Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • बजेट कार्यान्वयनमा परम्परागत शैलीलाई तोडौं 
बजेट कार्यान्वयनमा परम्परागत शैलीलाई तोडौं 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १८, २०८२

दुईतिहाइको सरकार । अझ संसद्को सबैभन्दा दुई ठूला दलको गठबन्धन । यति बलियो सरकारले ल्याउने बजेट मुलुकको अर्थतन्त्रलाई वर्तमान संक्रमणबाट बाहिर ल्याउन ‘ब्रेकथ्रु’ गर्ने खालको आउनुपर्ने थियो । तर, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट परम्परागतभन्दा फरक आउन सकेन ।

दलीय दबाबका कार्यक्रम समेट्नै पर्ने बाध्यतामा परेर बजेटको आकार हालसम्मकै ठूलो १९ खर्ब ६४ अर्ब ११ करोड बनाएका छन् । यो कार्यान्वयन हुनसक्ने अवश्य होइन । किनभने, राजस्वको लक्ष्य महत्वाकांक्षी राखिएको छ । घट्दै गएको वैदेशिक अनुदानको लक्ष्य बढाइएको छ । बजेटको स्रोत ऋणमा आश्रित छ ।

राजस्व र वैदेशिक अनुदानबाट अपुग हुने पाँच खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ ऋणबाट जुटाउने बजेटको लक्ष्य छ । त्यसैले यो बजेट कार्यान्वयन निकै चुनौतीपूर्ण रहेको प्रस्ट हुन्छ । हालसम्मको बजेट कार्यान्वयनको प्रवृत्तिले पनि त्यही बताउँछ । सरकारले एक आर्थिक वर्षभित्र गर्ने खर्च र उक्त खर्चका लागि आवश्यक स्रोतको अनुमान नै बजेट हो । सामान्य भाषामा भन्दा बजेट सरकारको आय र व्ययको वार्षिक अनुमान हो । आम्दानीको तुलनामा खर्च बढी हुन्छ भने त्यो घाटा बजेट हुन्छ । अहिले सरकारले ल्याएको बजेट यस्तै घाटा बजेट हो ।

Hardik health

यद्यपि, यसअघि देखि नै घाटा बजेटले निरन्तरता पाउँदै आएको छ । अर्थमन्त्री पौडेलले यथार्थपरक बजेट ल्याइएको दाबी गरेका छन् । उनले लोकरिझ्याइँ र लोकप्रियतालाई भन्दा अर्थतन्त्रलाई चलयमान बनाउन बजेट केन्द्रित रहेको बताएका छन् । उनले भनेजस्तै बजेटमा लोकरिझ्याइँ र लोकप्रियताका कार्यक्रम त्यति धेरै भेटिँदैन । तर, मुलुकको अर्थतन्त्रलाई रुपान्तरण गर्ने कार्यक्रम पनि देखिँदैन ।

यो बजेटले निजी क्षेत्रको मन जित्न सफल भएको छ । निजी क्षेत्रले खुलेरै स्वागत गरेका छन् । निजी क्षेत्रका अधिकांश माग अर्थमन्त्रीले सम्बोधन गरिदिएपछि खुसी भएका हुन् । बजेटमा पुँजीगत खर्चको हिस्सा बढाइएको छ, जुन राम्रो भए पनि पर्याप्त होइन । उद्यमशीलता विकास, रोजगारी सिर्जनालगायतका कार्यक्रम समेटिएका छन् । बजेटमा जे जति कार्यक्रम समेटिए ती प्रभावकारी कार्यान्वयन भए अवश्य केही परिवर्तनको अनुभूति गर्न सकिन्छ । तर, सरकारको कार्यान्वयन क्षमता कमजोर रहँदै आएको छ । पछिल्ला वर्षहरुमा सरकार नै अस्थिर बन्दा बजेट कार्यान्वयनको पक्ष निराशाजनक बन्दै आएको थियो । वर्तमान दुई दलको गठबन्धन कति लामो समयसम्म जान्छ भन्ने अनिश्चित छ । आशा गरौं यही सरकारले बजेट कार्यान्वयन गर्ने छ र कार्यान्वयनको पाटो प्रभावकारी बनाउने छ । बजेट कार्यान्वयनमा परम्परागत शैलीलाई तोड्नै पर्छ ।
 


प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
गाउँको सिंहदरबारमा बेथिति
गाउँको सिंहदरबारमा बेथिति आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP