Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
विश्व
  • Home
  • विश्व
  • विद्युतीय युगमा छिर्दै नर्वे : पाँच महिनामा ९२ प्रतिशत गाडी विद्युतीय
विद्युतीय युगमा छिर्दै नर्वे : पाँच महिनामा ९२ प्रतिशत गाडी विद्युतीय
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २०, २०८२

ओस्लो-युरोपका अधिकांश देशहरूमा टेस्ला गाडीको बिक्रीमा गिरावट देखिएको बेला नर्वेमा भने यसको माग फेरि बढेको देखिएको छ । सोमबार सार्वजनिक भएको उद्योगसम्बन्धी तथ्याङ्कले यसबारे जानकारी दिएको हो ।

नर्वेली उपभोक्ताहरू टेस्लाप्रति पुनः आकर्षित भएका छन्, जसको मुख्य कारण कम्पनीले शून्य ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउनु र नयाँ मोडेल ‘वाई’ बजारमा ल्याउनु रहेको बताइएको छ । यो मोडेल पछिल्ला तीन महिनादेखि नर्वेमा सबैभन्दा धेरै बिक्री भएको गाडी बनेको छ ।

नर्वे विद्युतीय सवारी साधनको प्रयोगमा विश्वमै अगाडि रहेको देश हो । नर्वेली सडक महासङ्घ (ओएफभी) का अनुसार, मे महिनामा नर्वेमा दर्ता भएका नयाँ गाडीमध्ये ९३ दशमलव ९ प्रतिशत विद्युतीय थिए । यस वर्षको पहिलो पाँच महिनामा यो अनुपात ९२ दशमलव ७ प्रतिशत रहेको छ ।मे महिनामा टेस्लाले नर्वेमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनीको उपाधि पुनः प्राप्त गरेको छ । सो महिनामा टेस्लाको बिक्री तीन गुणाले बढेर कुल नयाँ गाडीको १८ दशमलव २ प्रतिशत पुगेको हो ।

Hardik health

यद्यपि, वर्षको पहिलो पाँच महिनामा टेस्लाको कुल बिक्री ८ दशमलव ३ प्रतिशत मात्र बढेको छ, जुन समग्र गाडी बजारको ३० दशमलव ६ प्रतिशत वृद्धिको तुलनामा कम हो । सो अवधिमा टेस्लाको बजार हिस्सा १२ दशमलव ९ प्रतिशत रहेको छ, जसले यसलाई जर्मन कम्पनी भोल्क्सवागनपछि दोस्रो स्थानमा राखेको छ ।

युरोपेली सङ्घभित्र भने अप्रिल महिनामा टेस्लाको बिक्री आधा घटेको थियो । त्यहाँ टेस्लाको बजार हिस्सा घटेर एक दशमलव एक प्रतिशतमा झरेको देखिन्छ । यसको कारण चिनियाँ गाडी कम्पनीहरूको तीव्र प्रतिस्पर्धा र केही उपभोक्ताहरूले कम्पनीका मालिक इलन मस्कको राजनीतिक विचार तथा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धप्रति असन्तुष्टि देखाउनु हो भनिएको छ । ओएफभीका निर्देशक ओइभिन्ड सोलबर्ग थोर्सेनले भने ,“नर्वेमा टेस्लाको बिक्री अवस्थाले अन्य युरोपेली मुलुकहरूको तुलनामा फरक र विशेष स्थिति देखाउँछ, जहाँ यसको माग घट्दो क्रममा छ ।”

प्रयोग गरिएको गाडी व्यवसायमा आवद्ध विश्लेषक जोनाथन पारले टेलिभिजन च्यानल दुईसँग भने,“ नर्वेली उपभोक्ताका लागि मूल्य सबैभन्दा महत्वपूर्ण कुरा हो ।” “धेरै नर्वेलीहरू इलन मस्कलाई मन नपराए पनि टेस्ला चढ्न कुनै हिचकिचाहट मान्दैन ।” यद्यपि, केही नर्वेली सञ्चारमाध्यमहरूले पछिल्ला महिनाहरूमा केही टेस्ला प्रयोगकर्ताहरूले आफ्नो गाडी बेच्न थालेको र भविष्यमा टेस्ला नकिन्ने निर्णय लिएको समाचार प्रकाशित गरेका छन् ।


प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १०:०८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु मंगलबार, कात्तिक १८, २०८२
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि मंगलबार, कात्तिक १८, २०८२
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन मंगलबार, कात्तिक १८, २०८२
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता
चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता मंगलबार, कात्तिक १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP