Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #ट्रक_यातायात
  • #किम_जु
  • #किम_जोङ_उन
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
विश्व
  • Home
  • विश्व
  • कूटनीतिक सम्बन्ध सुधार गर्न भारत–क्यानाडा सहमत
कूटनीतिक सम्बन्ध सुधार गर्न भारत–क्यानाडा सहमत
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १२, २०८२

नयाँदिल्ली- भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङकरले आफ्ना क्यानाडाली समकक्षीसँग कुरा गरेको र दुवै पक्षले सम्बन्ध सहज बनाउन खोजिरहेको बताएका छन्  । आइतबार राति भएको टेलिफोन वार्ता मार्चमा मार्क कार्नी क्यानाडाका प्रधानमन्त्री बनेपछि ओटावा र नयाँदिल्लीबीचको सबैभन्दा उच्च कूटनीतिक सम्पर्क हो ।

सन् २०२३ मा क्यानाडाली सिखको हत्यामा नयाँदिल्लीको संलग्नता रहेको आरोप लागेपछि क्यानाडा र भारतबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । उक्त आरोपलाई भारतले अस्वीकार गरेको थियो ।  विदेशमन्त्री जयशङ्करले नवनियुक्त विदेशमन्त्री अनिता आनन्दसँग ‘भारत–क्यानाडा सम्बन्धका सम्भावनाहरूबारे छलफल गरेको’ र ‘उहाँको कार्यकाल सफल हुने कामना गरेको’ बताए ।

आनन्दले एक्समा उहाँ ‘क्यानाडा–भारत सम्बन्धलाई बलियो बनाउन, हाम्रो आर्थिक सहयोगलाई गहिरो बनाउन र साझा प्राथमिकताहरूलाई अगाडि बढाउन’ इच्छुक रहेको बताउनुभयो । आनन्दका अभिभावकहरू भारतका थिए । क्यानाडा भारत बाहिरको सबैभन्दा ठूलो सिख समुदायको घर हो र यसमा ‘खालिस्तान’ का कार्यकर्ताहरू छन् । खालिस्तान धार्मिक अल्पसङ्ख्यकका लागि भारतीय क्षेत्रबाट काटेर स्वतन्त्र राज्य खोज्ने सीमान्तकृत पृथकतावादी आन्दोलन हो ।

Hardik health

ओटावाले यसअघि भारतलाई सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्या गरेको र आन्दोलनसँग सम्बन्धित अन्य सिख कार्यकर्ताहरूलाई लक्षित गरेको आरोप लगाएको थियो । निज्जर एक प्रमुख खालिस्तान अभियानकर्ता थिए ।

भारतले यी आरोपहरूलाई बारम्बार खारेज गरेको छ । उक्त आरोपछि दुवै मुलुकबीचको कूटनीतिक सम्बन्धलाई गहिरो सङ्कटमा पारेको थियो र गत वर्ष दुवै मुलुकले शीर्ष कूटनीतिज्ञहरूको शृङ्खलालाई निष्कासन गरेका थिए ।खालिस्तान अभियान भारतको सन् १९४७ को स्वतन्त्रतादेखि सुरु भएको हो र यसलाई एक प्रधानमन्त्रीको हत्या र यात्रु जेटको बम विस्फोटका लागि दोषी ठहराइएको छ ।

यो भारत र ठूलो सिख जनसङ्ख्या भएका धेरै पश्चिमी राष्ट्रहरू बिचको कटु मुद्दा भएको छ ।  भारतमा प्रतिबन्धित खालिस्तान आन्दोलनविरुद्ध नयाँदिल्लीले कडा कारबाहीको माग गर्छ र मुख्य नेताहरूलाई ‘आतङ्कवाद’ को आरोप लगाइएको छ ।  क्यानाडाले अर्को महिना जी–७ शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन् २०१९ देखिका शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरिएको छ । सन् २०१९ मा फ्रान्सले उनलाई बियारिट्जमा आमन्त्रित गरेको थियो । मोदीलाई क्यानाडामा निम्तो दिइएको छ कि छैन भन्ने बारेमा कुनै विवरण छैन ।  
 


प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
युरोपकाे गर्मीमा १६ हजार ५ सयकाे मृत्यु
युरोपकाे गर्मीमा १६ हजार ५ सयकाे मृत्यु बुधबार, असोज १, २०८२
पूर्वी मलेसियामा भीषण भूस्खलन, १२ को ज्यान गयो
पूर्वी मलेसियामा भीषण भूस्खलन, १२ को ज्यान गयो मंगलबार, भदौ ३१, २०८२
गाजा सहरमा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी
गाजा सहरमा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी मंगलबार, भदौ ३१, २०८२
गाजामा इजरायलमाथि नरसंहारको आरोप लगाउने बढ्दो स्वरमा मानव अधिकार विज्ञहरूको समर्थन
गाजामा इजरायलमाथि नरसंहारको आरोप लगाउने बढ्दो स्वरमा मानव अधिकार विज्ञहरूको समर्थन मंगलबार, भदौ ३१, २०८२
बङ्गलादेशः युनुसको नेतृत्वमा निर्वाचनअघि बढेका चुनौतीहरू
बङ्गलादेशः युनुसको नेतृत्वमा निर्वाचनअघि बढेका चुनौतीहरू मंगलबार, भदौ ३१, २०८२
बङ्गलादेश सुधार चार्टरमा सहमति, कार्यान्वयनमा मतभेद
बङ्गलादेश सुधार चार्टरमा सहमति, कार्यान्वयनमा मतभेद सोमबार, भदौ ३०, २०८२
युक्रेनमा सन् २०२२ देखि क्लस्टर बम विस्फोट, १२ सयभन्दा बढी सर्वसाधारण हताहत
युक्रेनमा सन् २०२२ देखि क्लस्टर बम विस्फोट, १२ सयभन्दा बढी सर्वसाधारण हताहत सोमबार, भदौ ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP