Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • यातायात व्यवसायीको उल्टो बुद्धि
यातायात व्यवसायीको उल्टो बुद्धि
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १९, २०८२

विश्व अहिले प्रविधिमैत्री बन्दै गएको छ । जसका कारण उपभोक्ता सचेत बन्दै गएका छन् । कुनै पनि सामानको उपभोग्य मूल्य कति हो सहजै गुगल गरेर थाहा पाउँछन् । अझ व्यवसायी पनि यति पारदर्शी बन्दै गएका छन् कि सेवाग्राहीलाई आफूतिर तान्न सक्दो सस्तो सेवा प्रदान गर्न तयार हुँदै छन् ।

यसरी नै अहिले विभिन्न अनलाइन प्लेटफर्म भित्रिँदै छ नेपालमा । विकसित देशले धेरै अघि स्वीकार गरिसकेको यस्तो प्लेटफर्म नेपालीलाई भने अझै स्वीकार्न मुस्किल भइरहेको छ । निश्चित क्षेत्रमा आफ्नै मनोमानी, सिण्डिकेट कायम राखिरहेका परम्परागत व्यवसायी र व्यापारी नयाँ व्यापारी र व्यवसायीलाई डिम्कन दिँदैनन् । कुनै समय यस्तो थियो अरनिको यातायातको सवारीसाधन सञ्चालन हुने स्थानमा माइक्रो बस व्यवसायी पस्नै पाउँदैनथे । माइक्रो बस चलाउँदा भिरबाट गुल्टाइदिन्थे । नियमित चल्ने बसभन्दा छिटो गन्तव्यमा पु¥याउनेगरी सुरू गरिएको यस्ता माइक्रो अरनिको यातायातको शत्रु किन बन्यो ? कारण एउटै थियो, उसको बेथिति, कमजोरी र ठगी उपभोक्ताले थाहा पाउँदै गए ।

अहिले गण्डकी सरकारले सर्वसाधारण यात्रीलाई सजिलो हुनेगरी राइड सेयरिङसम्बन्धी नियमावली ल्यायो । पर्यटकीय क्षेत्र पोखराका लागि यो निकै सुखद् विषय थियो । लग्जरी, भरपर्दो र सहज सवारीले पर्यटकमा सही सन्देश पनि जान्छ । अझ राइड सेयरिङ एपले पर्यटकलाई सुलभ मूल्यमा सेवा पनि दिन्छ । यद्यपि, राइड सेयरिङ एप भएका सवारीबाहकले पनि बदमासी भने नगरेका हैनन् ।

Hardik health

उनीहरु ‘अफलाइन’मा बस्ने, बार्गेनिङ गरी चर्को भाडा असुल्न पनि पछि पर्दैनन् । सार्वजनिक यातायात नपुग्ने ठाउँमा राइड सेयरिङ एप प्रयोगकर्ताले यस्तो बदमासी गर्छन् । यस्तो अवस्थामा पर्यटक होस् या सर्वसाधारण सार्वजनिक यातायात नै प्रयोग गर्छन् । तर सार्वजनिक यातायात व्यवसायीले आफूले निर्धारण गरेको रुटबाटै यात्रु हिँड्नपर्ने, आफूले तोकेको शुल्क नै तिनुपर्ने शैलीमा अहिले जुन किसिमको विरोध गरिरहेको छ यो विल्कुलै समयानुकूल छैन ।

स्वतन्त्र बजारमा जोसुकैले व्यवसाय गर्न पाउँछ । रातो नम्बर प्लेटको सवारीसाधनलाई राइड सेयरिङको अधिकार दिनुअघि पनि रिजर्भमा यात्रु बोक्ने र व्यवसाय गर्दै आएको सबैलाई जगजाहेरै छ । बरु यसखाले अधिकार र अनुमतिले रातो प्लेट पनि राजस्वको दायरामा आउने छ र सार्वजनिक यातायात व्यवसायीसँग स्वच्छ प्रतिस्पर्धा हुने छ । त्यसैले यातायात व्यवसायीले प्रविधि र स्वच्छ प्रतिस्पर्धा स्वीकार्दै आन्दोलन फिर्ता लिनु जायज हुन्छ । सर्वसाधारणलाई दुःख दिएर यही माग राख्दै आन्दोलनमा उत्रनु उल्टो बुद्धि सिवाय अरू केही हुन्न । 
 


प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP