Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै बेनीका विद्यालय
विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै बेनीका विद्यालय
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १३, २०८२


राष्ट्रिय समाचार समिति (रासस)
म्याग्दी, १३ जेठ : बेनी नगरपालिकाले “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालेको छ । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रम सञ्चालन भएको हो । विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख सुरत केसीले जानकारी दिनुभयो ।

“माध्यमिक तहको शिक्षा हासिल गरेका विद्यार्थीले आफ्नो रुचिअनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्न सक्ने बनाउने उद्देश्यले सीपमूलक तालिम सञ्चालन भएको छ”, उहाँले भन्नुभयो, “दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सृजना, स्वरोजगार बन्ने सहयोग पुग्ने छ ।”

बेनी नगरपालिकाका १६  विद्यालयलाई आर्थिक वर्ष २०८१÷८२ मा हामी सक्छौँ, हामी गर्छौँ कार्यक्रमका लागि रु एक–एक लाखका दरले रु १६ लाख बजेट विनियोजन गरेको छ । बाह्रवटा विद्यालयले कार्यक्रम कार्यान्वयनका लागि सम्झौता गरिसकेका र चारवटा सम्झौताको चरणमा रहेका बेनी नगरपालिकाको शिक्षा अधिकृत कमल ढकालले जानकारी दिनुभयो ।

Hardik health

पात्लेखेतको दीपक माविले च्याउखेती सुरु र अर्थुङ्गेको जामुनाखर्क माविले आधारभूत सौन्दर्यकला तालिम सञ्चालन गरेको छ । बेनीको बालमन्दिर माविले पलम्बिङ, नेप्टेचौरको राष्ट्रिय माविले कपाल काट्ने, भकुण्डेको अर्जुन माविले भित्तेलेखन, अर्जमको रामचन्द्र माविले हाउस वायरिङ, भकिम्लीको जयन्ती माविले अकबरे खुर्सानी र तरकारी, भिरमुनिको पौलत्स्य माविले हाते ट्रयाक्टर मर्मत, पुलाचौरको जनकल्याण माविले बाँसका सामान बनाउने तालिम सञ्चालन गर्न सम्झौता गरेका छन् ।

बेनी सामुदायिक माविले शैलुन, प्रकाश माविले हाउस वायरिङ, तोरीपानीको गलेश्वर माविले प्राविधिक धारका विद्यार्थीलाई फिल्ड सर्वेक्षणसम्बन्धी सीप सिकाउन कार्यक्रम सम्झौता गरेको छ । गलेश्वरको जडभरत संस्कृत, सिङ्गाको धवलागिरि, तातोपानीको सरस्वती र रत्नेचौरको भानु माविले कार्यक्रम प्रस्ताव पेस गरेका छैनन् ।

आव २०७९÷८० मा १० विद्यालयमा सञ्चालन भएको कार्यक्रम प्रभावकारी भएपछि २०८०÷८१ र २०८१÷८२ देखि नगरपालिकामा रहेका १६ वटै माध्यमिक विद्यालयमा सञ्चालन गरिएको हो । बिहान–बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ । बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब एक हजार विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ ।
–––


प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि बुधबार, असोज १, २०८२
त्रिविको पठनपाठन छठपर्वपछि मात्रै
त्रिविको पठनपाठन छठपर्वपछि मात्रै बिहीबार, भदौ २६, २०८२
त्रिविमा ३०० उपप्राध्यापक पदमा दरखास्त आह्वान
त्रिविमा ३०० उपप्राध्यापक पदमा दरखास्त आह्वान सोमबार, भदौ २३, २०८२
पहिरोले भवन बगाएपछि विद्यालय स्थानान्तरण
पहिरोले भवन बगाएपछि विद्यालय स्थानान्तरण बिहीबार, भदौ १९, २०८२
पहिरोले सडक अवरुद्ध हुँदा विद्यालय बन्द
पहिरोले सडक अवरुद्ध हुँदा विद्यालय बन्द बुधबार, भदौ १८, २०८२
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न मंगलबार, भदौ १७, २०८२
लोपहुने अवस्थामा भोजपुरका पुस्तकालय
लोपहुने अवस्थामा भोजपुरका पुस्तकालय आइतबार, भदौ १५, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP