवसायीसामु झुक्दै संघीयताको भद्द मजाक
व्यवसायीसामु झुक्दै संघीयताको भद्द मजाक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २१, २०८२

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’सम्बन्धी नियमावली ल्याएपछि सार्वजनिक यातायात व्यवसायी आन्दोलित बन्यो । पहिले गण्डकीभर आन्दोलनमा उत्रिएको व्यवसायी गण्डकी सरकारले नटेरेको भन्दै देशभर आन्दोलनमा उत्रियो । संघीयतामा प्रदेशले आफू अनुकूल कानुन बनाउन पाउने संवैधानिक व्यवस्था छ । हरेक देशमा यस्तो अभ्यास छ । सोहीअनुसार गण्डकीले राइड सेयरिङसम्बन्धी नियमावली ल्याएको हो । यातायात व्यवसायीका मनोमानी, सिण्डिकेट र राइड सेयरिङ एपले पनि चर्को शुल्क असुल्न थालेपछि गण्डकीले नियमावली नै बनाएर व्यवस्थित बनाउन खोजेको थियो ।

तर संघ सरकारले नै कानुन नबनाएको अवस्थामा गण्डकी अघि बढेको भन्दै व्यवसायीले आन्दोलन गरेर अन्ततः सरकारलाई घुँडा टेकायो । व्यवसायीको एक दिनको आन्दोलन धान्न नसकेको संघ सरकारले गण्डकी सरकारलाई तत्कालका लागि नियमावली स्थगित गर्न निर्देशन दियो । अहिले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको शक्तिशाली सरकार छ संघमा । प्रदेशमा पनि यस्तै तालमेलको सरकार छ । यसरी शक्तिशाली सरकारले आफैंले ल्याएको संघीय व्यवस्थामाथि मजाक गरेको देखिन्छ ।

यतिमात्र हैन संघीय सरकारले खटाएको प्रशासकीय अधिकृतले काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गरेका छन् । खासमा काठमाडौं महानगरका मेयर बालेन्द्र साहको कार्यशैलीमाथि प्रश्न गर्न सकिएला । तर महानगरको प्रहरी प्रमुख हटाउने वा राख्ने अधिकार यहाँको सरकारलाई हुनुपर्ने हो । तर गण्डकी सरकारमाथि संघीय सरकारले धावा बोलिरहेकै दिन संघीय सरकारबाट खटाएको प्रशासकीय अधिकृतले स्थानीय सरकारको अधिकार खोसेको देखिन्छ ।

Hardik health

स्थानीय सरकारको कल्पना संघीयताका लागि हो । यसको मुख्य ध्येय हो अधिकारको प्रत्यायोजन । विकासको विकेन्द्रीकरण । तर देशमा संघीयता आइसकेपछि पनि प्रदेश सरकार र स्थानीय सरकारको सम्पूर्ण शक्ति भने संघीय सरकारकै मुठीमा रहेछ भनेर यी दुई घटनाले पुष्टि गरेको छ । अहिले व्यवस्थामाथि चौतर्फी प्रश्न उठिरहेको छ । राजावादीहरु राजसंस्थाको मागसहित सडकमा छन् । धर्मनिरपेक्षता विरोधीहरुको उस्तै विरोध छ । 

यही मेसोमा आफूहरुलाई संघीयताको रक्षक ठान्ने शीर्ष दलका नेताहरु मञ्चमा ‘संघीयता जोगाउने दल हामी नै हौं’ भनेर कुर्लिरहेकै छन् । तर उनै नेताहरु संघीयताको हुर्मत यसरी नै लिइरहेका छन् । प्रदेशको निर्णयमाथि नियन्त्रण, स्थानीय तहको अधिकारमाथि नियन्त्रण गरेर संघीयता फस्टाउन सक्दैन । यसैले संघीय गणतन्त्र जोगाउने हो भने यसको पक्षधरले यस्तो भद्द मजाक गर्न आजैबाट छाडून् ।
 


प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP