Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • प्रधानमन्त्रीबाटै हिंसाको आह्वान ! 
प्रधानमन्त्रीबाटै हिंसाको आह्वान ! 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १३, २०८२

नेपाललाई कोही बंगलादेशजस्तो भएको हेर्न चाहिरहेका छन् भने कोही श्रीलंकामा जस्तो । कोही पाकिस्तानजस्तो त कोही अफगानिस्तानजस्तो । उल्लेख गरिएका देशहरुमा अघिल्ला केही वर्षहरुमा राजनीतिले उग्र रुप लियो । बंगलादेशबाट प्रधानमन्त्री शेख हसिना भाग्नुप¥यो, श्रीलंकामा त्यस्तै राजनीतिक उथलपुथल भयो । पाकिस्तानमा राजनीतिक प्रतिशोध साँध्दै एकपछि अर्का नेताहरु जेल परे । अफगानिस्तान उजाड बन्यो ।

जेठ १५ नजिकिँदै छ । बजेट आउने दिन । यही दिन राजसंस्थाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ । यो दिन गणतन्त्र दिवस पनि हो । राप्रपाले राजसंस्थाको माग गर्दै प्रदर्शन गर्न लागेपछि सत्ताधारी दल नेकपा एमालेले पनि यही दिन सडकमा आफ्नो शक्ति प्रदर्शन गर्न लागेको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको तुजुक देखाउँदै काठमाडौंको सडकमा गणतन्त्र दिवसको दिन आफ्नो नियन्त्रणमा लिन उनका नेता कार्यकर्तालाई निर्देशन दिइसकेका छन् । दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौं जसरी भए पनि नेकपा एमालेको नियन्त्रण हुनुपर्ने निर्देशन ओलीको छ । के गणतन्त्रमा सडक एमाले र सत्ताको एकलौटी हुन्छ ? 

यता राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रवादी नेताहरुलाई भाग्न हेलिकप्टर प्रयोग गर्न दिइने बताइसकेका छन् । यसरी दुवै नेताले हिंसा भड्काउने अभिव्यक्ति दिइरहँदा चैत १५ गतेको तीनकुने घटनालाई सम्झनुपर्छ । उक्त दिन राजावादीको आन्दोलनलाई निस्तेज पार्न भन्दै समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन गरेको थियो । दुईतिर प्रदर्शन भएपछि मुठभेट हुनसक्छ । यसैको पूर्वतयारीमा दुईतिर छरिँदा तीनकुने घटना सुरक्षा निकायले संहाल्न सकेन । जसका कारण पार्टी कार्यालयदेखि व्यापारिक कार्यालयसमेत तोडफोड हुन पुग्यो । यो घटनामा दुई जनाको ज्यान गयो । यसरी मुठभेट निम्त्याउनेगरी देशकै प्रधानमन्त्री बोल्नु निकै अशोभनीय छ ।

Hardik health

हुन त जतिबेला आफू कमजोर महसुस गर्छन्, ओली सडकमा शक्ति प्रदर्शनमा आउँछन् । गठबन्धनको सरकारमा कांग्रेसको चेपुवामा परेको ओलीले यसअघि पनि सडकमा शक्ति देखाइसकेका छन् । सत्तासहयात्री कांग्रेस यस विषयमा मौन सुनिन्छ । गृहमन्त्री रमेश लेखक कांग्रेसका हुन् । उनीमाथि अहिले नैतिकताको प्रश्न उठेको छ । चैत १५ गते पनि लेखकको कार्यक्षमतामाथि प्रश्न उठेको थियो । जनआक्रोश बढिरहेको बेला प्रधानमन्त्री नै हिंसाको आह्वानमा उत्रिनु आपत्तिजनक छ । प्रधानमन्त्री ओली, कि त सत्तामै जनताको सेवा गर्दै बस्नुपर्छ, मुठभेटमै उत्रने हो भने सरकार छाड्नुको विकल्प छैन । होइन भने जिम्मेवार पदमा बसेर जथाभावी अभिव्यक्ति दिन मिल्दैन ।
 


प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP