Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाऊ
विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १६, २०८२

जलवायु परिवर्तनको प्रभाव भोगिरहेको नेपालले बर्सेनि ठूला विपद्को सामना गर्नुपरेको छ । गत वर्ष भारी वर्षापछिको बाढीका कारण राजधानी तथा काभ्रे, सिन्धुलीलगायतका जिल्लामा ठूलो क्षति बेहोर्नुप¥यो । सोलुखुम्बुलगायत हिमाली जिल्लाहरुमा पनि त्यस्तै विपद्को सामना गर्नुप¥यो । यो वर्ष झन् धेरै विपद्को सामना गर्नुपर्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा गत वर्षभन्दा धेरै वर्षा हुने पूर्वानुमान गरेको हो । 

विभागका अनुसार यही जेठ १८ गतेबाट मनसुन सुरु हुँदै छ । उक्त मनसुन अवधि असोज १४ सम्म कायम रहने छ । गण्डकी तथा लुुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने विभागको भनाइ छ । हालै प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा विभाग पुगेर जानकारी लिएका थिए । यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान/सूचना प्रवाह र यसलाई थप प्रभावकारी बनाइ जनधनको क्षति कसरी रोक्न सकिन्छ भन्नेबारेमा उनले चासो लिएको बताइएको छ ।

आगामी मनसुनको जोखिमबारे प्रधानमन्त्रीले चासो लिनु सकारात्मक कुरा हो । गत वर्ष राजधानीसहति काभ्रेपलाञ्चोकको विपद् हुँदा उनी विदेश भ्रमणमा थिए । त्यतिखेर सरकारको विपद्पछिको उद्धार कार्य कति कमजोर छ भन्ने उदांगो भएको थियो । राजधानीमै घण्टौंसम्म उद्धारको पर्खाइमा टहरामाथि बसेका नागरिकलाई बचाउन नसकेको घटनाले सरकारको कमजोरी प्रस्ट्याएको हो । त्यतिखेर गृहमन्त्री रमेश लेखक निरीह देखिएका थिए । त्यही कुरा बुझेर होला, प्रधानमन्त्रीले आगामी मनसुनबारे चासो लिएको ।

Hardik health

विपद् कुनबेला आउँछ, थाहा हुँदैन । तर, सरकारलाई विपद् जोखिमको बारेमा जानकारी नभएको हुँदै होइन । विपद् जोखिमबारे जानकार भएर पनि पूर्वतयारी प्रभावकारी बनाउन सकेको छैन । उसो त विपद् जोखिम न्यूनीकरणका नाममा विभिन्न कार्यक्रम, गोष्ठी गरिन्छ । प्रधानमन्त्री, मन्त्रीलगायतले भाषणमा राम्रै कुरा गर्छन् । तर जब विपद् आउँछ, त्यो बेला फेरि कमजोरी दोहोर्याउँछ । आगामी मनसुन मुलुकका लागि झन् जोखिमपूर्ण हुने पूर्वानुमान सार्वजनिक भइसकेको छ । लाखौं मानिस प्रभावित हुने आकलन सरकारकै निकायले सार्वजनिक गरिसकेको छ । अब सरकारले यसलाई सामान्यरुपमा लिने गल्ती नगरोस् । जोखिम न्यूनीकरण गर्न तत्काल प्रभावकारी कदम चालोस्, अनिमात्र प्रधानमन्त्रीको अनुगमन र निर्देशन अर्थपूर्ण हुने छ ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP